© २०२३
पाल्पा, ३१ भदौ ।
तानसेनदेखि काठमाडौंसम्म सुविधा सम्पन्न रात्री बस सञ्चालनमा आएको छ । यात्रुको सुविधालाई ध्यानमा राखेर पश्चिम नेपाल बस व्यवसायी प्रालिले पाल्पाबाट काठमाडौं रात्री सेवामा ‘सोफा सिटर एसी’ बस सञ्चालनमा ल्याएको हो । ४१ सिट क्षमता भएको उक्त सोफा सिटर बसमा २ जना सुत्न मिल्ने सिटको समेत व्यवस्था गरिएको गाडी सञ्चालक तुल्सीराम पाण्डे भुवनले जानकारी दिए ।
पश्चिम नेपालद्वारा सञ्चालन भएका बस तानसेन पाल्पाबाट बेलुका ७ः३० बजे तथा सोही समयमा काठमाडौ गोंगबु बसपार्कबाट छुट्ने छन । सोफा सिटर बसले धुवा नफाल्ने, वातावरण अनुकुलित ईन्टरनेट सुविधा र पिउने पानीको समेत ब्यवस्था गरिएको सञ्चालक पाण्डेले बताए ।
यस्तो बस पाल्पामै पहिलो पटक भित्रिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । तानसेनबाट काठमाण्डौसम्म १ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ । तत्काललाई तीनवटा बसबाट सेवा दिन लागेको र अबको २ सातापछि थप ३ बटा बस भित्रिने समितिले जनाएको छ । प्रत्येक बस १ करोड बढी मूल्यका रहेका छन् ।