© २०२३
सनुवल, ०३ असोज ।
खेतियोग्य जमिनमा सिंचाई सुबिधा पु¥याउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिंचाई पूर्वाधार निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले सिंचार्ई सुविधाको अभाव रहेका सुख्खा क्षेत्र छनौट गरी झन्डै दुई करोडको लागतमा ९ स्थानमा सिंचार्ई सुबिधाका लागी डिप ट्युबेल निर्माणको काम थालेको हो ।
रामग्राम नगरपालिका वडा नम्बर १३ बाट काम सुरु भएको र आवश्यकता पहिचान गरी विभिन्न स्थानमा डिप ट्युबेल निर्माणलाई तीव्रता दिईने नगर प्रमुख धनपत यादवले बताए । रामग्राम कृषि प्रधान पालिका हो, हामीले कृषिमा लगानी वृद्धि गरी यो वर्ष बाट दुत्र गतीमा किसानहरूलाई सिंचार्ई सुविधा पु¥याउन काम सुरु गरेका छौं, यादवले भने ।
सडक नाला निर्माण भन्दा पनि किसानलाई आवश्यक सिंचार्ईको सुविधा विस्तार गर्न सके आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले नगरपालिकाले सिंचार्ईका पूर्वाधार निर्माण सुरु गरेको नगर प्रमुख यादवले बताए । साथै उनले ट्यांकी बनेर खानेपानी विस्तार हुन नसकेको खानेपानी आयोजना पनि संचालनमा ल्याउने जानकारी दिए ।
शुद्ध पिउने पानीको अभाव कम गर्न डिप ट्युबेल बाट निस्किएको पानी समेत परिक्षण गरी योग्य भएमा पिउनको लागि समेत उपयोग गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । सिंचार्ई सुविधा नहुँदा नगरका केही स्थानमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिंचार्ई पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्राममा अधिकांश घरधुरी कृषि पेशामा आश्रित छन् । आज रामग्राम १३ पाडाटिकरमा १६ लाखको लागतमा डिप ट्युबेल निर्माणको काम सुरु भएको छ । जय माँ ड्रिर्लिङ्ग रूपन्देहिले दशैँ अगावै काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको रामग्राम नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरले जानकारी दिए । उक्त डिप ट्युबेल मार्फत एक सय पचास विगाह भन्दा बढि क्षेत्रफलमा सिंचार्ई सुविधा पुग्ने छ ।
सिंचार्ईको सुविधा नहुदा निकै समस्या भोग्नुपरेको बताउँदै स्थानिय समाजसेवि अवधराज यादवले खुसि व्यक्त गरे । वडा अध्यक्ष असनारायण चौधरीले वडा नम्बर १३ भित्रै अन्य स्थानमा पनि भुमिगत पानीले सिंचार्ईको व्यवस्था गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख किरण कुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिंचार्ईका कार्यक्रम बिस्तार गरी कृषिलाई आधुनिकिकरण तर्फ लाने योजनाका साथ काम भईरहेको बताए ।