© २०२३
भैरहवा, ०३ असोज ।
सिर्जनशील साहित्यिक समाज भैरहवा, रूपन्देहीले अधिबेशनबाट पहिलो पटक महिला नेतृत्व पाएको छ ।
सिसासको अध्यक्षमा सरु ज्ञवाली निर्बिरोध निर्बाचित भएकी छिन् । सिसास रूपन्देहीको भैरहवामा भएको २१ औं साधारण सभा तथा १०औं अधिवेशनले सरु ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । ज्ञवालीले कादम्बरी गजल सङ्ग्रह समेत प्रकाशित छ । त्यसैगरि नयाँ उपाध्यक्षमा बिष्णुप्रसाद गजुरेल, सचिवमा रामराज गौतम, सह सचिवमा राधा भट्टराई, कोषाध्यक्षमा सिर्जना खनाल सर्बसम्मतरूपमा निर्बाचित भएका छन् । सदस्यहरूमा राम प्रसाद खनाल, निसा डि.सी., गंगा घिमिरे, दुर्गा कुमारी थापा, मधुसुदन पोखरेल, केशव शर्मा बेलवासे र उर्मिला यादव रहेका छन भने एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन अधिकृत तुलसीराम ढकालले जानकारी दिए ।
अध्यक्ष कमल पोख्रेल निश्छलले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार प्रा.डा.कपिलदेव लामिछानेले सिर्जनशील साहित्यिक समाज (सिसास) ले समाजमा गरेको योगदानको बारेमा प्रशंसा व्यक्त गरेका थिए । अध्यक्ष कमल पोख्रेल निश्छलले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू शशि पन्थी, सुरज घिमिरे दीपशिखा, सुवास रिजाल, छवि ज्ञवाली र खगेन्द्र बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक अधिवक्ता तुलसीराम ढकालले निर्वाचन कार्यक्रमअनुसार नयाँ कार्यसमिति निर्विरोध र सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्दै नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरूले आ–आफ्ना रचना बाचन समेत गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी