ट्रेंडिंग:

>> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्ने बेला

१६ भाद्र २०७७, मंगलवार
१६ भाद्र २०७७, मंगलवार

कोभिड १९ को संक्रमणका कारण नेपालमा करिव ७० प्रतिशतले रोजगारी गुमाउने अनुमानवीच पछिल्लो आर्थिक सूचक भने सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन र एसियाली विकास बैंकले गरेको संयुक्त सर्वेक्षणले कोभिड १९ को संक्रमण जारी रहँदै गर्दा नेपालमा त्यति ठूलो मात्रामा रोजगारी गुम्ने अनुमान गरिएको हो । रिपोर्टका अनुसार नेपालले सवैभन्दा बढी रोजगारी गुमाउने क्षेत्र निर्माण हो । निर्माण क्षेत्रबाट करिव २१ प्रतिशतले रोजगारी गुमाउने छन् । त्यसपछि खुद्रा व्यापार क्षेत्रमा १४ प्रतिशत, होटल र रेष्टुरेण्टबाट १७ प्रतिशत, कृषि क्षेत्रबाट १२ प्रतिशतले रोजगारी गुम्ने भनिएको छ । निश्चित रुपमा नेपालले यति ठूलो मात्रामा रोजगारी गुमाउनेमा शंका छैन । कोरोनाको महामारी अझै अर्को महिना नेपालमा उच्च विन्दुमा पुग्ने अनुमान चिकित्सकहरुले गरिरहेकै बेला रोजगारी गुमाउनेको प्रतिशत अझै बढ्ने अनुमान गर्न सकिन्छ । एकातिर रोजगारी गुम्ने कारण अर्थतन्त्र खुम्चिने अनुमान गरिएको बेला नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको केही आर्थिक सूचकले भने नेपालको अर्थतन्त्र धेरै खतरा उन्मुख नरहेको देखाएको छ । कोरोनाका कारण विगत ६ महिनादेखि जारी लकडाउनका कारण आर्थिक क्षेत्र निष्कृय हुँदा देशको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ तर नेपाल राष्ट्र बैंकले भने नयाँ आर्थिक वर्ष २०७७/०७८ ले अर्थतन्त्रमा सकारात्मक संकेत दिएको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक बृद्धि २ दशमलव २८ प्रतिशतमा खुम्चिएको बेला कूल गार्हस्थ्य उत्पादनमा विभिन्न क्षेत्रले दिएको योगदान भने सकारात्मक देखिएको छ । त्यसले चालू आर्थिक वर्ष २०७७/०७८ लाई नयाँ गति दिने विश्वास बैंकको छ । जस अनुसार सेवा क्षेत्रको योगदान ५८ प्रतिशत छ भने कृषिमा २८ प्रतिशत र उद्योगमा १५ प्रतिशत रहेको छ ।

अर्थतन्त्र सवलीकरणका आधारका रुपमा रहेको बिप्रेषण र कर्जा लगानीले खासै उत्साह दिन नसक्ने अवस्था छ । कोरोना कहरका कारण विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसंगै बिप्रेषणमा पनि कटौती हुने निश्चित छ । अघिल्लो वर्ष करिव १२ प्रतिशतले बढेको बिप्रेषण दर यो वर्ष महामारीकै बीच बढी नै खुम्चिने अनुमान भैरहेको छ । आगामी दिनमा कोरोनाले कस्तो रुप लिन्छ सोही अनुसार अर्थतन्त्रको अवस्था विश्लेषण गर्नुपर्ने छ । त्यसकारण नेपालको अर्थतन्त्र अहिले पनि पर्ख र हेरको अवस्थामै छ । कोरोना कहरमा कमी आएको अवस्थामा अर्थतन्त्रको आयतनमा सुधार आउने नत्र भने खुम्चिने अनुमान लगभग सत्य हुने निश्चित नै छ ।

विगतका केही वर्षहरुको तुलनात्मक अध्ययन गर्ने नै हो भने कुनै पनि पार्टीले नेतृत्व गरेर वनेका सरकारले नेपालीको जीवनमा आशाको ज्योति बाल्न सकेनन् । अहिले कोरोनालाई दोष दिएरमात्र पुग्दैन । यसअघि नेपालको आर्थिक अवस्था सुदृढ वनाउन कसले रोकेको थियो ? कहिले स्थीर सरकारको अभाव, कहिले १० वर्षे द्वन्द्व र कहिले प्रजातन्त्र पुनस्र्थापनाको उषाकालीन समय भन्दै उम्किने प्रयास मात्र भए । समग्रमा नेपालको अर्थतन्त्रको जग पहिले देखि नै हल्लिई सकेको थियो । अहिले मात्र कोरोनालाई साक्षी राख्न सजिलो भएको छ । कोरोना कहर अघि केपी ओली नेतृत्वको वर्तमान सरकारले समग्र अर्थतन्त्रकै आयतन घटाएको विदित छ । बजेटले निर्धारण गरेको लक्ष्य हासिल नहुने भएपछि बजेट नै खुम्चाएको बल्ल ९ महिना पुग्दैछ । त्यसकारण भन्नैपर्दछ– नेपालको अर्थतन्त्र जता हे¥यो उतै निरासामात्र छ । अर्थतन्त्रलाई सही ट्रयाकमा लैजाने काम संघीय सरकार अर्थ मन्त्रालयको हो । तर संघीय सरकार समेत अहिले कुहिरोको काग वनिरहेको छ । गत वर्षकै कुरा हो– आफैले खर्च गर्नुपर्ने विकास बजेट समयमै खर्च गर्न नसक्दा ढुकुटी बन्द कोठामा थन्किएको हो । जसका कारण पूँजी परिचालन नहुँदा समस्या थपिँदो छ र त्यसको असर अर्थतन्त्रले अहिले पनि भोग्नु परिरहेको छ । नेपालको अर्थतन्त्रले अर्को चिन्ताको विषय त सदियौँदेखि बोकिरहेको छ । त्यो भनेको व्यापार घाटा नै हो ।

अहिले व्यापार घाटा बढेर १० अर्वको हाराहारीमा छ । वास्तवमा यो अति दर्दनाक अवस्था नै हो । निर्यात बढ्न नसक्नु र आयातमा मात्रै नेपालीहरु निर्भर हुनुपर्ने बाध्यताका कारण नेपालले वर्षेनी व्यापार घाटा बेहोरिरहेको छ । नेपालमा लगानीका अवसर सिर्जना हुन सकेको छैन । नेपालले परनिर्भरतामा विश्वास राख्दा त्यसको दीर्घकालीन असर कालान्तरसम्म पर्ने अवस्था देखिएको छ । संघीय र प्रदेश सरकारवीच अहिले दुरी पनि बढिरहेको छ । यसले कालान्तरमा गंभीर परिणाम निम्त्याउने भयावहता छँदैछ । जनतालाई सुशासन दिने र केन्द्रको अधिकार गाउँसम्म पु¥याउने भनि सपना बुनेका नेताहरु नै अहिले प्रदेशमा अधिकार हस्तान्तरण गर्न हिचकिचाईरहेका छन् जसको दीर्घकालीन असर विकासमा पर्ने निश्चित छ । समय अगावै यो गंभीर अवस्थाले ल्याउने दुष्परिणामको विषयमा सोचिएन भने भोलि संघीयताकै विकल्प सोच्नु र खोज्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।

अझै पनि समय छ । आर्थिक सूचकहरु सकारात्मक दिशामा सोझिएका छन् । गार्हस्थ उत्पादनमा करिव २० प्रतिशतको योगदान दिने कृषि क्षेत्र त्यसमा पनि धानको उत्पादन यो वर्ष राम्रो हुने अनुमान छ । उत्पादनमा बृद्धि भएको अवस्थामा पनि मुलुकले धेरै ठूलो राहत पाउने निश्चित छ । किनभने खाद्यान्नको मूल्य बृद्धि नियन्त्रणमा धान उत्पादनको बृद्धिले महत्वपूर्ण योगदान दिने गर्दछ । अर्को १५ प्रतिशतको योगदान दिने पर्यटन क्षेत्र आफै तहसनहसको अवस्थामा रहेकोले उसबाट यो वर्ष गार्हस्थ उत्पादनमा शून्य योगदान हुने निश्चित छ । अवको अवस्थामा रेमिटान्स बृद्धि, निकासीमा सुधार, आयात नियन्त्रण र कृषिमा आत्मनिर्भर केन्द्रित अर्थ व्यवस्थालाई प्राथमिकता दिन सकियो भने पनि अर्थतन्त्रले केही त्राण पाउने अवस्था आउन सक्छ । अहिले भारतबाट मालसामान आयात गर्दा हुने राजस्वमा बृद्धि भएको छ । यो पनि सकारात्मक पक्ष हो । तर यसले आयाततर्फ अर्थतन्त्रलाई बढी निर्भर गराउने एउटा कारण हुनसक्छ तर तत्कालका लागि मुलुकको अवस्था सुधार गर्ने अवस्थामा यो विकल्पलाई पनि प्राथमिकतामा राख्नु उत्तिकै जरुरी छ ।

नेपालको अर्थतन्त्रको बर्तमान अवस्था तुलना गरिरहँदा आयातमा उच्च वृद्धि, निराशाजनक निर्यात, वैदेशिक लगानी निरुत्साहित लगायत कारणले मुलुक बाह्य क्षेत्र अर्थात विदेशी अर्थतन्त्रको दबाब बढिरहने देखिन्छ । यसै अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको छ भने त्यसका कारण भुक्तानी सन्तुलनमा केही चाप पर्ने निश्चित छ । १० महिनामा व्यापार घाटा करिब १० खर्ब माथि पुगेको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या घट्दा मुलुकले बिप्रेषणमात्र गुमाउने नभै त्यसको असर दैनिक जनजीवनमा पर्ने छ । खर्च गर्ने क्षमता घट्दा त्यसको प्रत्यक्ष प्रभाव सेवा क्षेत्रमा पर्नेछ । सरकारले अझै पनि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने दावी गरेको छ तर खोई यतिका दिन भैसक्यो नेपाली युवा जनशक्तिलाई नेपालमै रोजगारीको आधार तयार गर्न सकिएको छैन । युवाहरु अन्तर्राष्ट्रिय उडान हुनासाथ विदेश पलायनको प्रतिक्षामा बाँचीरहेका छन्् । कोरोना कहरभन्दा पनि रोजगारीको अवसर उनीहरुका लागि बढी प्राथमिकताको क्षेत्र हो ।

अन्त्यमाः कोरोनाको वर्तमान अवस्था हेर्दा तत्काल यसको कहर अन्त्य हुने अवस्था छैन । त्यस अवस्थामा अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सजिलो छैन । यही अवस्था रहिरहे सरकार आफै खर्च धान्न सक्ने अवस्थामा हुनेछैन । त्यो बेला सर्वसाधारण नागरिकको जीवन के होला ? गंभीर प्रश्न उत्पन्न भएको छ । बर्तमान अवस्था हेरेर भोलिको अनुमान गर्नु न्यायिक नहोला तर यत्ति भन्न सकिन्छ– कोरोनाका कारण थलिएको अर्थतन्त्र उकास्न बर्षौं लाग्नेछ । अर्थतन्त्र जोगाउने उपाय अझै छन् । हामी अझैपनि बैदेशिक ऋणको आशा र आधारमा छौं । त्यो ऋणले सिर्जना गरेको दायित्व बढ्दै गर्दा प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी बढ्दैछ । त्यतातर्फ पनि अव सोच्नु जरुरी भैसकेको छ । अर्थतन्त्रको केही सूचकाँक सकारात्मक देखिएका छन् तर त्यसबाट धेरै आशा गर्नुपनि मुर्खता हुनेछ । अहिलेको अवस्थामा अर्थतन्त्रलाई मजबुत गर्ने समय थियो, त्यसतर्फ पनि खासै ध्यान दिइएको छैन । अव सबल अर्थतन्त्र निर्माणका आधार तयार गर्ने हो भने धेरै अर्थशास्त्रीले दिएको एउटै सुझाव छ– परनिर्भरता त्यागेर आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा अघि बढौं । यही नारालाई मूलमन्त्र बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%