Butwal Today

रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

२ आश्विन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ —

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन २०८२ साल वैशाखमा हुने भएको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले महाधिवेशनको मिति तय गरेको हो ।

भेलामा सभापति रवि लामिछानेले वैशाख २५ देखि २७ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई भेलाले अनुमोदन गरेको छ । भेलाले सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।