© २०२३
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४ मा रहेको सत्यवती ताल र सत्यवती बजैको ऐतिहासिकता र महŒवलाई प्रचारप्रसार गर्ने लक्ष्यसहित प्रत्येक वर्ष महोत्सव आयोजना हुन लागेको छ । सत्यवती तालमा पुगेर चिच्याएर मागिने बर पुरा हुन्छ भन्ने मान्यताले प्रत्येक वर्ष एकादशीदेखि ३ दिनसम्म सो क्षेत्रमा भक्तजन र दर्शालुहरूको भिड लाग्ने गर्दछ । साँझको समयमा मन्दिर पुग्ने बिहानको झिसमिसे नहँुदै तालबाट वरमागेर फर्कने चलन रहेको छ । भाकल पुरा भएपछि बजैलाई बली तथा भेटी चढाउने समेत गरिन्छ ।
झुम्सा बजारबाट करीब आठ किलोमिटरको दुरीमा मन्दिर रहेको छ । पूर्वतर्फ डाडैडाँडा हिँडेर ३ घण्टामा सो मन्दिरमा पुग्न सकिन्छ । पछिल्लो समय भने झुम्साबाट सवारीसाधनसमेत मन्दिरसम्म पुग्ने गर्दछ । बुटवल झुम्सा खानेपानी आयोजनाको मुलका साथै खानीसमेत मन्दिरको दक्षिणपूर्वमा रहेकाले पनि सडक सन्जालले जोडिएको छ ।
सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनबिर गाहाले ताल र मन्दिरको गुरुयोजना बनाएर विकास गर्न लागेको बताए । धार्मिक बन क्षेत्रमा रहेको सो मन्दिर परिसरमा पूजाआजा र पर्यटकको बसाई लम्याउने गरि पूर्वाधार विकासमा लागेको बताए । गाउँलेहरूबाट नै सो क्षेत्रको जातीय, सांस्कृतिक पहिचान झल्कने होमस्टे संचालनलाई जोड दिएको उनले बताए । मन्दिरमा लाग्ने मेलामा पहिले बुटवल र पाल्पाबाट ठूलोमात्रामा पसल थाप्नेहरूको भिड लाग्ने गरेको बताउने गाहा अहिले भने मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा धेरै कामहरू भएको बताए । चारैतिर घना जंगलको बिचमा रहेको ताल वरपर भक्तजनहरू रातीको समयमा सालको लिङ्गोलाई पूजा र धजा बाँधेर वरमाग्दै ३ पटक परिक्रममा गरि पोखरीमा गाडेर फर्कने गर्दछन । सो लिङ्गो एक पटक गाडेपछि मन्दिरमा पूजा गरेर फर्कने चलन रहेको छ । सत्यवती बजै काम कम सुन्ने भएकाले चिच्चाएर बर माग्ने चलन रहेको छ । भाकल पुरा भएका भक्तजनहरू बोका, कुखुरासहित मन्दिरमा चढाउन आउने गर्दछन । मन्दिरमा पुजा गरेपछि समूहमा आएका भक्तजनहरू मासु पकाएर खाने, रमाईलो गर्ने गर्दछन ।
कार्तिक पूर्णिमाको राति दुई दिनअघि देखि लाग्ने मेलामा पाल्पाका अधिकांश क्षेत्रका साथै रूपन्देही, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलबस्तुका श्रद्धालुहरू समेत आफ्नो मनोकामना पुरा हुने आशामा सो क्षेत्रमा आउने गर्दछन् ।
सत्यवती ताल संरक्षण तथा बिकास समितिका सचिब लालबहादुर दर्लामीले तालकै कारण सो क्षेत्रको एकीकृत बिकास सम्भव भएको बताए । मन्दिरको महŒवलाई प्रचारप्रसार गर्न सके वर्षभरि नै पर्यटक भित्राउन सकिने सम्भावना रहेको समेत उनले बताए । मन्दिर उचाईमा रहेकाले सो क्षेत्रमा सुन्दर हिमाल, कान्लाहरू देख्न सकिन्छ । पर्यटकहरू सो क्षेत्रमा रमाउन सक्ने गरि विकास गर्न जरुरी रहेको उनले बताए ।
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) प्रदेश ५ ले सत्यवती तालमै पुगेर तालको अबलोकन तथा अन्तरक्रिया गरेको छ । तालको बिकास र अहिलेसम्मको अबस्था र चुनौती, सम्भाबनाको बारेमा अन्तक्र्रिया भएको हो । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष भुवन कार्की प्रदेशभित्रका पर्यटकीय सम्भाबना खोज्नका लागि सत्यवती ताल क्षेत्रका सरोकारवालाहरूसँग अन्तक्र्रिया गरिएको बताए ।महासचिब कपिल ज्ञवालीले पाँच नम्बर प्रदेशका पर्यटकिय क्षेत्रको पहिचान र प्रचारप्रसारमा संस्थागत रूपमा योगदान दिने बताए । सत्यवतीमा यसवर्ष कार्तिक पूर्णिमाको मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेला लागेको छ । à