ट्रेंडिंग:

>> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी

बा …

३ भाद्र २०७७, बुधबार
३ भाद्र २०७७, बुधबार

बा शव्द कति गर्भिलो र मर्मस्पर्षी छ ।

बा भन्दाबित्तिकै शक्ति प्रदान हुने ।

बाले कहिल्यै कुभलो नचिताउने सधै ज्ञान दिने, प्रत्येक क्षण र पलमा हौसाइरहने शाहस दिने सही मार्गमा लगाउन मार्ग चित्र कोरिरहने ।

दुख्दा पनि बा, खुशियालीमा पनि बा, सुरक्षामा पनि बा, कसैको खप्की खाँदा पनि बा, ज्ञान हासिल गर्दा पनि बा ।

त्यसैले त बा आकाश हुनुभयो । सुरक्षाको ढाल हुन पुग्नुभयो ।

ज्ञानको भण्डारण र ईश्वरीय शक्ति प्राप्त गरेका बा हुनुभयो । ज्ञानको पाठशाला, प्रेम स्नेह र डरका प्रतिमुर्ति बा हो ।

बाले मलाई काँधमा बोकेर एक दुई तीन सिकाउँदै गर्दा, क ख ग घोकाउँदै गर्दा ए बि सि डी को उच्चारण स्वर, व्याकरणका धनि गुरु हो बा । त्यसैले पनि मेरा ब्रह्माण्ड पाठशालाको पहिलो गुरु र दीक्षित बनाउने पहिलो ईश्वर नै बा । भनिन्छ आमा धर्ति हो उनले सबै कुरा सहन गर्नुहुन्छ बा आकाश हो जहिलेसुकै आश्रय दिइरहनु हुन्छ । त्यसैले पनि बा मेरो छहारी हो अनि मेरो टाउकोको ओत पनि हो । सुरक्षा कवच पनि हो । बा आफु पढ्न काठमाण्डौको दरवार हाइस्कुलमा १० बर्षकै उमेरमा पुग्नु भएको रहेछ । तर काठमाण्डौको वातावरणमा उहाँ टिक्न सक्नु भएन । अनि स्र्वगद्वारी पनि पुग्नु भएछ संस्कृत पढ्दा पुरेताइ गर्नुपर्छ भन्दै स्वअध्यनमै घरमा रमाउनु भएछ । बाले त्यसैबेला देखि नै बैज्ञानिक शिक्षाकोे महत्व बुभ्mनु भएछ । गाउँमा सबैलाई पढ्नु पर्छ भन्ने उपदेश दिइरहनु हुन्थ्यो बा ।

बा मलाई नाच्न हौसाउनु हुन्थ्यो । कहिले कम्मरमा हात कहिले हात माथि उठाएर कहिले दाहिने फर्केर कहिले बायाँ फर्केर कहिले उठेर कहिले बसेर नाच्न पठाउनु हुन्थ्यो । बाले हातको ताली लगाउनु हुन्थ्यो । बाले मादल पनि बजाइ दिनुहुन्थ्यो । मेरो खुट्टामा घुँगुरु लगाइ दिनुहुन्थ्यो । हारमोनियम मुजुरा कहिले खैंजडी बजाएर कहिले भजन कहिले गीत गाइदिनु हुन्थ्यो अनि बाको इसारामा म नाच्थें त्यसैले मेरा बा नृत्य निर्देशक, मेरो सबै जीवन फिलिमजस्तो अनि बा मेरो फिलिम निर्देशक पनि हो ।

बा कृषक पनि हो । बाको साथमा खुर्पेटो हुन्थ्यो खुर्पेटो भित्र खुर्पा पनि । बाटोमा रहेका काँडाहरु छप्काउँदै हिंड्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो आप्mनो कुभलो चिताउने बैरीलाई यसरी नै हटाउनु पर्दछ तर हतियारले होइन कानुनको सहाराले । बाको साथमा कोदाली पनि हुन्थ्यो । ढीक कान्ला खनेर बारी बनाउनु हुन्थ्यो त्यसलाई गुल्जार बनाएर अन्न उत्पादन हुन्थ्यो । नयाँ बारीमा फलेको मकै सबैले ठूलो घोंगा मलाई भनेर कराउँथ्याँै बा चुपचाप हाम्रो झगडा हेर्नुहुन्थ्यो । गाइ भैंसी गोरु बाख्रा हाँस कुखुरा सबै थिए । बारीमा सबै प्रकारका फलफुल पनि थिए । बाले मलाई साक्षी राखेर आलु बखेडा, आँप, लिची, आरु, केरा, अम्बा, अनार, निवुवा, कटहर, मौसमी सबै लगाउनु हुन्थ्यो । असोज कार्तिकमा पाक्ने आँप जिल्लाका लव्ध प्रतिष्ठित व्यक्तिहरुलाई पनि खुवाउनु हुन्थ्यो । हामी कहिलेकाहीं बालाई चाकडीवाजको संज्ञा दिन्थ्यौँ । घरको फलफूल लगेर अरुलाई दिने भन्थ्यौँ तर बा घरको चिज एक्लै खान हुँदैन सबैलाई बाँडेर खानुपर्छ भन्नुहुन्थ्यो । बाको साथमा सधैभरी एउटा न एउटा फलफूल भै रहन्थ्यो । बा समिपमा बसेर जाने जो कसैले फलफूलको स्वाद लिएर जान पाउँथे । बाले खेतमा पनि काम गर्नुहुन्थ्यो कोदाली लिएर खेतमा पुग्दा खेत खन्न सिकाउनु हुन्थ्यो । पानी हाल्न सिकाउनु हुन्थ्यो । खेतमा धानको दाइँ हाल्दा खलो बनाउने, खलो ठोक्ने खलाको चरमा धान कोचिएर नपसोस् भनेर ढुङ्गाले चर ठोक्नुपर्छ भन्नुहुन्थ्यो आफु पनि ठोक्नुहुन्थ्यो । धानको पोपटा फाल्ने, धान चुट्ने, परालका बिटा बनाउने सीप पनि थियो । बाको निधार र शरीरको पसिना पनि मगमग बसाउँथ्यो ।

बा राजनैतिक कर्मी पनि हो । गाउँको उपप्रधान पञ्च हँुदै कावा प्रधानपञ्च पनि हुनुभो । गाउँमा स्कुल थिएन । बाकै अगुवाईमा स्कुल स्थापना भयो, हामी त्यही स्कुलमा दीक्षित बन्यौँ । बाटो घाटो, पाटी, पौवा, मठ, मन्दिर, स्थापना गर्ने कार्यमा अग्रसर हुनुहुन्थ्यो । हामीलाई सामाजिक कार्यमा अग्रसर हुनुपर्छ भनेर सिकाउनु हुन्थ्यो । छोराछोरीले मञ्चमा उक्लेर भाषण पनि गर्नुपर्छ, देशको नीति निर्माण गर्न कलम पनि चलाउनु पर्छ भन्नुहुन्थ्यो । सामाजिक कार्य गर्ने व्यक्तिले अरुको कुभलो चिताउनु हुन्न । आत्मा साक्षी राखेर सबैलाई समान व्यबहार गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले बा सामाजिक अभियन्ता पनि हो । बा अन्धबिश्वासको बिरोधी हुनुहुन्थ्यो । कसैले धामी झाँक्री गर्ने ढ्याँग्रो ठोक्ने, बाइ बोक्सी लागत लाग्ने पात्लो फाल्नेजस्ता कुराहरुलाई अस्वीकार गर्नुहुन्थ्यो । बाटोमा कसैले पात्लो फालेका टपरीहरु देखेसम्म तुरुन्तै बाटोबाट हटाइ दिनुहुन्थ्यो । अन्धबिश्वास ढोंगी हो भन्नुहुन्थ्यो भने कतिपय समाजले अंगालेका साँस्कारिक क्रियाकलापलाई अंगिकार गर्नुहुन्थ्यो । २०४६ साल चैत्र २६ गते बहुदल आएको कुरा राती पौने ११ बजे बालाई सुनाउँदा बा औधी खुशी हुनुभएको थियो । बा लोकतन्त्रबादी, अग्रगामी विचारका प्रतिमुर्ति हुनुहुन्थ्यो ।

बा सुरक्षाकर्मी पनि हो ।

२० बर्षको उमेरमा शेरनाथ गणमा भर्ना हुनुभएको थियो । देशको सुरक्षा कवचमा भाग लिन काठमाण्डौको टुँडीखेलमा परेड खेल्नुभयो । दोस्रो बिश्वयुद्धको समयमा अफगानिस्थानको सीमासम्म पनि पुग्नुभयो । भोक प्यासले छटपटिँदा र देशको लडाइमा होमिँदा कस्तो हुन्छ भन्ने शाहसिक कथा सुनाउनु हुन्थ्यो । बाले सेनामा भर्ना भएका समयमा ल्याएको खुकुरी अहिले पनि छ । त्यो खुकुरीको आयु आजका मितिसम्म ८२ बर्ष पुगेछ । देशको सुरक्षाकर्मी भएको नाताले बा हाम्रो सेनापति हो जसले साहास युद्ध र कला पनि सिकाउनु भयो ।

बा डाक्टर पनि हो ज्वरो बढी आयो भने घोडटाप्रे सहित अरु जरीबुटी पनि थिचेर त्यसको रस खुवाउनु हुन्थ्यो । आउँ परे खरानी थिग्राएर खुवाउनु हुन्थ्यो । जुका परे असुरोको मन्टा, जरा थिंचेर त्यसको रस खुवाउनु हुन्थ्यो । काठमाण्डौको सिंहदरवार बैद्यखानाबाट मिमिया, त्रिफलाचुर्ण, शिलाजित, मकरध्वज लगायत धेरै किसिमका औषधि ल्याउनु हुन्थ्यो । गाउँमा आर्युवेदिक औषधि खुवाउनु हुन्थ्यो । बा नारी छाम्नुहुन्थ्यो घाटे बैद्यको काम पनि गर्नुहुन्थ्यो ।

बा व्यापारी पनि हो । हँसिलो पनि हुनुहुन्थ्यो । बाले घरमा किराना, फेन्सी, कपडा, आर्युबेदिक औषधिहरु पनि राख्नु भएको थियो । स्कुलबाट आएपछि बाले दिने मिठाइ मलाई औधि मन पथ्र्यो । काठमाण्डौबाट भादगाउँले कालो टोपी, ढाकाका टोपी, खास्टा, काठमाण्डौको राखी बजारबाट चुरा पोते, टिकी पनि ल्याउनु हुन्थ्यो । हामीलाई हाम्रो पसल मनचिन्ते थियो जसलाई दोकान भन्थ्यौँ । हाम्रो पसलमा सक्कली सामान पाइन्छ भन्दै धेरै टाढाबाट मान्छे आउँथे । बाले फनबाजा लगाउनु हुन्थ्यो । अरुलाई पनि नचाउनु हुन्थ्यो आफु पनि नाच्नु हुन्थ्यो । मान्छेहरु फनबाजाको गीत पनि सुन्ने किनमेल पनि गर्ने गर्दथे । नयाँ मान्छे देखेमा सेवा सत्कार गर्नुहुन्थ्यो । एउटा आकर्षणले व्यापार व्यबसायमा राम्रो हुन्छ भन्ने उहाँको बुझाइ थियो ।

बा अहिले हामीवीच हुनुहुन्न । २०४७ साल पौष ९ गते बा ब्रहमलिन भइरहेको समयमा म काठमाण्डौमा थिएं । उहाँले संसार छाडेको ११ गते कार्यालयमा थाहा पाएँ । चौथो दिनमा घरमा आउँदा बालाई देखिन । साँस्कारिक रुपमा बाको क्रिया गरेँ । बाको अन्तिम संस्कारको समयमा उपस्थित हुन पाइन । त्यसैले बाले सपनामा प्रत्यक्ष रुपमा सिकाउनु हुन्छ । बाले सिकाइरहँदा तन्द्रामा भएजस्तो लाग्छ । झस्किन्छु, उठ्छु बा सुतेको कोठा हेर्छु । बाहिर निस्केर आँगनको वरपर पनि हेर्छु । आमा पनि २०७० साल मङ्सिर १५ मा जानु भयो । बा र आमा आजकल संगै छन् रे ।

बा कति कुराका ज्ञाता हुनुहुँदो रहेछ । बाकै आशिर्वादमा बाबाट बढे बढाएका सन्तानहरु डाक्टर, इन्जिनीयर, वकिल, सुरक्षाकर्र्मी, किसान, सामाजिक अभियन्ता, शिक्षक, राजनीतिक कर्मी आदि सबै भएका छन् गणित शैलीका आफै उत्तर मिल्ने बा हामी सबैको ब्रह्मा बिष्णु महेश्वर हो । बालाई कुशे औंशीमा मात्र सम्झेर कहाँ हुन्छ र सधै सम्झि राखौं हुन्न र ! !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%