© २०२३
‘तिमी कसरी बाच्छौं भन्दा तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ –गौतम बुद्ध
जीवन र मृत्युबारेमा कसैले गरेको व्याख्या पुर्ण हुँदैन तर केही यस्ता पात्र हुन्छन्, जस्को बारे मनले लेख्न मान्दैन, तर औलाहरु दौडिरहन्छन् किबोर्डसँग भावनाका तरंगहरु बोकेर ।
जीवन छोटो छ । मृत्यु अवश्यम्भावी छ । हामी न जीवनबाट बच्न सक्छौं न मृत्युबाट भाग्न सक्छौं । अझ दृष्टान्तहरुले भन्छन्, असल मान्छेहरुको आयू छोटो हुन्छ । उसो त हामी कति पो बाचेका छौं र ! अर्बाैको आयू भएको पृथ्वीमाथी सताब्दीसम्म पनि शक्तिशाली भएर बाच्न नसक्ने मान्छेले पृथ्वीनै कब्जा गरिरहेको छ । हामी धेरै बर्ष जीवनको परिभाषा बुझ्दैनौं, हाम्रो लागी संसार आफ्नो परिवार जस्तै लाग्छ । जतिबेला अलिकति जीवनको परिभाषाहरु बुझ्न सुरु गर्छौं त्यतिबेला ढिला भैसकेको हुन्छ हामीलाई पूँजीवादको संस्कारले यतिसम्म मेसिनेवल बनाईसकेको छ की हामी पैसाको पछी लाग्दालाग्दै सारा जीवनको अन्तस्कंरणसम्म पनि आफ्नो जीवन पत्ता लगाउन सक्दैनौं ।
प्रिय कृष्ण तिमीले जीवन कति बुझ्यौं त्या सँगै बसेर समिक्षा गर्न पाएनौं तर तिम्ले अभिव्यत्त गर्ने शब्दभन्दा तिम्ले व्यतित गरेको जीवनले यी कुराहरु प्रष्ट पार्यो । तिम्ले जीवनको ३० वटा बसन्तहरु हराभरा बनाएर वितायौं । हुन त मोतिराम भट्ट पनि ३० बर्ष बाचे । भैरव अर्यालले ४३ बर्षमै संसारबाट विदा भए । ३९ बर्षमा विश्वविख्यात बनेका स्वामी विवेकनन्दको निधन होस् वा ४२ बर्षमा दुर्घटनाबाट निधन भएका वरिष्ट राजनीतिज्ञ मदन भण्डारी हुन सबैले अल्पायूमै जीवन त्यागे । तर उनीहरु कहिल्यै मरेनन्, मर्नेछैनन् । किनकी उनीहरुले बाचेको जीवन नै उनीहरुको लागी काफि थियो । एउटा जीवनभरमा मान्छेले यो समाजलाई के दियो ? भन्ने प्रश्नले उ मर्यो वा अमर भयो भन्ने अर्थ लाग्छ । उनीहरुले जस्तै आफ्नो स्तरमा तिम्ले यो समाजलाई एउटा परिभाषा दिएर गएका छौं । त्यसैले पनि जीवन कति लामो भयो भन्ने प्रश्न फिका हुन्छ जब बाचिएको जीवन नै कसैको लागी मार्गदर्शन बनिसकेको हुन्छ ।
२०४६ साल जेष्ठ २६ गते आमा राधा पाण्डेय र बुवा रुकमणी पाण्डेयका सुपुत्रको रुपमा साविक बिर्घा कसारे हाल कालिगण्डकी गाउँपालिका ४, विर्घामा जन्मेका कृष्णप्रसाद पाण्डेय सबैका प्रिय थिए । हसिला, रसिला र जोशिला कृष्ण सबैको प्यारो भएकै कारण उनको नाममा बाबु थपियो । कृष्णलाई सांगितक र पत्रकारिताका क्षेत्रमा जोकोहीले पनि उनलाई कृष्ण बाबुको नामबाट चिन्छन् । सानैदेखी निकै चम्किलो ताराजस्ता सुन्दर रुपका मान्छे भएकै कारणले पनि होला उनको शोख फिल्म र सांगितक क्षेत्रमा थियो । २०६१ सालमा विर्घाकै जनता माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनी त्यसलगत्तै जीवनको अन्तिम समयसम्म पनि बुटवललाई कार्यक्षेत्र बनाएर बसे । उनले आफ्नो नामको पछाडी पहिचान जोड्न जुन मेहनतका साथ पसिना बगाए त्यो सबै बुटवलमै बगाए । एसएलसी लगत्तै उनले बुटवलमा रहेको लिड्स कलेजबाट सिएमए (१८ महिने) अध्ययन गरे । मेडिकल क्षेत्रमा समेत ज्ञान हासिल गरेका उनले सानैदेखी आफ्नो कामलाई पनि अगाडी बढाए । बुटवलको युजन फार्मेसी, बुटवल हस्पिटल प्रा.लि. लगायतमा काम समेत गरे । उनले सेवाप्रदायक कम्पनी एनसेल सेन्टरमा समेत झण्डै १ बर्षसम्म काम गरेका थिए । उनलाई मनमा फिल्मी क्षेत्रको हुटहुटी त थियो नै त्यसमाथी सामाजिक सेवामा पनि उनको चासो थियो । उनले मेडिकल क्षेत्रमा काम गर्दागर्दै आवाजसँग खेल्न सुरु गरे । बुटवल कमै मिडिया छन् जहाँ कृष्णको आवाज नबजेका हुन् । बुटवल एफ.एम, रेडियो रिपब्लीक, नमस्ते एफएम, छिमेकी रेडियो, खस्यौली एफएम, बुद्ध टिभी लगायत धेरै मिडियामा उनका आवाजहरु गुन्जन्थे कहीँ साथीसँग मनका कुरा गुन्जिए कहि गित र संगीतका कुरा । विहान झिसमिसेमै समाचार घन्काउने कृष्णको स्वरले कतै गोधुलीमा लोकभाका घन्काउथे कहिले छिप्पिदो रातमा प्रेमपत्रका कथाहरु । कहिलेँ उनी निकै भावुक भए, कहिले उत्साही र रोमान्चक । उनलाई चिन्नेहरुले कृष्णको खास रुप चिन्दथे, देख्नेहरुले उनको हसिलो मुहारमात्रै । हसिँलो मुहारभित्रका उनका पीडाहरु जोकोहीले चिन्दैनन्, कृष्णमा त्यो विलक्षण प्रतिभा नै थियोँ, उनी जति पीडामा पनि मुस्कुराएर जित्ने स्वभावका थिए । मनभित्रका भित्री मर्म भित्री मान्छेहरुलाई मात्रै सुनाउँथे उनी त्योपनि धेरै केलाएर । बुटवलमा रहेर कर्मदिने उनकी आन्टि दुर्गा पाण्डे भन्छिन्, ‘ समाजसेवामै रुचि राख्ने उसलाई मेडिकल क्षेत्रमा प्रवेश गराए तर उसको शोख नै पत्रकारिता र संगीत थियो अन्तमा समाजमा पत्रकारिता र सांगितक क्षेत्रबाटै आफ्नो पहिचान बनायो ।’ उनी सम्झिन्छिन्, ‘पहिलो गित रेकर्ड गर्न बुटवलबाट नसुनाई वालिङ्ग पुगेको थियो ।’
उनी अन्तरमुखी स्वभावका बहुमुखी प्रतिभाका व्यक्ति हुन् । उनले धेरै साथी कमाए, साथीका लागी आफ्नो क्षमता र ल्याकतले भेटेसम्म सहयोग गरे । उनका विरलै साथी होलान जस्ले उनीसँग सहयोग नलिएको होस् । उनी साथीको लागी हरसम्भव सहयोग गर्ने भावनाका मान्छे थिए । उनलाई नजिकबाट नियालेका पत्रकार हरिश ढकाल भन्छन्, ‘उनी सिर्जनात्मक र सक्रिय मान्छे थिए, साथिको लागि ज्यानले सकेको गर्ने उनि निकै जुझारु र उदाउदा नक्षत्र थिए, पत्रकारिता र सांगितिक क्षेत्रमा यतिछिटो छलाङ्ग मारेका हुन्, ।’ साथिले भनेपछी कुनै सहयोग होस् या साथ उनले कहिल्यै नाई र गर्दिन भनेनन्, कतिपय अवस्थामा आफैं देखिएर समेत ठूला अप्ठ्याराहरु सामना गराईदिएका छन् उनले । उनी पत्रिकारितासँगै फिल्मी पर्दामा पनि उत्तिकै सक्रिय मान्छे थिए । बुटवलबाट लामो समयदेखी फिल्म निर्देशन गर्दै आएका मनिष पन्तसँगको सँगतमा आएपछि उनी फिल्ममा आफ्नो करियर बनाउने सपना देखेका थिए । पन्त सम्झन्छन्, ‘जिन्दगानी दर्पण छायाँ फिल्मको काम गर्दागर्दै उनी नियमित छायांकनमा आउने गर्दथे पछि डिभोर्स र उर्वशी फिल्ममा भूमिका नै निर्वाहा गरेर फिल्म खेले । जब टेलिभिजन पत्रकारितामा बढि सक्रिय हुनथाले उनको व्यस्तताले गर्दा उनी फिल्म क्षेत्रमा भने प्रत्यक्ष भूमिकामा देखा परेनन् । पन्तका अनुसार उनी गित, संगीतमा सक्रिय भए, दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कलाकारिता प्रस्तुत गरेपछि उनी उचाई चुलिँदै गयो । सामाजिक क्षेत्रमा सेवा गर्ने भावनाले उनलाई पत्रकारिताको भोक झनझन् बढिरहेको थियो । एकातिर सांगितक यात्रा अर्काेतिर सामाजिक भावना उनी दुवैतिर सन्तुलित भूमिकामा देखिन थाले । जब अलि बढि सक्रियता पत्रकारिता क्षेत्रमा हुन थाल्यो त्यतिबेला सांगितिक क्षेत्रमा कम समय दिन थालेका थिए । तद्यापी उनको विशिष्ट क्षमताकै कारण हरेक तीज, दशै लगायत विशेष समयमा नयाँ नयाँ सामयिक गितहरु, हरेक सामाजिक परिवेशलाई मिल्ने सांगितक कर्महरु भने गर्न छोडेनन् । उनी दिवंगत भैरहँदा उनका आधा दर्जनबढी गितहरु स्टुडियोमा एक्लै गुन्गुनाईरहेका छन् ।
प्रिय कृष्ण, घरीघरी यस्तो लाग्दछ कि स्टिभ जब्सले कतै भनेका छन्, ‘म छिटै मर्दैछु भन्ने बोधले मलाई जीवनमा ठुलाठुला निर्णय लिन मदत गरेको छ ।’ यस्तै ग¥यौ तिमीले ३ दशकको उमेरमा के चाँही गरेनौं । सामाजिक जीवन वितायौं, कतिका जीवन उद्दार ग¥यौ, कतिलाई नयाँ जीवन दियौं, धेरैको जीवन बचायौ, सडकमा दुर्घटना भएका धेरैलाई उद्दार गरेर हस्पिटल पुर्याएका छौं, तर विडम्बना तिमी सडकमै आफ्नो ज्यान गुमायौ ।
पारिवारिक जिम्मेवारी होस् या सामाजिक तिमी धेरै हदसम्म व्यवस्थित थियौं । एउटा मान्छेले आफ्नो जीवनकालसम्म गर्नै पर्ने खास कामहरु तिमीले यति छोटो समयमै गरेका थियौं कि तिम्ले भोलीको लागी गर्न बाकीँ केही राखेनौं । पैसा, पद, प्रतिष्ठा र पावर तिमीले आफ्नो जीवनको लक्ष्य यतिमात्रै देखेनौं, तिमी समाजमा भएको विभेद, अन्याय र अन्त्याचार विरुद्ध पनि बोलिरह्यौं । तिमीले बाच्दासम्म न जीवनलाई निकै प्रेम गर्यौ तिमीसँगका धेरै किस्साहरु छन् जो शब्दमा चित्रित गरेर सम्भव छैन्, । नर्मन कोउसिंसले भनेका छन्, ’मृत्यु भनेको नराम्रो होईन, नराम्रो त त्यो हो, जब हामी बाँँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं ।’ तिमिले आफ्नो मनलाई कहिल्यै मारेनौं, सधै सम्मानपूर्वक बाच्न दियौं मनलाई र त आज दुनियाँको मनमा राज गरेका छौं ।
कृष्ण, जब तिम्रो घटना भएको खबर पाए, त्यसपछि तिम्लाई सम्झे, तिम्रो उज्यालो मुहार र खुला हृदय सम्झेर भक्कानिए, त्यो भन्दा धेरै मैले तिम्रो फूलजस्ती श्रीमती, हुर्कदै गरेको मुना र तिम्रो सुन्दर परिवार सम्झिरहे । धेरै हदसम्म भगवान नपुकार्ने मलाई कताकता भगवानसँग भेटेर सोध्न मन लागेको थियो, उसलाई ल्याउनुपहिले त्यो कोमल मुहार हेरेनौं, कि देखेनौं त्यो मुना जस्ले बाबा भन्नको लागी धर्तीमा अवतरण गर्न हतारिईरहेको छ । असारको मध्यरात झमझम आकाश रोईरहेको समय । कालो निष्पट अध्यारो, विजुली चम्किरहेको थियो तिमी अस्ताईसकेका रहेछौं । मध्यरातमा खबर पाएपछि तिम्रो उज्यालो मुहार निदाएको दृश्य हेर्न मनले मान्दै मानेन, कयौं कहरहरु छलेर पनि तिम्रो मुहार सुम्सुम्याउन आउन मन लाग्यो ।
तिमिसगको दशकदेखी चिनजान, ६ बर्ष देखिको सहयात्राका पलहरु नयनभरी बयेलि खेलिरहे । डेढ बर्ष अगाडी तिम्रो विहेमा नाच्दै गएको बाटोमा अहिले म रुँदै गएको थिए । अगाडी बैनी थिई जो होस विहिन थिई, रङ्ग उडेपछि ओलाएको गुलाब जस्तै खाली शून्य शरिर बोकेर जाँदै थिई, तिमी काठको बाकसभित्र थियौं, मस्त चिरनिद्रामा म पछिपछि थिए तिम्रा सँगतदेखीका दिनहरू र अबको तिमिबिना तिम्रो अभाव खड्कन नदिने दिनहरु सम्झदैं थिए । तिम्ले मृत्युलाई सधै सामान्य मानेउ, जुन बाटोमा तिमी र म काधमा हात हालेर हास्दै ओलारो लागेका थियौं तिम्रो घरबाट, त्यही बाटोमा तिमीलाई म काधँमा हालेर ओरालो लागेको थिए रुँदै । ……
प्रिय कृष्ण बाबू,
तिमी कालीगण्डकीको किनारमा लमतम्न सुतेका थियौ, म तिम्रो छेउबाट कतै हाम्रा ती दिनहरूमा हराईरहेको थिए, त्यो कालिगण्डकीको किनारमा सुस्साईरहेको कालिले तिम्रो लाली जोवन खरानीमा उडाउँदै थियो । भावोद्देलित भएर कालिगण्डकीसँगै आखाँका नुनीला पानीहरु वगिरहेका थिए निरन्तर । आँखा अगाडीबाटै बिलिन भएपनी एकातिर म तिम्लाई बिर्सन सक्थिन, अर्कोतिर बैनी, आमा र तिम्रो परिवार ।
म भावोद्देलित भएर कालिगण्डकीसँगै आखाँका नुनीला पानीहरु वगिरहेका थिए निरन्तर ।
तिमीले साईकल चलाएर घटाउन खोजेको तिम्रो पेट जलेर सकियो, जीवनभर माया गरेर राखेको ‘आमा’ लेखेको ट्याटु क्षणभरमै आगोमा हरायो । तिम्रो डोलाएका हात, भरीला पाउँ, चिल्लो गाला, चम्कीलो अनुहार आखाँभरी नाचिरह्यो अन्तिममा जान्छु है भनेको आवाज आएजस्तै भयो म झसँग भए तिमी सकिएका रहेछौं । म तिम्रो चिताको अगाडी धेरैबेर घोप्टिए, तिमी अब रहेनौं । तिमीलाई बोकेर गएकाहरु तिमीलाई छोडेर फर्के, म भने तिमलाई मनभरी बोकेर फर्किए, घर आए, आमाको अनुहारमा तिम्लाई देखे, नानीको अनुहारमा तिम्लाई देखे, नानीको पेटमा तिम्लाई देखे, हजुरबुवा, हजुरआमा, भाई र बहिनीहरुमा तिम्लाई देखे । तिमी त मरेकै रहेनछौं कृष्ण तिमी त साझा बनेका रहेछौं, हामी सबैका ।
कृष्ण तिमी मरेका होईनौं रुपान्तरण भएका हौं, जीवनबाट । एल्ज्यान्ड्रोले एउटा पुस्तकमा उल्लेख गरेका छन्, ‘जीवन र मृत्यु भ्रम मात्रै हो । हामी सबै रुपान्तरणको प्रक्रियामा छौं ।’ त्यसैले कृष्ण तिमी जीवनबाट रुपान्तरण भएका हौं, तिमी कहिल्यै मर्नेछैनौं किनकी मृत्युको उत्कर्ष नै जीवन हो । तिम्रो जीवन सार्थक भयो, तिमी अमर भएर गयौं, तिम्रो मृत्यु पनि सार्थक बनोस्ति, तिम्रो मृतआत्माले शान्ति पाओस । तिमीले देखेका र देख्न बाकीँ केही सपनाहरु छन्, जुन पूरा गर्ने जिम्मेवारी आईपुगेको छ, तिम्रो शोकलाई तिम्रै शक्तिमा रुपान्तरण गर्दै तिम्रो घर, परिवार र समाजमा तिम्रो अभाव हुन नदिने प्रतिबद्धतासहित अलविदा कृष्ण बाबु । हार्दिक श्रद्धान्जली । (लेखक डुम्रे न्युज२४ टेलिभिजनकोलागि रुपन्देहीका रिपोर्टर हुन )