© २०२३
बुटवल, २६ चैत ।
वरिष्ठ पत्रकार माधव नेपाल लुम्बिनी विकास कोषको प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त भएका छन् । कोषको कार्यकारिणी बैठकले नेपाललाई प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त गरेको हो ।
तीन दशकदेखि रूपन्देहीको पत्रकारितामा सक्रिय नेपाल लामो समयदेखि बुटवल एफएमको कार्यकारी प्रमुख छन् भने विबिसी नेपाली सेवामा समेत आवद्ध छन् । उनी प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका महासचिव समेत हुन् ।
वरिष्ठ पत्रकार नेपाललाई मंगलबार प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुटवल टुडेलाई जानकारी दिए ।