ट्रेंडिंग:

>> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी

सहयोगी हातले सुधार्दै छौ विद्यालय

१ श्रावण २०७७, बिहीबार
१ श्रावण २०७७, बिहीबार

गुल्मी जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा रहेको रुरुक्षेत्र गाउँपालिका वडा न. २ मा अवस्थित ग्वादी माध्यामिक विद्यालयको स्थापना विस २०१३ साल असोज १ गते श्री अमर प्राइमरी स्कुलको नामबाट भएको हो । तत्कालिन अमर प्राइमरी स्कुल विस २०२४ सालबाट ग्वादी निमाविमा स्तरोन्नति भयो । यहाँका समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमी महानुभावहरुको अथक प्रयासबाट २०३९ सालबाट माध्यामिक तहसम्मको अध्ययन अध्यापन कार्य सुरु भएको हो । यस विद्यालयले स्थापना कालदेखि अहिलेसम्म ग्वादीकासाथै यसका छिमेकी वडाहरुका बाल बालिकाहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुराउँदै आएको छ ।

यस विद्यालयबाट उत्पादित विद्यार्थीहरु विभिन्न क्षेत्रमा महत्वपूर्ण पदमा पुगेका छन् । यो विद्यालय यस क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको छ । यस विद्यालयलाई स्तरोन्नति गरी १२ कक्षासम्म संचालान गर्ने प्रयास नभएका पनि होइनन् । तर भौतिक आर्थिक समस्या, वसाइ सराइ र घट्दो विद्यार्थी संख्यालगायतका कारणहरुले लक्ष्यमा पुग्न सकिएको छैन । यस विद्यालय कक्षा नर्सरी देखि ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अंग्रेजी माध्यमलाई क्रमशः १० कक्षासम्म पुराउने लक्ष्य रहेको छ । यस विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि स्थापनाकाल देखि नै विभिन्न सरकारी गैर सरकारी तथा व्यक्तिगत रुपमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छन् । वर्तमानमा यो विद्यालय रहेको स्थानको करिव १५ रोपनी जग्गा ग्वादी निवासी शाही परिवारबाट निःशुल्क उपलब्ध गराउनुभएको थियो । पछि केही जग्गा विद्यालयले विभिन्न व्यक्तिबाट किनी खेल मैदान विस्तार गरेको छ ।

यस विद्यालयको शैक्षिक विकासमा विभिन्न क्षेत्रबाट पुराएको योगदान अतुलनीय रहेको छ । यस विद्यालयका सस्थापक प्रअ स्व. पदमबहादुर मल्लका छोरा बुहारी रविन्द्र मल्ल तथा राजु मल्लले यस विद्यालयको स्वर्ण जयन्ति मञ्च निर्माण गरिदिनु भयो । साथै यस विद्यालयबाट उत्कृष्ट अंक ल्याई एसएलसी (एसइइ) पास गर्ने छात्रछात्रालाई नगद पुरस्कार साथै यस विद्यालयमा भर्ना हुने सम्पूर्ण छात्रालाई प्रत्येक वर्ष निःशुल्क कापी कलम वितरण गर्ने लगायतका सहयोग भइरहेको छ ।

यस विद्यालयका पूर्व छात्र तथा नेपाल सरकारका पूर्व सचिव प्रेमनिधि ज्ञवाली, तिर्थराज ज्ञवाली, दिपक वराल मनिषा वराल क्षेत्री, सञ्जिपनी अर्याल, नारायण ज्ञवालीजस्ताहरुले पनि व्यक्तिगत रुपमा छात्रवृत्ति कम्प्युटर, सेतोपाटी, नगदलगायतका सहयोग गर्नुभएको छ । कम्प्युटर शिक्षा आजको आवश्यकता भन्ने नाराकासाथ कक्षा ६ देखि कम्प्युटर विषयको पठनपाठन भएयता विद्यार्थीलाई प्रयोगात्मक कार्यक्रम, विद्यार्थी संख्याको तुलनामा कम्प्युटरको संख्या निकै न्युन रहेको अवस्थामा यस विद्यालयका पूर्व विद्यार्थी ग्वादी विकास समाज काठमाडौँका अध्यक्ष कपिल शर्मा ज्ञवालीको योगदान निकै महत्वपूर्ण रहेको छ । उहाँले एकैपटकमा सातवटा कम्प्युटर एउटा प्रोजेक्टर र कम्प्युटर नेटवर्किङ्गका सामान यस विद्यालयलाई उपल्ब्ध गराई ठूलो गुन लगाउनुभएको थियो । साविकको ग्वादी गाविस वर्तमान रुरु क्षेत्र गाउँपालिका वडा नं २ ग्वादीवाट काठमाडौँमा गई स्थायी वा अस्थायी रुपमा वस्नुहुने ग्वादेलीहरुको संस्था ग्वादी विकास समाज काठमाडौँले यस विद्यालयकासाथै समग्र ग्वादीकै शैक्षिक विकासमा गरेको सहयोग उल्लेखनीय छ ।

बिशेष गरी गरिव तथा विपन्न विद्यार्थीहरु आर्थिक समस्याकैकारण विद्यालय शिक्षा पुरा नगर्दै पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले विपन्न विद्यार्थी छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । ग्वादी माविकासाथै ग्वादीमा रहेका सम्पूर्ण विद्यालयहरुमा कम्प्युटर शिक्षा सुरु गर्नुपर्छ भन्ने भावनाले माविका दुईजना र अन्य विद्यालयका ११ जना शिक्षकलाई निःशुल्क कम्प्युटर तालिम उपलब्ध गराई सबै विद्यालयलाई कम्तिमा १/१ वटा कम्प्युटरसमेत निःशुल्क उपलब्ध गराइ विद्यालयलाई प्रविधिसंग जोड्न सहयोग पुराएको छ । ग्वादी माविलाई भने चारवटा कम्प्युटर उपलब्ध गराएको थियो । यो समाजले गरेका अन्य कार्यमा विद्यालयको भौतिक विकासको लागि पहल गर्ने गरेको छ । विद्यालयको आग्रहअनुसार ग्वादीका सम्पूर्ण विद्यार्थी तथा ग्वादीवासीहरुको निःशुल्क आखाँ तथा सुगर परीक्षण सिविर स्थानीय अचम्भेश्वर युवा क्लवसगं मिलेर संचालन गरेको थियो । त्यस्तै विभिन्न किसिमका सन्दर्भ पुस्तकहरु समेत उपलब्ध गराउने गरेको छ । यी लगायत यहाँको शैक्षिक विकासमा यो समाजले विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको छ । विद्यालयका गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरी त्यसको व्याजबाट प्रत्येक वर्ष छात्रवृत्ति वितरण गरिदै आएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुराउदै आएको छ ।

यति हुँदाहँुदै पनि विद्यालयमा थुप्रै आवश्यकता र समस्याहरु रहेका छन् । विज्ञान र प्रविधिको विकास सँगसँगै विद्यालय शिक्षालाई स्रोत र साधनको अभावले संचालना गर्न सकिएको छैन । प्रत्येक कक्षामा कम्तिमा १/१ वटा ल्यापटप, १/१ वटा प्रोजेक्टर, इन्टीग्रेट ह्वाइट वोर्ड, स्मार्ट वोर्ड, वत्ति नभएको समयको लागि इन्भरटर लगायतका सामाग्रीहरु आवश्यक देखिएका छन् । सिकाइलाई अझ प्रभावकारी हुने र सिकाइ उपलब्धी बन्ने कुरामा कुनै दुइमत हुन सक्दैन ।
यसैगरि आधुनिक प्रकारको र पूर्ण सामाग्री सहितको विज्ञान प्रयोगशाला नहुँदा पनि विज्ञान विषयको शिक्षण प्रभावकारी हुन सकिरहेको छैन । त्यसैगरी भौतिक क्षेत्रमा गत आर्थिक वर्षमा पुनर्निर्माण प्राधिकरणको दुई कोठा र ५ न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्मित चारकोठे भवनबाट कक्षाकोठाको समस्या समाधान भए पनि बालमैत्री शौचालय, पिउने पानीको व्यवस्था तत्काल नगरी नहुने अवस्थामा रहेको छ । खेल मैदान विस्तार विद्यालयको कम्पाउन्ड तारवार, कार्यालयको भौतिक व्यवस्था, पुस्तकालयको थप सुधार तथा सन्दर्भ सामग्रीको व्यवस्था आदिलगायतका व्यवस्था मिलाउनमा सबैको सहयोगको अपेक्षा गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%