ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

जितगढी विजयउत्सव : गढी इतिहासलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धि

७ बैशाख २०८०, बिहीबार
७ बैशाख २०८०, बिहीबार

बुटवल, ७ बैशाख ।

बिहीबार बुटवलमा जितगढी विजय उत्सव मनाइएको छ । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा अंग्रेज सेनालाई हराएको दिनलाई बिशेष दिवसको रुपमा मनाइएको हो । लामो अध्ययन अनुसन्धान र ईतिहास केलाएर बैशाख ७ गतेलाई विजय दिवस ठम्याएर मनाउने प्रचलन पछिल्लो चारवर्षदेखि सुरु भएको हो । स्थानीय सरकारको अगुवाईमा नेपाली सेनाको सहयोगमा इतिहास खोज्ने र संरक्षणको काम थालेको बुटवल संरक्षण, सम्बद्र्धन समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौल बताउँछन् । सन् १८१४ अर्थात विक्रम सम्वत् १८७२ मा नेपाल र अंग्रेज सेनाबीच युद्ध भएको जीतगढी किल्लालाई संरक्षण र विकासले नयाँ स्वरुपमा आएको छ ।

कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै सामरिक महत्वको जितगढी किल्लाको विकासमा सरकार लागेको बताए । रुपन्देही सांस्कृतिक, आर्थिक र पर्यटकीय केन्द्र बनाउने सम्भावना रहेको भन्दै यसका लागि अझै धेरै काम गर्न बाकी रहेको उनले बताए । स्थानीय, प्रदेश र संघीय सरकार यो काममा अघि बढेको भएपनि धेरै काम गर्न बाँकी रहेको उनले बताए । जैविक र पर्यटकीय विविधतालाई जोडेर दीर्घकालिन सोचका साथ लाग्नुपर्ने उनको सुझाव छ । नुवाकोटको विकासमा नेपाली सेनाको चाहना धेरै सकारात्मक भएको भन्दै थप योजनाका साथ बढ्नुपर्ने बताए ।

केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको इतिहास रहेको ईतिहासकार निर्मल श्रेष्ठ बताउँछन् । चार ठाउँबाट. आक्रमण थालेका अंग्रेजहरुलाई दुई पटक पराजित गर्दै विजय हासिल गरेको स्थल भएकाले पनि यसको महत्व रहेको उनले दाबी गरे । ‘हामीले पुस १५ र बैशाख ७ गते दुई पटक जित हासिल गरेको ईतिहास छ’–उनले भने । यो राष्ट्रिय पर्वका रुपमा मनाउने गरी लैजानुपर्ने उनको सुझाव छ ।

गौरवमय गाथाहरुलाई अन्तर्राष्ट्रियकरण गराउने र युवाहरुमाझ परिचित बनाउन जरुरी रहेको उनले बताए । एकदिनमात्र नभई यसको प्रचारप्रसारमा निरन्तर लाग्नुपर्ने उनको सुझाव छ । अंग्रेज फौजलाई हराउन नेतृत्व गरेका कर्णेल थापाको पूर्णकदको शालिकमा माल्यार्पण तथा सलामी समेत दिईएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दिवसलाई केवल दिवसमात्र नभई वृहत गुरुयोजना बनाएर अघि बढाएको बताए । विजय उत्सवको रुपमा प्रत्येक वर्ष जितगढीमा मनाउने घोषणा गरिएको उनले बताए । जीतगढी संग्रहालयको निर्माण तथा जीतगढीलाई युद्ध संग्रहालयका रुपमा विकास गरिन लागेको उनले बताए । कार्यक्रममा श्री नं. २२ बाहिनी अड्डाका सहायक रथी ललित बहादुर कुंवरले चैत २८ गते गोर्खाबाट शुरु भएको यात्रामा सहभागी नेपाली सेना तनहुँ, स्याङ्जा हुँदै दैनिक ४० किलोमिटर पैदल हिडेर बैशाख ७ गते बुटवल आएको बताए । राष्ट्रिय एकताको सन्देश दिने गरी कार्यक्रम गरिएको उनको दाबी छ । पाल्पाको नुवाकोट गढीबाट झरेको टोलीलाई बुटवलको जनविनायक मन्दिरमा भब्य झाँकीसहित स्वागत गरिएको थियो । एकीकरण समयमा प्रयोग भएको बाटोको पहिचान गर्ने यसलाई पर्यटनमा जोड्ने गरी कार्यक्रम गरिएको उनले बताए । एकीकरण यात्रुले ३ सय ७० किलोमिटर दुरी पार गरेका छन् ।

नेपालका धेरै गढीहरुलाई जोडेर पर्यटनमार्ग विकास गर्न सकिने र अन्तर्राष्ट्रिय पर्यटन विकासमा जोड्न मिल्ने उनको दाबी छ । पछिल्लोपटक बुटवलको जितगढीदेखि पाल्पाको माथागढीसम्मको पैदल मार्ग बिकास गरी पर्यटन प्रवद्र्घनको अभियान चलाउन सकिने सम्भावना देखिएको उनले बताए । माथागढी करीब २ सय १० वर्ष पुरानो सैन्य गढी मानिन्छ ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल पृतना बुटवलका उपरथी याम प्रसाद ढकालले ईतिहासको साक्षी छ भन्दै नेपालको वर्तमान नक्साको ईतिहास अहिलेको जो छ त्यो गढी किल्लाको कारण रहेको बताए । जितगढी किल्लाको संरक्षण र वार्षिक रुपमा मनाइने उत्सवले साहसिक पर्यटन प्रवद्र्धन गर्न, देशको इतिहास बचाउन र नयाँ पुस्तालाई पुर्खाको योगदान स्मरण गराउन सघाउने बताए ।

सैनिक र नागरिकको बीचमा सम्बन्ध बढाउने र भविष्य अझ बृहत रुपमा लगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उनले बताए । नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लाको महत्व छ । वि.सं. १८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । सोही दिनको स्मरणमा विजयी दिवस मनाईदै आएको छ । बुटवल उप–महानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जसको गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् ।

जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण कार्य चलिरहेको छ । पाल्पाको भगवती जात्रा र बुटवलको जितगढी उत्सवको महत्वलाई प्रकाश पार्ने गरी वृहत कार्यक्रम हुँदै आएको छ । जितगढी छेउँमै युद्ध लडेका अन्य १३ सेनाको अर्धकदको शालिक छ । यसैगरी २० मिटर अग्लो टावर बनाएर राष्ट्रिय झण्डा फहराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?