© २०२३
पुन्यलाभको लागि कुनै मन्दिरमा दर्शनपछि भेटी चढाउनुभएको छ ? त्यो कहा“ जान्छ, धेरैलाई चासो छैन । तर, धार्मिक पर्यटकीय स्थल सुपा देउराली मन्दिरमा चढाएको भक्तजनको भेटीले यहा“का दुई स्कुल सञ्चालन छन् । गाउ“मा थुप्रै विकास निर्माणका काम भैरहेका छन ।
धार्मिक आस्थाको गन्तव्य मध्ये सुपा देउराली पनि एक हो । पछिल्लो समय भारतीय धर्मालम्बी दर्शनका लागि आउनेको घु“इचो छ । स्वदेशी पनि टाढाबाटै आउ“छन । सन्धिखर्क–गोरुसिंगो सडक छेउमै भएकाले यात्रुले पनि दर्शन गरी भेटी चढाएर आफनो गन्तव्यमा लाग्छन । दुई अग्ला चुचुरोको पहाडको बीचमा अवस्थित मन्दिरमा भत्तजनले चढाएको भेटीले २५ वर्षदेखि खा“चीकोटको आर्दश मावि र सितापुरको शान्ति निमाविका दश शिक्षकलाई तलब दिन पुगेको छ । आदर्श माविका प्रध्यानापक डिल्लीराज थापाले २०५१ सालदेखि मन्दिरबाट पैसा आएपछि स्कुल सञ्चालन गर्न धेरै सहज पुगेको बताए । ‘मन्दिरको पैसा नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न संभव हुने थिएन’, उनले भने, ‘६ जना शिक्षकलाई तबल पुगेको छ ।’ १८ शिक्ष्ँक मध्ये ४ जना मात्रै स्थायी छन । शान्तिमा दस शिक्षक मध्ये भेटीको पैसाले ४ जनालाई तलब दिन पुगेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्मको स्कुल चलाउन असम्भव भएको बताए । धेरैजसो गुरुङ, मगर र दलितका छोराछोरीलाई पढन सजिलो भएको उनले बताए । भौगोलिक विकटताका बस्तीबाट स्कुलमा आउन घण्टौं समय लाग्छ । आर्दश मावि सन्धिखर्क नगरपालिका र शान्ति निमावि शीतगंगा नगरपालिकामा पर्छ ।
‘आदर्शका ६ शिक्षकको लागि एक लाख र शान्ति ४ शिक्षकको लागि ६२ हजार रूपैया“ मासिक स्कुललाई दिएका छौ’, मन्दिर सञ्चालन समितिका सचिव यादवप्रसाद घिमिरेले भने, ‘भक्तजन वर्षेनी बढिरहेका छन । भेटीको पैसा पनि बढेकाले सजिलो भएको छ ।’ वर्षमा ४० देखि ६० लाख रूपैया“सम्म पैसा जम्मा हुन्छ । शनिबार भीड धेरै हुन्छ । ‘वैशाख, जेठ, असोज कार्तिक र मंसिर महिनामा भक्तजनको घु“इचो हुन्छ’, उनले भने, ‘त्यतीबेला धेरै पैसा उठछ । वैशाख महिनाको भेटी ८ लाख पुग्यो । जेठमा पनि त्यति नै होला ।’ मन्दिरका तीन पुजारीलाई मासिक ३० हजार तबलमा खर्च हुन्छ । अरू सबै पैसा शिक्षा, विकास निर्माण र गरिब असाहयका लागि खर्च हुन्छ ।
सडक, खानेपानी, विजुली, भव निर्माण लगायका काममा खर्च भइरहेको छ । ‘सितापुरमा विजुली विस्तार गर्न अघिल्लो वर्ष ४ लाख रूपैया“, सितापुर–घुम्ती मोटरबाटो, देउराली–ख¥यान–भुवनडा“डा मोटरबाटो मर्मतको लागि ८ लाख रूपैया“ खर्च भएको समितिका अध्यक्ष पृतमबहादुर थापाले बताए । भूकम्प पीडितको लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रूपैया“ पठाए । दुवै स्कुलको भवन निर्माणको लागि ३२ लाख खर्च भएको छ । अहिले २ करोडको लगानीमा देउरालीमा धर्मशालाको भवन निर्माण भैरहेको उनले बताए । ‘मन्दिरको भेटी बेलुका दैनिक हिसाब गरेर राख्छौ’, उनले भने, ‘सबैपैसा बैंकमा जम्मा हुन्छ । त्यसपछि महिना र वर्षको हिसाब गरेर गाउ“को विकासमा लगानी गर्दै आएका छौ ।’ अर्घाखा“ची, गुल्मी र प्युठानका पायक पर्ने गाउ“बाट कपिलवस्तुको पथ्थरकोटमा नुन बोक्ने ढाक्रे आवतजावत गर्दा देउरालीमै बास बस्थे ।
पहाडको खेपीजस्तोमा देउता भेटिएपछि २०४२ सालदेखि त्यही पुजा गरिएको थियो । नर्तनाञ्चल पहाडको बीचबाट सदरमुकाम जोडन पूर्वपश्चिम राजमार्गको गोरुसिंगे–सन्धिखर्क सडक निर्माण भएपछि पुजागर्ने ठाउ“लाई तलबाट माथि बाटोको छेउमै सारियो । खा“चीकोट र नरपानीका स्थानीयले कच्ची मन्दिर बनाए । सुपादेउरालीमा जे माग्यो त्यही पुरा हुने धार्मिक विश्वास रहदै आएको छ । २०६४ सालमा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब ३ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भत्तजनको आकर्षण थप बढेपछि आम्दानी पनि तेब्बर भएको छ । अहिले धार्मिक पर्यटकीको स्थलको रूपमा चिनिएको थापाले बताए । यहा“ भारत, दाङ र तराईबाट सबैभन्दा धेरै भक्तजन आउ“छन् । भाकल गर्नेले इच्छा पुरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन ।
सुपादेउराली देखि उत्तरपट्टी नरपानीमा पर्यटकीय गन्तव्य बन्दैछ । मन्दिरमा भाकल चढाएपछि भत्तजन प्रसाद ग्रहण गर्न चिसो ठाउ“ नरपानी जान्छन । तराइबाट गर्मी छल्न नरपानीमा आएर बस्ने पनि वर्षेनी बढदै छन । यस क्षेत्रलाई पर्यटकीय संरचना बनाउन बारम्बार कुरा उठेपनि पहलकदमी कसैबाट भएको छैन । नरपानीका पर्यटन व्यवसायी पदम केसीले मन्दिरमा दैनिक तीर्थालुको संख्या वर्षेनी बढ्दो छ, आएका मध्ये २० प्रतिशतलाई नरपानीमा बास बसाल्न सक्ने हो भने पयर्टन क्षेत्र फस्टाउने बताए । त्यसका लागि पर्यटक भुल्ने संरचना चाहिन्छन, अनि बास बस्छन र रमाउ“छन्, उनले भने ।
पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले नरपानी र सुपादेउराली क्षेत्रमा पर्यटकीय संरचना बनाउन पहल भैरहेको बताए । नर्तनाञ्चल पहाडमा पदमार्ग बनाउने, मसिनालेकमा पु¥याउने र त्यहा“ पुगेपछि धेरै स्थान देख्न सकिन्छ । मन्दिरको दुवै पट्टीका पहाडमा केवलकार जडान गर्ने, बञ्जीजम्म राख्ने र विभिन्न संरचना बनाउन गृहकार्य भैरहेको र बजेट छुट्टाएर अध्ययन गरेपनि काम शुरु गर्न आफु लागि परेको दावी उनले गरे ।
à