ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

देवदह, ३ असोज ।

शिक्षामा स्वजागरण ः सुख, शान्ति र समृद्धिको जागरण भन्ने अभियानका साथ देवदहमा एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा दिवस २०८१ को अवसरमा, देवदह नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक एल. पि भानु शर्माले प्रशिक्षण दिए । कार्यक्रममा प्रशिक्षक शर्माले विभिन्न चरणमा कार्यक्रम सम्पन्न गरेका थिए ।

जस अन्तर्गत पहिलो चरणमा शिक्षामा स्वजागरण भन्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले आफ्नो क्षमता अरुप्रतिको जागरण नै स्वजागरण भएको कुरा उल्लेख गरे । साथै मानिस सुखप्रति, शान्तिप्रति र समृद्धि प्रति जागरुक हुनुपर्ने बताए । कार्यक्रममा सोही बिचमा बिज प्रणायान र नमस्कार प्रणायान गरिएको थियो । जसमा “म सुखी छु, म शान्त छु र म स्वस्थ छु भन्ने जस्ता मन्त्र उच्चारण गरिएको थियो ।

त्यसैगरी दोस्रो चरणमा शिक्षामा अनियन्त्रित विचार नै बाधा हो भनी सिकाइएको थियो । मानव जिवनको लक्ष्य ५ प्रकारका हुन्छन् जसमा पहिलो शिक्षामा खुसी हुन सिकाउनु, दोस्रोमा सृजनशिलता हुन सिकाउनु, तेस्रोमा जिम्मेवारीका लागि शिक्षा, चौथोमा सहकार्यका लागि शिक्षा र पाँचौमा दिब्यताका लागि शिक्षा भनी सिकाइएको थियो ।

साथै सृजनशीलतामा ब्यक्तिले हरेक कुरामा समस्याको समाधान स्वयं आफू भित्रबाट नै ल्याउनु पर्छ भनिएको थियो । अनि हाँस्ने, रुने र नाच्ने नगरे जीवन नै राम्रो हँुदैन भनिएको थियो । सोही अवसरमा प्रशिक्षक शर्माले अब देवदहमा स्वजागरण सहितको शिक्षामा प्रतिनिधित्व गर्ने बताए । त्यसैगरी कार्यक्रमको तेस्रो चरणमा ध्यानलाई विशेष जोड दिइएको थियो । अमेरिकी कृषि मन्त्रालयको रिसर्च अनुसार ध्यान गर्ने हो भने मानिसको आयु १४ बर्ष बढ्ने बताइएको थियो । उनले अबको शिक्षा पद्धतिमा अध्यात्मलाइ जोड दिनुपर्ने कुरा उल्लेख गरे । साथै नेपाल शिव र बुद्धको भुमी भएकाले संसारभरका मानिसले नेपाललाइ ध्यानभुमी भनेर चिन्ने र यसका लागि सरकारले पनि पहल गरेको बताए । साथै नेपालमा हुने गरेको आत्महत्याको घटनालाई कम गर्नको लागि योग र ध्यानलाइ नै विशेष जोड दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमको चौथो चरणमा नकारात्मक विचारले मानिस ९० प्रतिशत रोगको शिकार हुने बताउँदै अनियन्त्रित विचार, डिप्रेसन हटाइ आन्तरिक एकाग्रता ल्याउन ध्यान नै विशेष औषधि रहेको बताए । उनले यदि मानिसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन भने कुनै डिग्री हासिल गरेपनि काम नलाग्ने बताए ।

उनले कुनै काम सत्य छ भने हजार जनाले नगर भने पनि गर्ने र असत्य छ भने हजार गर भने पनि नगर्ने भनी सहभागी शिक्षक प्रशिक्षार्थीहरुलाई बोध गराएका थिए । उनले यदि समाजले ध्यान गर्यो भने समाजबाट रिस, राग सब हट्ने बताउँदै जित्न खोज्ने भन्दा पनि सबलाई मिलाउन खोज्ने मानिस मुल्यवान हुने बताए । कार्यक्रममा बिधार्थीलाई जिवनको मूल्यबोध कसरी गराउने भन्ने लगायतका बिषयमा प्रश्नोत्तर पनि गरिएको थियोे ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खलेलले जीवन रुपान्तरणका लगि यो कार्यक्रम फलदायी हुने बताए । साथै उप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिकाले शिक्षामा सबैभन्दा ठुलो लगानी गरिएता पनि सोचे अनुरुपको प्रतिफल पाउन नसकेको जिकिर गरे । उनले शैक्षिक क्षेत्रमा देवदहलाई नमुना नगरपालिका बनाउने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?