ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

अस्थायी टहरामा चल्यो डोजर

१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार

बर्दघाट, १४ जेठ ।

बर्दघाट नगरपालिकाले पुर्वपश्चिम राजमार्ग र बर्दघाट त्रिवेणी सडक छेउमा रहेका अतिक्रमित अस्थाई टहरामा डोजर चलाइ हटाएको छ ।
बर्षौदेखी सार्बजनिक र बनको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना नगर प्रहरी,नेपाल प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलिले उक्त संरचनामा डोजर चलाइ हटाइएको हो । अस्थायी सँरचनामा डोजर चलाइए पनि स्थायी सँरचना भने यथावत नै रहेका छन ।

पुर्व पश्चिम राजमार्गस्थित बर्दघाट ४ को बजार क्षेत्रमा डिभिजन बन कार्यालयको जगामा बनाईएका ९ वटा ब्यवसायिक टहरा हटाईएको छ ।यसै गरी बर्दघाटको त्रिबेणि चोक दक्षिण तर्फ बसपार्क क्षेत्रका होटल तथा खाजाघर संचालन रहेका अस्थायी घर टहरा हटाईएको नगरपालिकाले जनाएको छ । बसपार्क अगाडी रहेका १५ वटा अस्थायी टहरा भत्काईने नगरले जनाएको छ ।

यस अघि बर्दघाट नगरपालिकाले सार्बजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ७ दिन समयवधीको सुचना जारी गरेको थियो । अग्रिम सुचना जारी गर्दा समेत संरचना नहटाएको भन्दै नगरपालिकाले अन्ततः डोजर चलाएको हो ।
नगरको सौन्दर्यता नै विगार्ने र सडक छेउमै सँरचना निर्माण गरी ब्यापार ब्यवशाय गर्दा दुर्घटनाको जोखिम समेत रहेको बताउँदै सँरचना हटाएर ब्यवस्थित पार्किङ ब्यवस्थापन गरिने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

सार्वजनिक जग्गामा निर्माण गरिएका अबैध संरचना हटाउने कार्यलाई अभियानकै रुपमा अघि बढाईने नगरपालिकाले जनाएको छ ।यता केही साना ब्यवसायिहरुले भने बिकल्प नदिईकनै भत्काउदा जिकिकोपार्जनमा कठिनाई हुने बताउदै उपयुक्त बिकल्प दिन समेत नगरपालिका सँग माग गरेका छन ।

बर्दघाट त्रिवेणी सडकको १५ मिटर क्षेत्रभित्रका सँरचना हटाउन आएको टोलीको नेतृत्व गरेका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले बसपार्क र टि सि यन क्षेत्रको सडकको जग्गा अतिक्रमति गरी बनाइएका अस्थायी सँरचनाले दुर्घटनाको जोखिम समेत बढाएको बताए ।

बर्दघाट त्रिवेणी सडक खण्ड अन्तर्गत सडकको पूर्व पट्टि बसपार्क देखी बर्दघाट मण्डप प्रवेशद्धार सम्म बनेको खाडलका कारण र सुकेका रुखका कारण जोखिम बढेको बताउँदै १५ दिन भित्र माटो पटान गरी खाडल पुरी वर्षातको पानीको उचित निकासको ब्यवस्थापन गर्ने र वन कार्यालयसँग समन्वय गरी सुकेका रुख हटाइने समेत तिवारीले बताए ।

एकातिर सौन्दर्यता गुमेको र दुर्घटना जोखिम बढेको भन्दै अस्थायी टहरा हटाउने अर्कोतिर सडक छेउमै बनेको खाडलमा पानी जम्ने समस्या भइ पानीको निकास नहुँदा पानी जम्ने समस्याले थप जोखिम थपिने भएकोले पनि समस्याको समाधान गर्दै जाने हो, वडाध्यक्ष तिवारीको भनाइ छ ।

बर्दघाट नगरले अतिक्रमित जग्गा र अस्थायी सँरचना हटाउने अभियान निरन्तर जारी राखिने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?