ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

हर्न बजाउँदा ९१ सवारी कारबाहीमा

१९ मंसिर २०७५, बुधबार
१९ मंसिर २०७५, बुधबार

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले हर्न बजाउने सवारीलाई कारबाही सुरु गरेको छ । शनिबार देखि सुरु गरेको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने सवारी साधनहरूलाई कारबाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आईतबारदेखि हर्न बजाउने ९१ सवारीका साधनहरूलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिएका छन् । हर्न निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने सवारीहरू आईतबार ४५ वटा र सोमबार ४६ वटा कारबाहीमा परेको उनले बताए ।
कारबाही परेका मध्ये आईतबार १२ सवारीका साधनलाई पाँच सय रूपैयाँका दरले जरिवाना काट्दा ६ हजार र सोमबार २० वटा सवारीलाई जरिवाना काट्दा १० हजार गरि जम्मा सोह्र हजार राजश्व संकलन गरिएको प्रहरी नायब उपरीक्षक महराले बताए । ति बाहेक अन्य केही सवारीका साधनहरूको कागजात जफत गरिएको छ । कारबाही पर्नेमा सबै भन्दा धेरै मोटरसाईकल रहेको महराले जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै तुलसीपुर उप महानगरपालिका वडा नं.५ ले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । तर कार्यान्वयनका लागि वडा कार्यालय, उप महानगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय सबै मौन रहे ।

तर एक वर्ष पहिलेको निर्णयलाई अहिले उपमहानगरपालिका, प्रदेश प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।
हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २० जना र ईलाका प्रहरी कार्यालय तुलसीपुरले ७ जना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका १० जना गरि ३७ जनालाई खटाईएको छ । साथै अहिले बाहिरबाट आएका सवारीका सधनहरूलाई जानकारी दिन प्लेकार्ड बोकेर ट्राफिक प्रहरीहरूलाई सडक–सडकमा खटाईएको छ । पैदल यात्रुहरूलाई छेउबाट हिडाउनका लागि बिरेन्द्र चोकमा ट्राफिक कोणहरू राखेर डोरी बाधिएको छ ।
बीरेन्द्र चोकमा बढि भीडभाड हुने भएकोले डोरी बाँधिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महरा बताउँछन् । “सवारी चालक तथा पैदल यात्रुहरूको सडक प्रयोगमा तालमेल नमिल्दा प्रेसर हर्न बजाउनुपर्ने हुन्छ” महराले भने । अहिले पैदल यात्रु तथा सवारी चालकहरूलाई सचेतनामुलक प्ले कार्डहरू समेत वितरण गरीरहेको उनको भनाई छ ।

तीन दिनको अवधिमा ९० प्रतिशत हर्न कम भएको महराले बताए । अहिले सर्वसाधारण नागरीकहरूलाई वाटो काट्न तथा सवारीका साधनहरू चलाउन अप्ठेरो भैरहेको उनीहरू बताउछन् ।
“पहिला पहिला केही थिएन अहिले चौकमा वाटो काट्दा जेव्रा क्रसीङवाट काट्नुपर्छ तुलसीपुरका स्थानीयवासी नारायण बस्नेतले” भने । त्यस्तै सवारीका साधन चलाउनेलाई पनि कम्ती गाह्रो छैन । “वाटोमा हिड्दै गर्दा कस्ताकस्ता मान्छेहरूको सामना गर्नुपर्छ त्यस्तो समयमा पनि हर्न नवजाउनु कस्तो समस्या” सवारी चालक रामवहादुर चौधरीले भने । बजार क्षेत्र भित्र हर्न निशेधित गर्नु राम्रो काम होला तर सानो हर्न पनि नवजाउदा हुनसक्ने हुर्घटनाको जिम्वेवारी कसले लिने यो प्रश्नको उत्तर खोज्नु जरुरी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?