© २०२३
भैरहवा, ३ असोज ।
सशस्त्र प्रहरी रुपन्देहीले गोदाम घरबाट अबैध सामान बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा मोबाइल टोलीले मर्चवारको मझगावाबाट गोदाम घरमा भारतबाट ल्याइ राखेको लत्ताकपडा १२ लाख बराबरका सामान बरामद गरी आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नंं गणका एसपी आनन्द थापाले बताए ।
असोज २ गते ७ः४० बजेको समयमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका–६ बोगडी ईलाकामा सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको बिशेष सूचनाको आधारमा बि.ओ.पि.मझगाँवाबाट सहायक प्रहरी निरीक्षक विजय कुँवरको कमाण्डमा मोबाइल टोलीले बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल २७ नं. गणका डिएसपी दुर्गा थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीको ११ जनाको गाडि मोवाईल टोलिले मझगांवा स्थानमा रहेको महेश यादवको खाली घरमा अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याई गोदाम गरी राखेको १२ लाख बराबरको लत्ताकपडा र हुक्कामा प्रयोग हुने कोईला बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी दुर्गा थापाले बताए ।
सशस्त्र प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो समयमा मोबाइल टोली, विभिन्न गस्ती तथा अनुसन्धान गरी भन्सार छली सामान बरामद गरी राजस्व संकलनमा आफ्नो दायित्व निर्बाह गरिरहेको छ ।