© २०२३
गुल्मी जिल्लाको पबित्र धार्मिक एवं पर्यटकीय स्थल कुर्घामा विविध कार्यक्रमको आयोजना गरि चौंथो मालिका महोत्सव सम्पन्न भएको छ । मालीका मन्दिर मेला आयोजक समितिको आयोजनामा आईतवारदेखि संचालन गरिएको उक्त महोत्सवमा मालीका मन्दिर र त्यस क्षेत्रको प्रचार प्रशारका लागि स्थानीय कला संस्कृतिको प्रर्दशन, खुल्ला भलिवल प्रतियोगिता, कुर्घा स्वाँराको होमस्टे, मालीकाको ऐतिहासिक महत्व, भजन किर्तनका साथै विविध साँगितिक प्रस्तुतिहरूले महोत्सवको महत्वलाई दर्साएका थिए ।
‘गुल्मीको शान, कुर्घा मालीका हाम्रो पहिचान’ भन्ने नाराका साथ मालीकामा बैकुण्ठ चर्तुदशीको अवसरमा मालिीका मन्दिरमा पुजा आजा गर्नका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, वाग्लुङ्घ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरूवाट सयौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् । सोही अवशरमा प्रत्येक वर्ष मालीका मन्दिर परिशरमा ठुलो मेला लाग्ने गरेको मालीका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।
मालिका मन्दिरमा पुगेपछि श्रद्धालुहरूले मन्दिर नजिकै रहेको ढुङ्गाको कापवाट निस्कीयको पानीले नुहाउँने आफुले लगेका भाकलहरूको वली दिने, परेवा चढाउने र चिच्चाएर वर माग्ने प्रचलन रहेको छ । मालिका मन्दिरमा रहेकी देवताले कान कम सुन्ने भएका कारण त्यहाँ चिच्चाएर वर माग्ने फरक प्रचलन रहेको छ ।
महोत्सवको समापन सामारोहमा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लिला गिरिले स्थानीय कला र संस्कृतिको संरक्षण र विकास विना देश विकासको परिवर्तन हुन नसक्ने भन्दै यस्ता कला र संस्कृतिले देशको संवृद्धि र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा मुसिकोट नगरकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोटको भविस्व कुर्घाको मालीकासँग पनि जोडिएको बताउँदै मालीकाको धार्मिक महत्वलाई बचाउन सकेमा मुसिकोटको परिचय अझ फराकिलो बन्दै जाने बताए ।
पवित्र धार्मिक तिर्थस्थल तथा पर्यटकीय क्षेत्र मालिकाको विकास र प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा खेलकुद क्षेत्रको विकासका लागि भनेर ५० हजार पुरस्कार रासिको खुल्ला भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । स्थानीय र बाहिरि जिल्लाहरूवाट गरि २२ टिमहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि मदन भण्डारि स्पोर्टस एकेडेमीले हात पार्न सफल बनेको थियो ।