© २०२३
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले अवको शिक्षा सबैलाई समेट्नुपर्ने हुनुपर्ने बताएका छन् । उनले शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै अवको शिक्षाले सबैलाई समेट्नुपर्नेमा जोड दिएका हुन ।
तिलोत्तमा नगरपालिका १४ मा रहेको नमस्ते एकेडमीको खेलखुद महोत्सवको शनिबार सुभारम्भ गर्दै मन्त्री बरालले शिक्षामा पछिल्लो क्षेत्रमा फड्को मार्दै जानु आफैमा गौरवको विषय भएको भन्दै उनले नयाँ बहसको थालनी भएको बताए ।
उनले हुनेखानेहरूबाट केही निश्चित प्रतिशत आर्थिक लिएर हुँदाखानेहरूको शिक्षामा लगानी गर्नको लागि समेत आग्रह गरे । उनले भने–‘हुँनेखानेहरूको हिस्साबाट केही हिस्सा लिएर हुँदा खाने (गरिब) बर्गहरूको शिक्षामा लगानी गर्नु आवश्यक रहेको छ । ’ जसले मात्रै नेपालमा समाज शिक्षाको अवधारणलाई थप टेवा पु¥याउने छ ।
तल्लो तहको व्याक्तिहरूले पनि माथिल्लो तहका व्याक्तिहरूले जस्तै शिक्षा पाउनुपर्ने अधिकार रहेको भन्दै उनले सोही प्रकृतिको शिक्षा प्रदान गर्नको लागि अहिलेको सरकार लागिपरेको बताए । शिक्षा सबैको अधिकार भएको भन्दै मन्त्री बरालले जुन अभियानलाई सार्थक बनाउनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका हुन ।
एकेडमीका प्राध्यानाध्यापक डा. स्यायुमल स्यापथले रूपन्देहीको शिक्षामा नयाँ प्रकृतिको थालनी गर्न आफुहरू सक्षम भएको बताएका थिए । एकेडमीक डाईरेक्टर राजेन्द्र कुँवरले हाल करिव ३ सय बढि विद्यार्थीहरूले अध्ययन गर्दै आएको जानकारी दिए । à