Butwal Today

दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

३ आश्विन २०८१, बिहीबार
अ+
अ-

लमही, ३ असोज ।

दाङ जिल्ला लम्ही नगरपालिका भेल्डमारमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना बिहान करिब ७ः१० बजे भएको थियो । लु ८ प २९४० नम्बरको मोटरसाइकल लमहीबाट घोराहीतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निबासी मोटरसाइकल चालक २२ वर्षीय श्रवणकुमार पुन र पछाडि सवार २१ वर्षीय विनोद केसी रहेका छन् ।

दुर्घटनापछि दुवैलाई लम्ही अस्पताल लगिएको थियो भने बिहान ८ः५५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको वडा प्रहरी कार्यालय लम्हीका प्रमुख प्रकाश भुसालले पनि मोटरसाइकल तीव्र गतिमा भएकाले नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।