ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

बाँच्यौं भने अर्को साल आम्ला बरिलै

४ भाद्र २०७७, बिहीबार
४ भाद्र २०७७, बिहीबार

तीज आयो भनेर माइत जाने बेलामा

मुख्मा मास्क हात धुँदै घरमै बरिलै ।

यो पटकको तीज आमा कोरोनाले खायो

बाँच्यांै भने अर्काे साल आम्ला बरिलै ।

हो तिथिमिति अनुसार तीज हाम्रा घरआँगनमा आइपुगेको छ । चेलीहरु माइत जान सटरपटर गर्ने बेला हो यो । तर यसपटकको तीजमा त्यो सटरपटर छैन । न त पसलहरुमा साडी, गर गहना, चुरा टिकी पोते किन्ने र बेच्नेको भिडभाड नै छ । यस्तो अवस्थामा तीज मनाउन भनेर हतारो गर्दै यताउता जानु माइत जानु भनेको आफुलगायत अरुलाई पनि कोरोनाको जोखिम निम्त्याउनु हो । त्यसैले गर्दा तीजको त्यो रौनक यसपटक हराएको छ । नत्र पोहोर परार सालजस्तो एकमहिनादेखि टल्कने साडी र गहनाले सजिएर पार्टी प्यालेसहरुमा दर खाने र संघ संस्थाले दर ख्वाउने तछाड मछाड चल्थ्यो । नाँचगान भन्दा पनि साडी र गहना देखाउने प्रतिस्पर्धा चल्थ्यो पहिले । मजदुरी गरेर जीविका चलाउनेहरु अरुको हेरेर चुङ्गिदै बस्नुपर्ने अवस्था थियो । “अति गरेपछि खतिहुन्छ” भन्ने कथन यहाँ पनि चरितार्थ हुन्छ । अहिले रोगको महामारीले सबैलाई समान बनाएको छ । चाहेर पनि तीजको नाँचगानगर्न कपडा गहना देखाउन पाइएन । जे जे गर्ने हो आप्mनै घरभित्र सिमित रहेर गर्नु पर्यो ।

साडी गहनामा सजिन र अरुलाई देखाउन मन लाग्नेहरुले पनि गहना साडी लगाइ नाचेर मोवाइलमा फोटा खिचेर फेसबुक, युट्युवमा पोष्ट गर्न मजाले पाइन्छ । तर सार्वजनिक ठाउँहरुमा गएर नाचगान गर्न भएन । सवाल आफु र अरुको शरीरको हो । एउटाको बल मिच्याइले अरुलाई दुख दिनु भएन । कोरोना कहर बढीरहेको छ, सबासय बढी मानिस मरिसके । नजिकको छिमेकी भारतमा स्थिति डरलाग्दो छ । त्यताबाट मान्छे आएकै छन् । यस्तोमा ठीक बेठीक आफु छुट्याउनु राम्रो हुन्छ ।

तीजको अलिकति इतिहासलाई कोट्याउँदा थाहा हुन्छ कि तीज बिशुद्ध चेलीबेटीहरुको चाड हो । घरमा भोग्नु परेका दुख पिडालाई वर्षदिनसम्म संगालेर तीजमा माइत गएपछि साथिसंगी आमा दिदीबैनीसंग पोख्ने र मन हल्का पार्ने चाड हो । त्यस्तो हो भनेर सधै त्यही नै हुनुर्पछ भन्ने होइन । पहिला मानिस ठूलो परिवारमा बस्थे । दुख धेरै गर्नु पथ्र्यो । तीजको बेला खानपान, ब्रत पूजागर्न पनि माइतमा सजिलो हुन्थ्यो । सबै मिलि कामगर्ने, साँझमा घरमै गीत गाएर रमाइलो गर्ने, दर खाने तीजको दिन सार्वजनिक ठाउँ पाटी पौवा, चौपारीहरुमा जम्मा भएर मनग्गे गीत गाउने नाच्ने गरेर तीज जान्थ्यो । २०४६ पछि तीजका गीतहरु केही परिवर्तन भए, लाउने खानेभन्दा लेख्ने पढ्ने र अधिकारका कुरामा गीत आउन थाले । तीजका गीत र नाच स्टेजमा पुगे । महिलाहरुले मनाउने तीजमा पुरुषहरुको आसन ग्रहण र भाषण भुषण, पुरस्कारमा सिमित रह्यो । स्वतन्त्ररुपले चौर चौपारीहरुमा गाउने तीजलाई स्टेजमा सिमित बनाइयो । आज यहाँ, भोलि वहाँ तीज गीत प्रतियोगिता र प्रतिस्पर्दा । फेरि चार छ वर्षयतादेखि तीज पार्टी प्यालेसमा पुग्यो । झल्कने साडी भारी भारी गहना लगाएर पार्टी प्यालेसहरुमा पुग्नु र क्यासेटमा बज्ने तीज गीत बजाएर समूहमा नाँच्नु दैनिकी जस्तै भयो । पार्टी प्यालेसको तीजको दर र संघ संस्थाले ख्वाउने दरको चलन निकै बढेर गयो । बिस्तारै गत वर्षबाट पार्टी प्यालेसका तीज र दरका कार्यक्रममा बिरोधका स्वर पनि सुनिन थाले । स्थानीय प्रशासनले रोक लगाउन थालेको थियो । अव अहिले त कोरोनाले नै बन्देज गरिदियो ।

कोरोना बढेको बढै छ । यो ज्यानमारा कोरोनाको न खोप बनेको छ, रुसले खोप बनाएका कुरा सुनिएका छन् तर त्यो पनि भरखर परीक्षण गरेर सफल भएका कुरा आएका छन् । नेपालसम्म आउने कहिले हो थाहा छैन, यसको न सुइ, न औषधि न लागेको छ भन्ने संकेत । घरमै बस्नु, पटकपटक साबुनले हात धुनु, मुखमा माक्स लगाउनु, भिडभाडमा नजानु यसबाट बच्ने राम्रो उपाय सरकार यही भनिरहेक छ । त्यसमाथि अहिले सुनको भाउ तोलाको लाख पुगेको छ । पैसा हुनेलाई लाख र डेढ लाख पुगे पनि कुनै फरक नपर्ला तर अरु सामान्य आय हुनेलाई सुनेर पनि सातो जाने बिहोस हुने भएको छ । भ्रष्टाचार गरेर कमाउने र ठूला ब्यापारीलाई केही फक नपर्ला । तर शिक्षक र अन्य सामान्य कर्मचारी, अनि मजदुर, जसले हातले सोहोरेर हैन, तोकेको तलव गनेर थाप्छन् तिनीहरुलाई त अवश्य फरक पर्छ । जे जति बढोस् जति बिरोध होस् चोरले सुनको लागि हत्या नै किन नगरोस् सुनमा इज्जत खोज्नेले खेतको टुक्रा बेचेर पनि लगाउन छाड्दैनन् । शौक पुरागर्न पनि छाड्दैनन् । देखाउन चाहनेलाई गहना लगाउने र शौक पुरागर्ने दिन आइरहन्छन् ।

अहिलेलाई भने घरमै लगाएर फोटामा राख्नुको बिकल्प छैन । अहिले केही समयलाई भए पनि कोरोनाले सबैलाई समान बनाएको छ । सायद यो वर्षका चाडपर्व सबै कोरोनाबाट प्रभावित हुन सक्छन् । प्रभावित होउन् चाडहरु केही छैन, तर मानिसहरु बाँचुन्, उपचार नपाएर कसलाई मर्नु नपरोस् । तर अहिले देशका अस्पतालहरुमा अरु रोगको उपचार गर्न गए पनि कोरोनाको शंकाले विरामीले उपचार नपाएर मर्ने अवस्था छ । त्यस्ता घटना पनि सुनिन्छन् । त्यस्तो नहोस् । यसलाई स्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मिलाई झन् धेरै खतरा छ । भए पनि आफु सरक्षित रहँदै बिरामीको सेवा गर्नु उनीहरुको कर्तब्य हो । अस्पतालहरुमा जुनसुकै रोगको पनि उपचार पाउनु नागरिकको अधिकार हो ।

अहिलेको अवस्थामा मानिस बाँचेमात्र रमाइलो गर्ने हो, चाडपर्व खुशियाली मनाउने हो । मर्ने अवस्था आएमा हरेक घरघरमा पीर,रुवाबास बनाउँछ । यस्तोमा के चाडपर्व ? अहिले एकातिर कोभिडले रुवाएको छ भने अर्कोतिर बाढी र पैरोले कयौंको ज्यान लिएको छ । कोरोनाले भन्दा धेरै क्षति पहिरोले पुराईसक्यो । कयौंलाई घरबार बिहीन बनाएको छ । ज्यान जानेहरुको घरघरमा रुवाबासी छ । घरबार नहुनेहरुलाई खान,लगाउन र बस्न समेत गाह्रो छ । यस्तो बेलामा कसैले भारी मनले चाडपर्व मनाउनु खुशी मनाउनु पनि मानवता विपरित हुन्छजस्तो लाग्छ । बुभ्mने मानिस केही सचेत पनि भएका छन् । तर पनि आम मानिसले हाम्रै लागि हो भन्ने नसोचेसम्म कमि आउने छाँट देखिदैन । मानिसले अलिकति अटेरी गर्न पनि छाडेको छैन । आ, म एउटा माक्स नलगाएर के हुन्छ र भनेजस्तो गर्छन् । अफिस वा कुनै कारखानामा काम गर्नुपर्र्नेे ब्यक्तिहरु अझै बढी सचेत हुनुपर्छ । सरकारले पनि अलि गम्भीर भएर सोचेन पहिला । शुरुमै अलिकति उल्टो काम गर्यो । खुला गरे पनि हुने बेला लकडाउन र लकडाउन गर्नैपर्ने समयमा खुकुलो गरिदिंदा कोरोना बढ्ने मौका पायो । लकडाउन जेठ महिनाबाट गर्नुपथ्र्याे । त्यतिबेलासम्म कोरोनाको चेकजाँच गर्ने, आइसोलेसन वार्डहरु बनाउने, उपचारका साधन श्रोत जुटाउने, खाने पिउने सामानहरुको ब्यवस्थापन गर्ने प्रशस्त समय हुन्थ्यो । तर सबै उल्टो भयो ।

लकडाउन खुकुलो हुँदा कारखाना मालिकहरुले भारतबाट मजदुर ल्याएर कारखानामा लुकाई काम गराउन थाले । कोही लुकीछिपी भारतबाट काम गर्न पनि आए, तरकारी बेच्ने, र कवाड बटुल्ने पनि आए । यसरी नेपालमा कोरोना दिन दुगुनाना रात चौगुना हुँदै गयो । कोरोनाको असर बयक्तिमा सरेपछि मात्र देखिने रहेछ । त्यसको रंग रुप घाउ खटीरा केही देखिदैन । कहाँ कतिबेला कसबाट सर्छ भन्ने पनि थाहा हुँदैन । त्यसैले आफै सतर्क भएर कामकाज गर्ने, जानै पर्ने ठाउँमा जाने गर्नु उचित हुन्छ । त्यसैले अहिले सरकारले चाडपर्वहरु घरभित्रै सिमित रहेर मनाउन अनुरोध गरिरहेको छ । त्यसलाई पछ्याउनु नागरिकको कर्तब्य पनि हो । स्वास्थ्य आप्mनो हो । आफु स्वस्थ रहे अर्को अर्को वर्ष चाड मनाउन पाइन्छ । यो वर्षलाई सरकारको आदेशको पालना गरौं । आफु बाँचौं र अरुलाई पनि बाँच्न दिउँ । तीजको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?