© २०२३
रूपन्देहीको देवदह नगरपालिका–६ साविक देवदह ३ मा राष्ट्रिय क्षयरोगको प्रिभिलेन्स सम्मेलन कार्यक्रम शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय क्षयरोग केन्द्रले देशभरी यो कार्यक्रम शुरु गरेको हो । देवदह ६ मा करिब ६ सय मानिसमा क्षयरोग प्रिभिलेन्स संरक्षण गर्ने देवदह स्वास्थ्य चौकीले जनाएको छ । सोही अवसरमा देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले कार्यक्रमको शुभारम्भ गर्दै क्षयरोग प्रिभिलेन्स संरक्षणले क्षयरोग अन्त्यको लागि महŒवपुर्ण भूमिका खेल्नेमा जोेड दिइन् ।
सोही अवसरमा देवदह ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीले नेपाल अधिराज्यमै पहिलो पटक शुरुवाद गरिएको यो कार्यक्रमले राम्रो सफलता प्राप्त गर्ने अपेक्षा लिएको बताए । उनले राम्रो कामको शुरुवाद बेलैमा गर्दा नतिजा पनि परिणाम योग्य निस्कने बताए । कार्यक्रममा तिन दिन लगाएर संर्वेक्षण गर्ने र रूपन्देहीको ४ वटा स्थलमा यो अभियान संचालन गरिएको देवदह स्वास्थ्य चौकीका प्रमुख रेमबहादुर दिशामगरले बताए ।
रूपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका र कोटिहवा गाउँपालिकामा क्षयरोगको प्रिभिलेन्स गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै धिरेन्द्र शाहीले देशभर ५७ हजार ३ सय जनामा क्षयरोग प्रिभिलेन्स संरक्षण गर्ने बताए । क्षयरोग नियन्त्रणको लागि राज्यले यो अभियान संचालन गरेको बताउँदै नेपालमा करिब ३० हजार भन्दा बढी क्षयरोगका बिरामीहरू रहेको जानाकारी दिए । क्षयरोग प्रिभिलेन्स संरक्षणले सरकारले क्षयरोग सम्बन्धि योजना र निति निर्माण लागि सहयोग पुग्ने भएकाले यो अभियान संचालन गरेको बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग निरिक्षक टिकाराम अधिकारी, नगरपालिकाका प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, युगज्योति माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद काफ्ल, बिद्यालयका पूर्व अध्यक्ष बासुदेव रिमाल, लगायतले आ–आफ्ना भनाई राखेका थिए ।