© २०२३
जितपुर, ०३ असोज ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको छ । मंगलबार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रूपन्देहीको नेतृत्वमा अनुगमन गरिएको हो ।
ओदारी, गजेहडा, चारनम्बरसहितका मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रूपन्देहीका निमित्त निर्देशक ईश्वर चन्द्र अर्यालले अनुगमनका क्रममा गुणस्तरहिन खाद्यपदार्थ फेला परेका मिष्ठान भण्डारलाई जरिवाना गरिएको बताए ।
बाणगंगा नगरपालिका–११ ओदारीमा रहेको मुन्ना मिष्ठान भण्डारको अनुगमन गर्दा गुणस्तरहिन तेल, रसबरी र जेरी फेला परेको उनले बताए । उनले ति फेला परेका पदार्थलाई सोही समयमा नष्ट गरिएको बताए । उक्त मिष्ठानलाई उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी दिदैं यथाशिघ्र सुधार गर्न निर्देशन दिईएको उनले बताए ।
उनले उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाहीको दायरा ल्याउने चेतावनी दिए । उपभोक्ताहरूको हक अधिकार संरक्षणमा सबै व्यवसायी गम्भिर हुनु पर्ने बताए ।
अनुगमन टोलीले मिष्ठान भण्डारसहित होटल, मासु पसल, खाद्य तथा किराना, बरफ उद्योग आदिमा अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत रमेश दाहालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी