ट्रेंडिंग:

>> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी

तीजका किस्सा: एक सस्मरण

५ भाद्र २०७७, शुक्रबार
५ भाद्र २०७७, शुक्रबार

कोरोना कहरका बिचमा तीज पर्व मनाइरहदा मेरो मानसपटलमा धेरै कुराहरू घुमिरहेका छ्न ।

जसरी स्वतन्त्रतापुर्वक खुल्लम खुल्ला तीजमा नाचिन्थ्यो, गित गाइन्थ्यो त्यो असम्भव प्रायः भएको छ आजको दिनमा ।

कोरोनाबाट बच्न सामाजिक दुरी र भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ । नाच्ने गाउने भिडभाड नाच्नेगाउने त निकै टाढाको बिषय भएको छ ।

कोरोनाको कहरले यसपालीको तीजमा रहर मारेर बस्नुपर्ने अवस्था छ । हजारौंको संख्यामा कोरोना संक्रमण बढिरहेको छ । क्वारेन्टाइन, आइसोलेसन र हस्पिटलमा कोरोना ससन्कित देखि सक्रमित मानिसहरुले भरिएको अवस्था छ । प्रत्येक मानिस तर्सित छ। विश्व नै तरङित छ । एउटा नियमित चलिरहेको आम मानिसको जिन्दगीमा एकाएक कोरोनाले लकडाउन गरिदिएको छ, थुनिदिइएको छ । रोगको बन्धकिमा भोक प्यासले अतालिने अवस्था आउने हो कि चिन्ता छ । यि सबै हुदाहुदै पनि फेरी बाच्नु छ यहा, नाच्नु छ, जिवन र जगतलाइ अगाडि बढाउनुपर्ने छ । पुनस् आममानिसको जिन्दगीलाइ चलयमान बनाउनु छ । चिन्ताको बिचमा कोरोनाको कालो रातपछि सुनौलो सुन्दर बिहान आउने आशा छ । बर्तमान परिस्थितिसग डराएर होइन, धैर्यतापुर्वक मुकाविला गर्न नै आजको ठोस आवश्यकता हो । चिच्याएर , अतालिएर, आत्तिएर बर्बाद भो भनेर केहि सुध्रने पनि होइन, बन्ने पनि होइन। एउटा दृढ र कठोर सत्यलाइ स्विकार्दै अगाडि बढनु बाहेक अर्को विकल्प छैन। यो जिवन संचालनको लागि अपरिहार्यता हो । जेजस्तो परिस्थिति भए पनि शक्ति र शाहसमा बदल्नुपर्छ। आफु बाच्दै, अरुलाइ पनि बचाउदै अब फेरी दुनियाँलाइ चलयमान बनाउनुपर्ने छ ।

हाम्रा आफ्ना मौलिक चाडपर्वहरुले हामीलाइ रमाइलो र खुसि तुल्याउछ । दशैतिहार, हरितालिका तीज, होली, माघेसक्रान्ती यस्तै तमाम मेलापर्वले पारिवारिक भेटघाट गराउछ । उल्लास , उमंगको परिवेश सृजना हुन्छ । कोरोनाको कहरले गर्दा यसपटकको तीज समुहमा जम्मा भएर तिजका गित गाउने, अनि नाच्ने अवस्था छैन । कोरोनाको बिचमा तिजको गितमा नाचौ कि भन्ने मनभित्र रहर त पक्कै छ । यस्तो रमाइलो साङ्गेतीक पर्वमा कसको पो मन होलार गित नगाउ, ननाचौ। मानसपटलमा बिगतमा मनाइएका चाडपर्वका यादहरु असरल्ल आइरहेकाछ्न यतिबेला ।

मलाई पुरै याद छ । मेरो जन्मभुमि गुल्मी धुर्कोट पिपलधारा सुन्दरवस्ती(जुम्लादिमा साउने सक्रान्ती देखी नै तिज लाग्दथ्यो । ूतिजको लहर आयो बरिलैू भन्ने बोलको गितले अहीलेपनि अतितको तिजको झल्को आइरन्छ्न। बेलुकीपख खाना खाएर वल्तिरपोल्तिरका दिदिबहिनी जम्मा भइ गित गाएर नाज्दा कति रमाइलो हुन्थ्यो । आफ्ना पिरब्यथा, सुखदुखका अनुभवहरु, कतै घटेका घटनाहरु टपक्क टिपेर गितको माध्यमबाट पोख्नुहुन्थयो । ूरनजु रनजु गाइका खुर लर्केू भन्ने गित गाएर आमाहरु खुट्टा लर्काउदै रातभरी घरको दलान, आगनमा नाचेको मेरो मानसपटलमा अहिलेपनि घुमीरहन्छ । तिजको राम९मेला०मा कहिले बारीको मकैमा झुन्डिएको त कहिले मल्खाताको झिक्रोमा झुन्डिएको काक्रो सिङ्गौ क्रयामक्रयाम खादै तिजको डाडो९चौर०मा गइन्थ्यो। पोखरीको डाडा, पिपलधारा, खनदहमा तिजको राम हुन्थ्यो । मेलालाइ हामी राम भन्छौ। गुम पाकुम गुम मादलको साथमा उत्सार र उर्जाले भरीएर गाइएका मिठामिठा स्वरले सज्जीएका गितमा कहिले एकल त कहिले जोर ९दूई जना० नाँचको प्रतिस्पर्धा नै हुन गर्दथ्यो । सयौ महिलाहरु बिभिन्न अलंल्कार, गरगहना, नयाँ लुगा लगाएर तिजको मेलामा जाने हतार गरको याद आज पनि झलझली आउँछ ।

गाउका चेलीहरु माइती सम्झेर बर्ष दिनमा बाबाआमा भेट्न आउने, आफ्ना पुराना समकालिन साथी सगी भेट्ने, तिजका रमाइला गित गाउने नाच्ने गर्दा गाउ नै उल्लासमय हुन्थ्यो । बर्षभरीका दुखसुख माइतीसग साट्ने, दुइतिन दिन भए नि रमाइलोसग समय काट्ने अवसर हुन्थ्यो तीज । अहिले जस्तो संचारको पहुँच थिएन । हालखबर सन्चोबिसन्चोको जानकारी लिन घर सम्मै धाउनुपर्थ्यो । बर्खामास खोलानाला बढ्थे, बाडि पहिरोको डर हुन्थ्यो । खोलामा पक्कि पुल त के झोलुङ्गे पुल पनि उपलब्ध थिएन उबेला। यातायातको कुरै नगरौ । मोटर हिड्ने बाटो बनेको नै थिएन । कोशौ टाढा हिडेर जानुपर्थ्यो। माइति जानलाइ आफ्ना बालबच्चा बोकेर काधमा राखेर झरीमा पनि बडो कठिन बाटो हिडेर माइत जाने रहरले चेलीको अनुहारमा धपक्क मुस्कान छचल्ककिएको प्रष्ट देखिन्थ्यो। सायद घरको सम्पूर्ण दुखको भारि बिसाउन जादै गरेर हो या आमाबुबा माइतीलाइ भेट्ने अभिलाषा ।

कृष्ण जन्माष्टमीलाइ सानो तीज भन्थ्यौ। सानो तीजमा पनि चौरमा भगवान कृष्णसग सम्बन्धित गित गाइन्थ्यो । ठुलो तीजको अघिल्लो दिन एकभक्ती अर्थात दरखाने दिन बेलुकाको स्वादिष्ट भोजनले अहिले पनि जिब्रो रसाउछ । तिजको दिन महिला दिदीबहिनी बर्त बस्नुहुन्थ्यो । कतिपय त निरआहर बर्त बसेर दिनभरी तिजको गित गाएर नाच्नु हुन्थ्यो । आफ्नो पतिको दिर्घायुको लागि तीजमा बर्त बस्ने कतिपय महिला दिदीबहिनीहरु माथी त्यहि पतिले मदिरा सेवन गरेर हेपाह, गालिगलौच र हिंसा गरेको देख्दा सारै दुख लाग्दथ्यो । महिला दिदीबहिनीले तीजको गितमा घरमा आफ्नो पती, सासुससुराले गरेको थिचोमिचो गरेका प्रसङ्गहरु जोड्नुहुन्थ्यो। महिला माथिको उत्पीडन, थिचोमिचो र अन्याय विरुद्ध बुलन्द आवाज उठाउने एउटा स्वर्णिम अवसर पनि हो तीज । नेपालका विभिन्न परिवर्तनहरुमा ति तिजका गितले महत्त्वपूर्ण भुमिका खेलेका छ्न। परिवर्तन र अधिकार प्राप्तिको लागि तीज गितले शशक्त आवाज उठाएको मान्न सकिन्छ । तीज पछीको पन्चमीमा महिला दिदिबहिनीले बिहान सबेरै दत्तीऔलले नुवाइ सप्तरिषिको पुजा आज गर्नुहुन्थ्यो, यद्यपि अहिले पनिउ छ । पन्चमीको दिन छिमेकी जिल्ला अर्घाखाँची जिल्लाको खनदहमा मात्र राम हुन्थ्यो, पच्चमीको पुजा सकिएपछि हसाङपस्याङ गर्दै तिजको राम हेर्न गइन्थ्यो । पन्चमीको राम लगभग त्यो बर्षको अन्तिम राम हुन्थ्यो। हुनत कहिलेकाही सोर्ह श्रद्धा शुरु हुने पुर्णिामामा पनि गित गाइन्थ्यो ।

तीजको मेलामा पाकेको जेरीले बास्नाले तनक्क तान्थ्यो । नयाँ राम्रा लुगा लगाएर दिदिबहिनीहरु जान्थे । रातो साडिले होला, मेला रातै रातै देखिन्थ्यो । ूलालु मैू‘ूपालु मैू‘ूधुर्व ताराू यस्तैयस्तै विभिन्न थेगोवाला तिजका गितहरु गाइन्थे । बहुदल आएपछि अलि बढी राजनीतिका गितहरु गाइन्थे । गितका माध्यमबाट आफ्नो पार्टी र नेताको अलि बडि नै देवत्व गर्दथे भने बिपक्षी पार्टिको खैरो खनिन्थ्यो । राजनीतिले त्यतिबेला पानी बाराबार भयो भन्ने हामि सुन्थ्यौ। दलका धेरै युवाहरु दादाडनको भुमिका थिए । कहिलेकाही तिनै डनले तिजको राममा बितण्डा मच्चाउथे । भाग दौडले बुडाबुडी र केटाकेटीको बिचल्ली हुन्थ्यो । बुद्धि भन्दा बल र डाङ्गडुङ्ग बढी नै चल्थ्यो । जे होस तिजको राम (मेला) छुटाइन्नथ्यो कहिले पनि । स्कुले जीवनको उत्तरार्धको समयमा गाउँका अरु साथी भाइहरु मिलेर टाढा टाढा सम्म पनि तीज गित हेर्न गैइन्थ्यो। त्यो उमेर सायद त्यस्तै हो कि रातीमा हिड्न पनि कति जागर लागेको हुन्थ्यो । निकै रमाइलो हुन्थ्यो।

फेरी त्यस्तो दिन कहिले आउला र ?

बर्ष २०७७ हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%