ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

एघारौ परिवार योजना दिवस सम्पन्न

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

दाङ,३ असोज।

सुसूचित छनौटसहितको परिवार योजना सेवा, प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा भन्ने नारासहित एघारौं राष्ट्रिय परिवार योजना दिवस मनाईएको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा मानव स्वास्थ्य समाज र परिवार नियोजन संघको सहयोगमा आयोजित दिवसको अवसरमा परिवार नियोजनको क्षेत्रमा भएका कामको बारेमा समीक्षा गर्दै अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा नगरप्रमुख नरुलाल चौधरीले स्वस्थ नागरिक भएमात्रै सबै कुरा स्वस्थ हुने भएकोले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर रहेको बताए । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले सबैको साथ सहयोग र सहकार्यबाट स्वस्थ नागरिक उत्पादन गर्न सकिने उनको भनाइ रहेको थियो ।

परिवार योजना सेवा प्रत्येक व्यक्तिको आधारभुत प्रजनन स्वास्थ्य अधिकार रहेको भन्दै नगरप्रमुख चौधरीले नेपालको संविधान, सुरक्षित तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र जनस्वास्थ्य सेवा ऐन, २०७५ ले प्रत्येक नागरिकलाई सुरक्षित र गुणस्तरीय परिवार योजना सेवाको सूचना, छनौट तथा परिवार नियोजन सेवाको पहुँच सुनिश्चित गरेको हुँदा यसको उचित कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

जनसंख्या नियन्त्रणको नाममा एक सन्तानमा सिमित हुँदै जान थालेपछि अहिले यसले जनसांख्यिक ठूलो असन्तुलन ल्याउने खतरा बढ्दै गएको भन्दा जनसंख्या नियन्त्रण नभई व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । ‘अहिलेको समयमा धेरैको आर्थिक स्थिति सबल हुँदाहुँदै पनि जनसंख्या नियन्त्रण गर्दा यसले देश विकास र जनसंख्या व्यवस्थापनमा असर गर्ने अवस्था हुन थाल्यो’ उनले भने। ‘आर्थिक वृद्धिदर, स्वास्थ्य सुचकमा सुधार हुँदाहुँदै पनि जनसंख्या नियन्त्रण हुँदा देश विकासमा असर पुग्छ ।’ कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किशोर आचार्यले सरकारको दीगो विकास लक्ष्य पूरा गर्न जनस्वास्थ्यका विषयमा सचेतना फैलाउन र स्वस्थ, सुखी परिवार बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले परिवार नियोजनको इतिहासदेखि वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै सरकारको तेश्रो पञ्चवर्षिय योजना बन्नु अघि नै नीजि क्षेत्रबाट नेपालमा परिवार नियोजन सेवाको थालनी भएको बताए । सन् १९५९ मा सरकारको प्रयास थालनीमा परिवार नियोजनका क्षेत्रमा काम अघि बढेकोमा सन् १९६० मा परिवार नियोजन संघले सेवा शुरु गरेको बताए । पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले आमाको स्वास्थ्य, बच्चाको स्वास्थ्य, किशोरी स्वास्थ्य, गरिबी निवारण, महिला सशक्तीकरण गर्न परिवार योजना कार्यक्रममा लगानी आवश्यक रहेको बताए ।

किशोर किशोरी, सुत्केरी, भर्भपतन, एचआईभी संक्रमित, विपन्न वर्गमा पहुँच बढाउन अहिले तीन तहका सरकारसँगै विभिन्न सरोकार संघसंस्थाले पनि काम गरिरहेको हुँदा प्रजनन स्वास्थ्यमा केही सुधार हुँदै गएको बताए । मानव स्वास्थ्य समाजका परियोजना संयोजक जुनु चौधरीले यौनिकताको परिभाषा बारे समुदायमा बुझाउन चुनौति रहेको बताए ।

यौनिक तथा अल्पसंख्यक समुदायको सवालमा समुदायमा सबैले सकारात्मक रुपमा लिनुपर्ने उनको भनाई थियो । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले परिवार योजनाको विषयमा खुलेर कुरा गर्नुपर्ने बताइन् । प्रजनन अधिकार महिलामा नभएका कारण कुन साधन प्रयोग गर्ने पुरुषले निर्णय गर्ने गरेको उनको भनाइ छ । महिलाले आफ्नो रोजाईको साधन प्रयोग गरेर जन्मान्तर गराउन नसकेको बताइन् । श्रीमान श्रीमतीले सल्लाह गरेर कहिले, कति बच्चा जन्माउने भन्ने विषयमा छ्लफल गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?