© २०२३
उषा नेपाल
कुनै पनिकार्य वा मिसन आँफैमा असम्भव हुँदैन । मानिसको त्यो चिजप्रति हेर्ने, सोच्ने दृष्टिकोणका कारण पनि त्यो मिसन असम्भव भएको हुन्छ । जीवनमा हामी स्वयम् भित्रबाट नै केही अप्ठ्यारोहरूलाई जित्न सक्छु भन्ने भावना विकास हुनु जरुरी छ । हामी पहाड चढ्न हिचकिचाइरहेका हुन्छौं । तर जब शिखर चुम्छौँ बल्लमात्र आफूमा म सक्छु भन्ने विश्वास जन्माउँछौँ । सम्भव रहेछ भन्ने कुरा काम सम्पन्न भएपछि हैन कि गर्नुभन्दा पहिल्यै नै निर्णय गरेर मिसन अगाडि बढाउनु जरुरी छ । वास्तवमा हामीमा क्षमता हुन्छ । केवल त्यो क्षमतालाई प्रस्फुटन गराउने तरिका हामीले जान्यौँ भने हामी कहिल्यै असफल हुँदैनौँ । सफलताले हामीलाई पच्छ्याइरहन्छ ।
यदि जो कोहीले पनि आफ्ना क्रियाकलापको सकारात्मक परिणामका चाहन्छ भने पहिला दिमागमा सकारात्मक सोच विकास गराउनु पर्यो । जब दिमागमा सकारात्मक सोच पलाउँछ, तब त्यहाँ एक तब खुसी, चैन, स्वास्थ्य, सफलता हुँदै हाम्रो उमेर पनि लामो हुन पुग्छ । असहजता पनि सहज भएर आउँछ । हामीले आँटेका कामलाई सहज तरिकाले सम्पन्न गर्न सक्छाँै । यसको ठीक विपरित जब हाम्रो मस्तिस्कमा नकारात्मक सोच पैदा हुन्छ, तब त्यसले जीवनमा बेखुसी, चिन्ता, अस्वस्थता, असफलता हँुदै मानिसलाई मृत्यू समेत गराउन सक्छ । नकारात्मक सोच राख्नेले नदिलाई समुद्र देख्ने गर्छ र तर्ने प्रयास गर्दैन । आफ्नो मनोवल नै गिराएर कुनै पनि साधारण काम पनि गर्न असक्षम रहन्छ । हाम्रो सोचमा खोट भएमा समस्याहरू झनै बल्झँदै जान्छन् ।
सबै मानिसमा पृथक खालको क्षमता हुन्छ । हामीमा शक्ति हुन्छ । जति हामीमा ठूलो सोच हुन्छ त्यति ठूलो सफलता प्राप्त हुन्छ । हामी भित्र धेरै उर्जा हुन्छ जसलाई व्यवहारिक रूपमा प्रमाणित गर्न सोचलाई वृहद र केही खतरा मोल्न सक्ने बनाउनु पर्छ । सगरमाथा आरोहण गर्ने पहिलो दुई व्यक्तिहरू तेन्जिङ नोर्गे शेर्पा र हिलारीले सगरमाथामा पाइला टेक्नु अघिसम्म सगरमाथाको चुचुरो चुम्न जान सकिन्न भन्ने मानिसमा विश्वास थियो । जब सन् १९५३ मा उनीहरूले सगरमाथाको सफर आरोहण गरे त्यसपछि विश्वभरका मानिसहरू सगरमाथाको शिखरमा पुग्न सफल भए । कसै न कसैले केही नयाँ कुराको आँट गर्दासमेत त्यसले अरूमा उर्जा पैदा गराउँछ भन्ने यस आरोहण र त्यसपछिका सगरमाथा यात्राले प्रमाणित गर्छ ।
तसर्थ सफल हुनको लागि हामी आफै वा आफ्नो अन्तरमनबाट नै तत्पर हुनु अपरिहार्य छ । आप्mनो जीवनको लक्ष्य र मान्यता आफै विकास गर्दै जानु पर्छ । अभिभावक शिक्षक साथी वा अरू कसैले आफनो लागि केही गर्देला भन्ने कुरा मुख्य हैन । अरूको सहयोग, सल्लाह त सहायक कुरो मात्र हो । मूल पक्ष त आफू आफ्नो जीवनमा आइपर्ने कुराहरूलाई व्यवस्थापन गर्न कति क्रियाशील भइन्छ भन्ने नै हो । आफू कसरी आफ्नो दृढ इच्छा शक्तिजीवन वदल्न प्रयोग गर्ने भन्ने निर्णयकर्ता हो । अझ प्रष्ट पार्नुपर्दा आप्mनो जिन्दगीको मालिक आफै बन्नु पर्छ । आफूले रचेको जीवनको गोरेटो सदा सफलतातर्फ उन्मुख नै हुन्छ । किनकि गोरेटो रच्ने बेलामा त्यसको गन्तब्य तय भएको हुन्छ । त्यसको प्रकृया, तरिका तय भएको हुन्छ ।
त्यसैले ध्रुव सत्य कुरा यो हो की मानवमा केही न केही पृथक विषेशता हुन्छ । त्यसलाई प्रयोग गर्न सक्नु नै सफलतातर्फ उन्मुख हुनु हो । प्राथमिक कुरा भनेको कुनै पनि कार्य म गर्न सक्छु भन्ने सकारात्मक सोच दिमागमा पलाउनु आवश्यक छ । त्यसपछि लक्ष्य निश्चित गर्नु पर्छ । अनि त्यो लक्ष्यलाई गन्तब्यसम्म पु¥याउन हामीले केही खतरा मोल्दै भए पनि योजना बनाउनु पर्छ । जब योजना बन्दछ अनि केही तहमा असफल भइहाले पनि त्यसलाई सफलताउन्मुख हुँदा आएका चामलका बिँया सम्झीकन अगाडि बढ्नु पर्छ । हामीले लक्ष्य निश्चित गरी अगाडि बढे पश्चात कुनै पनि वहानामा त्यो कहिल्यै त्याग्नु हुँदैन । एक दिन हाम्रो क्षमताले हामीले सोचेभन्दा धेरै सफलता ल्याउन सक्छ । प्रत्येक असफलतासँग एउटा सकारात्मक पाटो हुन्छ । त्यसलाई मनन् गराँै । उज्यालोले हामीलाई कहिल्यै छाड्दैन ।
सधैँ सबै पक्षमा सफल नै भइन्छ भन्ने हैन । किहिलेकाहीँ राम्रो गर्दा गर्दै पनिअसफल हुन सकिन्छ । समस्यालाई ध्यान पुराइ पन्छाएर अवसरहरूको सदुपयोग गर्न सक्नुपर्छ । असफलतालाई नकारात्मक रूपमा हैन कि सफलताको क्रममा आएको एक स्टेप ठान्नुपर्छ । सबैलाई थाहा छ किथोमस एडिसनले हजारौँ बल्बहरू बिग्रिएपछि मात्र बल्बको आविष्कार गर्न सकेका थिए । तसर्थ लगातारको प्रयास नै सफलताको साधक हो । जीवनमा भोग्नुपर्ने सफलता वा असफलता भगवानले दिएको श्राप वा भावीले लेखेका कारण आउने हैनन् । समयक्रमसँगै समस्या र अवसरहरू निरन्तर आइरहन्छन् । सफलता र असफलता हाम्रो क्रियाकलापका परिणाम हुन् ।
यो भन्न सकिन्छ कि रित्तो खल्ती समस्या होइन, समस्या त रित्तो मस्तिस्क र रित्तो हृदय हो । समस्या त योजना र सकारात्मक भावनाको अभाव हो । संसारमा धेरै उदाहरणहरू छन् जहाँ सारै सानो आर्थिक हैसियतका मानिसहरू योजना बनाएर अगाडि बढ्दा आर्थिक, सामाजिक रूपमा सफल, सम्पन्न हुन सकेका छन् । प्रत्येक दिन राम्रो नहुन सक्छ तथापि प्रत्येक दिनभित्र केही न केही राम्रो कुरा हुन्छ । सकारात्मक सोचले हाम्रा क्रियाकलापहरू अगाडि बढाएमा प्रत्येक दिन केही न केही राम्रा परिणामहरू हात पार्न सम्भव हुन्छ । केवल परिणाममा तल माथि मात्र हो । सफलता न अवश्य मिल्छ । अतः आज हैन अहिल्यैबाट आफ्नो सोचलाई सकारात्मकतामा वदलिएर आफ्ना क्रियाकलापहरू अगाडि बढाउँ । सफलताले तपाइँ हामीलाई पच्छ्याउने छ । हामी असफलताको पछाडि भौतारिइरहनु पर्दैन । à