© २०२३
संस्कृतमा एउटा श्लोक छ—
नानाशास्त्र पठेन लोके नाना दैवतःपुजनम् ।
आत्मज्ञान विनापार्थ सर्व कर्म निरर्थकम् ।।
यसको अर्थ हुन्छः मानिसहरु धर्म कमाउन भनि विभिन्नप्रकारका शास्त्रहरु वाचन गर्दछन्, अनेकौं प्रकारका देवी देवताहरुको पूजाअर्चना गर्दछन् तर जेसुकै र जतिसुकै धार्मिक कर्म गरेता पनि आत्मको ज्ञानविना ती सारा कर्महरु निरर्थक हुन्छन् ।
सरकारको संचालन प्रकियामा पनि यहि श्लोक चरितार्थ हुन्छ । सरकारले जतिसुकै राम्रो गरोस्, जतिसुकै प्रचार प्रसार गरोस् सरकारका सयौं राम्रा कामहरुलाई एउटै शव्द सुशासनले ग्रहण लगाई दिएको छ । मतलव ,सुशासनको अभावमा सारा कामहरु ओझेलमा परेका छन् । नेतृत्वमा हुनुपर्ने सादगीपन देखिएको छैन । आडम्बर र दम्भमिश्रित अभिव्यक्ति शासनसत्तामा त्यो पनि गणतन्त्रमा पटक्कै सुहाउँदैन । र गलत तत्वको अर्थात दलाल र माफियाको घेराबन्दिमा सरकार फँसेको देखिन्छ । यिनै कारणहरुले गर्दा सरकारको लोकप्रियता घटिरहेको देखिन्छ । अतःश्लोकमा भनिए जसरी सरकारले जनसेवाको आत्मज्ञान पाउन सकेको देखिँदैन । यो ज्ञान प्राप्त हुनेवित्तिकै हाम्रा शासकहरु मर्यादापुरुष भगवान राम, विदेही ज्ञानी राजा जनक, राजा पृथुजस्ता पौराणिक तथा ऐतिहासिक राजाहरुमात्र होइन मल्ल तथा लिछ्वीवंशीय नेपाली राजाजस्ता पक्कै हुनेछन् ।
नोम चोम्स्की बताउँछन्— हरेक राजनैतिक नेताले चुनावी प्रकृयाव्दारा जनताको शक्ति आर्जन गर्दछन् र अन्तमा सत्तामा पुगिसकेपछि तिनै जनतामाथिअविवेकी तरिकाले शासन गर्न अग्रसर हुने गर्दछन् । यो भनेको बेइमानी हो । जनतामाथि बेइमानी र आफ्नो जीवनको गति (मृत्युपर्यन्त) प्रति बेइमानीकोे श्रृंखला कहिल्यै टुट्ने छैन जबसम्म शासन गद्धिमा आरोहित हुने व्यक्ति आत्मज्ञानी हुनपुग्दैन । सकेसम्म कसैप्रति बेइमान नगर्नु, नसके पनि कम्तिमा आफुलाई सत्तामा पुराउने जनतालाई त छलछाम नगर्नु । तर यो रोकिएको छैन र रोकिने छाँटकाँट पनि देखिँदैन । म गम्छु कतै यो माक्र्सवादको गलत बुझाइकाकारण त नेताहरुमा चारित्रिक विचलन आएको होइन ? तर माक्र्स स्वयं चरित्रवान थिए । उनले जीवनभर गरिव तथा निमुखा जनताकानिम्ति कष्टकर जीवन विताए । उनले प्रतिपादन गरेको व्दन्व्दात्मक भौतिकवादको जुन सिद्धान्त छ त्यो तिनै जनताको स्वर्गकानिम्ति प्रतिपादन गरिएको सिद्धान्त थियो । त्यहि सिद्धान्तको जगमा टेकेर आज चीन कसरी शक्ति र समृद्धि हासिल गरेको छ, हामी देखेकै छौं ।जनतावादको सिद्धान्त सिक्न माक्र्सकै चेला हुनु पर्दछ भन्ने छैन । मलेशियाका माहाथिर मोहम्मद माक्र्सवादि थिएनन् । सिंगापुरका लि क्वान पनि माक्र्सवादि थिएनन् । अणुवमबाट ध्वस्त भएको जापानलाई पुनः हराभरा बनाउने कुनै माक्र्सवादि थिएनन् । तर पनि माक्र्सवाद समाज विकासको क्रममा सामाजिक जंजीरलाई तोडेर जनताको स्वर्ग स्थापित गराउने सन्दर्भमा बल प्रयोग एक अनिवार्य औजार हो भनी वर्गसंघर्षको अपरिहार्यतालाई सतहमा ल्याउनुभयो ।
यहाँ समस्या सिद्धान्त र व्यवहारबीचको तालमेल नहुनु हो । वलप्रयोगको सन्दर्भमा पौराणिक कथाहरु बोलेका छन् । ऋषिमुनि र महात्माहरुले बल प्रयोगको सिद्धान्तलाई अपनाएको कुरा महाभारतको भीषण युद्ध, राम र रावणबीचको युद्ध, देवासुर संग्रामजस्ता अनगिन्ती प्रसंगहरुको बारेमा उल्लेख गरिएको छ । तर युद्धोत्तरको वातावरण जनप्रिय भयो भएन भन्ने कुरा अहम् हो । पौराणिक कथाहरुमा युद्धपश्चात जनसत्ता स्थापित गरिएको भन्ने आउँछ । नेपालको कुरा गर्दा सत्तामा माक्र्सवादीहरुमात्र नभएर गैर माक्र्सवादिहरु समेत सत्तामा आरोहित भए । दुर्दशा उहि रह्यो जहिले पनि जनता हारे । नवधनाढ्य वर्ग जन्मियो ,सत्तादलालको हातमा सुम्पियो सिद्धियो । आजपनि गैर कम्युनिष्टहरु सत्ताको प्रतियोगी रहेका छन् नेपालमा । तर भैदिन्छ त्यहि जुन नहुनु थियो । विधिको शासन र सुशासनजस्ता कुराहरु कागजको टुक्रा सावित बनाइयो । सत्तालाई जनताको नियतिमा आमूल परिवर्तन ल्याउने माध्यम हो भन्ने बुझाइको विकास हुन सकेन । फगत सत्ता सत्ता र सत्तामात्र भयो हातलाग्यो शून्य ।
विचरा कार्यकर्ता । आफ्नो नेताले एउटा कुरा प्वाक्क बोल्दिन्छ, यता गाउँगाउँमा बस्ने कार्यकर्तालाई जनतासंग सामना गर्न हम्मे हम्मे । एउटा नेताले भ्रष्टाचार गर्दछ, कार्यकर्तालाई आपत । नेताले वेश्यागमन गर्दछ कार्यकर्तालाई अप्ठेरो । स्थानियस्तरमा जनतासंग घुलमिल भएर बस्नुपर्ने जनतालाई नेताको कुनै स्क्याण्डल आउनेवित्तिकै भागाभाग वा मुख कालो हुनुपर्ने । विचरा कुनै कार्यकर्ताहरु फेसबुकमा जसोतसो आफ्नो ख्वामितको बचाउ गर्ने खल्लो प्रयास गरेका हुन्छन् । जसको मुख कालो हुनुपर्ने त्यसो नहुने, जसको नहुनुपर्ने त्यसको भइदिन्छ । यो कुरा नेताले बुझ्दैनन् । सत्तासिनभएपछि विवेकमा विर्को लागिहाल्ने रहेछ । खाइनखाई हुन न खानको लठारो बेसाएर नेतालाई जितायो, चुनाव पछि जाहा“को तहिँ । कार्यकर्ता खुशि हुने भनेको चुनावताका हो किनभने तिनताका कार्यकर्ताको आवाज सुनिन्छ । उनीहरुलाई मस्त खुवाइन्छ । अनि घोषणापत्र पनि हेर्नलायक हुन्छ । विकासको मुल फुटिहाल्छ कि जस्तोगरी सम्झेजति कुरा घोषणापत्रमा हालिन्छ, पछि देखा जाएगा † विकास भनेको त्यस्तै हो । जनमतको न्यूनतम रुपमा कदर नगर्ने पार्टी र व्यवस्था के काम ? जनताकोनिम्ति राजा आएनी सैनिक शासन लाएनी के फरक ? जब सर्वसाधारण जनताको छोरो जसको पैसा र पहुच छैन ऊ चुनावी प्रकियाबाट सत्तामा पुग्नै सक्दैन । जब सभ्रान्तवर्गकै हालिमुहाली रहन्छ तव सत्ता दीर्घजीवी रह“दैन । पुनः सत्ताको विकल्प खोजिन्छ, आमजनतालाई संघर्षकानिम्ति उत्प्रेरित गरिन्छ । पछि कामकुरो जहाँको त्यहीं । जनता ठगिने र कार्यकर्ता जिल्ल पर्ने । यदि नेताहरुले कार्यकर्तालाई मायाँ गर्छन् भने जनताको साँचो प्रतिनिधित्व जनताले गर्ने भएकोहुँदा कुरा त्यति बिग्रदैन । जब नेता स्वाँठ हुन्छन्, दम्भि हुन्छन् ,अविवेकी बन्छन् देशले सधैं दुर्दिन बेहोर्नुपर्दछ । कार्यकर्ताकार्ताको बिल्लिबाँठ ।
के गर्ने त अब ? के राजनीतिभन्दा अर्को कुनै विकल्प छ ? छैन । त्यसो हो भने के छ उपाय ? यसको जवाफ म एउटा दृष्टान्तबाट दिन चाहान्छु— एउटा यस्तो राज्य रहेछ जहाँ प्रत्येक छ वर्षपछि राजालाई एउटा घनघोर जंगलमा लगेर छोडिंदो रहेछ । त्यो जंगल निकै घना भएको र जंगली जनावरहरु प्रशस्त हुने भएकाकारण एक्लो त्यो राजा जनावरको शिकार हुँदोरहेछ । एउटा यस्तो समय आएछ कि त्यहाँ राजा बन्ने उम्मेदवार नै पाउन सकिएन छ । अब कसलाई राजा बनाउने भन्नेबारे चर्चा भैरहेको बेला एकजना साधु त्यहि बाटो आउँदै रहेछन् । उनलाई बाटोमा रोकेर राजा बन्ने प्रस्ताव गरिए छ । उनले आफु गृहत्यागी साधु भएकोकारण राजपाठ आफुबाट सम्भव नभएको कुरा बिन्ती गरेछन् । तर कुनै इच्छुक उम्मेदवार नै नपाइराखेको अवस्थामा तिनै साधुलाई राजा बन्न दवाव दिइएछ । राजा नबनेको खण्डमा मृत्युदण्ड दिने भनिएछ । त्यसपछि मर्नुभन्दा बहुलाउन निको भनेजस्तै उनले राजा बन्नुपर्ने आग्रहलाई स्वीकार गरेछन् । उनलाई भव्यरुपमा राजसिंहासनमा बसालियो । उनि क्रमशः राजपाठ सिक्दै राज्य संचालनका तौर तरिकाहरु बुझ्दै गएछन् । उनले प्रत्येक छ वर्षपछि राजा परिवर्तन हुने प्रथा र त्यसपछिको नियतिको बारेमा पनि जानकारी पाएछन् । ए, यसकारणले पो राजाबन्न मानिस अनिच्छुक हुँदा रहेछन् भन्ने उनलाई थाहा भयो ।
एकदिन राजाले आफ्ना सिपाही र मन्त्रिहरु लिएर त्यो निवृत्त राजालाई पठाउने जंगलको अवलोकन गर्न गएछन् । त्यो जंगल वास्तवमा घना र डरलाग्दो रहेछ । जब उनी जंगल भ्रमणबाट फर्के उनले के निर्णय गरेछन् भने त्यो जंगल सखाप पारिनु पर्दछ । भोलिदेखि जंगल फँडानी शुरु भयो त्यहाँका जीवजन्तुको भागाभागभो । तिनीहरु बसाइ सरे । त्यो ठाउँमा एउटा सुन्दर बागवानी निर्माण भयो । वीचमा दरवार । सम्पूर्ण सुविधाहरुले सम्पन्न भव्य दरवार बनेछ । बाग बगैचा हरियाली कायमै भएकोकारण चरा चुरुंगी, भँवरा र किट पतंगहरु भरिभराउ भए । वातावरण पुनः मनमोहक बन्यो । जब राजाको छ वर्ष वित्यो राजालाई त्यहि ठाउँमा ल्याएर राखियो । तर राजा खुशिकासाथ बाँकी जीवन बिताएर बस्दा भए । अब त्यो देशमा राजाको खडेरी पनि परेन । राजा प्रत्येक छ वर्षमा फेरिने हुनाले तानाशाहि बन्ने सम्भावना पनि रहेन । यसप्रकार एउटा वुद्धिमान विवेकी मानिस सत्तामा पुग्दा परिस्थिति कस्तो हुँदोरहेछ भन्ने योभन्दा बलियो उदाहरण अरु के हुनसक्ला?
अब हामीले केहि कुरामा परिवर्तन नगरी सुखै छैन । जस्तो राजनेतामा एउटा न्यूनतम योग्यताको किटानी हुनुपर्दछ । त्यो कसीमा उमेर नै पर्नुपर्दछ भन्ने छैन, भएमा राम्रो । सम्पत्तिमाथिको अंकुश अनिवार्य लगाइनु पर्दछ । सत्तामा भत्ता नभएर मान सम्मानमात्र हुनुपर्दछ । चुनावी प्रणाली सस्तो र पारदर्शी गर्ने । भौतिक रुपमा प्रचार गर्ने परिपाटी हटाएर अनलाइनप्रचार प्रसार गर्ने चलन चलाउने । वैदेशिक रोजगारीमा गएका दाजुभाइलाई पनि भोटिंग राइटको व्यवस्था मिलाउने । अदालत र संवैधानिक अंगहरुलाई निश्पक्ष र जवाफदेही बनाउने । सरकारले सुशासनमा विशेष ध्यान दिने । जनताप्रति जवाफदेही बनाउने । जनताको मानवअधिकार जीवनका हरेक क्षेत्रमा सुनिश्चित गर्ने, भ्रष्टाचारलाई निर्मूल पार्ने कार्ययोजना अगाडी बढाउने । जनताका न्यूनतम आधारभूत आवश्यकताहरु पुरा गर्न नसक्ने सरकार, चुनावी प्रतिवद्धताहरुबाट पछि हट्ने सरकारलाई पदच्यूत गर्ने । विदेश नीतिमा एउटा ठोस प्रारुप निर्माण गरी अगाडी बढ्ने । सिमा सुरक्षालाई कडाईकासाथ कारवाही गरिने । आदि जस्ता जनपक्षीय राष्ट्रवादी नीतिहरु निर्माण गरी कार्यान्वयन गर्ने काम जनताको सरकारले गर्नु अपरिहार्य रहन्छ । यी र यस्तै कामहरु गरेर जनतालाई न्यूनतम बजेटमा धेरै कामहरु गर्न सकिन्छ । यति गर्न सके मात्र सरकार जनताको हुनेछ । सरकार आत्मज्ञानी हुनेछ । हैनभने सरकार विदेशीको दलाल वा दलालहरुकोमात्र सरकार हुनेछ जनता हेरेको हेर्यै हुनेछन् ।
लुम्बिनीप्रदेशको राजधानीको प्रश्नमा जेजस्तो रबैया देखियो त्यो जनता वा कार्यकर्ताप्रति सरकारको बुझाइको बिम्ब हो । यो चानचुने कुरो होइन । यसले जनता वा कार्यकर्तालाई फगत नेतालाई सत्तामाआरोहण गराउने माध्यमको रुपमा जनताले बुझेको प्रष्ट संकेत गर्दछ । के गर्नुपर्दथ्यो त आखिर एउटा मुकाम तोकिनुपर्ने नै थियो भन्ने कुरा पनि आउँछ वा विधि र प्रकिया पुराएर गरिएको निर्णय हो अब बोल्नु किन पर्यो भन्ने कुरा पनि उठेका छन् । यसरी नै कुराहरु उठाउन लगाइन्छ र जनताका बोलिमाथि बिर्को लगाइन्छ । कुरा त्यो होइन, यता साबिक लुम्बिनी अंचलतिरका सभासदहरुले आफ्ना मतदातालाई के भनेर मत मागेका थिए । त्यो मतको बर्खिलाप हुनेगरी जबरन त्यस्तो निर्णय कुनै न कुनै कुत्सित स्वार्थबाट गरिएको छ । आर्थिक र राजनीतिक दुवै स्वार्थको संगमबाट त्यो निर्णय भएको छ । समस्या निर्णय प्रकियामा हो । विभिन्न अध्ययन समितिहरुले दिएका प्रतिवेदन सभामा छलफल नगराइनु र ≈िवपबाट निर्णय गरिनु सहि थियो ? बिना ≈िवप जे निर्णय हुन्थ्यो त्यो सबैलाई मान्य हुने थियो । मतदाता र कार्यकर्ताले पनि चित्त बुझाउँथे । त्यसो नगरिंदाको परिणाम दलहरुको सोंच र संस्कार हुँदै संघीयता माथि नै औंला उठिराखेको छ । आमजनतामा व्यापक निराशा छाएको छ । यसबाट कतिकार्यकर्ता र नेताहरुको राजनीतिक भविष्य धरापमा पर्ने समयले देखाउने छ ।
राजनीति छोडेपछि अरु केहि गर्ने खुवि नहुने नेताहरुले राजनीतिलाई आजिवन कमाइखाने भाँडो बनाएकाकारण राजनीति धेरै बदनाम पनि भइराखेको छ । राजनीतिको साखमाथि राख्न नेताहरुमा दैविगुणहरु हुनुपर्दछ । व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर जनताभाव नेतामाहुनु पर्दछ । कार्यकर्ताको मर्कालाई बुझेर जनतामाझ स्थापितहुने प्रयाश गरिनु पर्दछ । भु.पुवानिवर्तमान र क्रियाशील सरकार प्रमुखहरुको सुविधामा ब्यापक कटौती गरिनु पर्दछ । राजनीतिलाई विशुद्ध रुपले भोलुन्टिएर सेवाको रुपमा लिइनु पर्दछ । चीनियाँ राष्ट्रपति सिजिपिंको आशय पनि यहि हो भन्ने मैले बुझेको छु ।