ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुल खबर

हेर्न पुग्ने कि ‘जंगबहादुर पौवा’

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

अर्घाखाची, फागुन ।-  जंगबहादुर राणाको न्वारान भएको बल्कोट पौवा (परशुरामेश्वर गुठी) को ऐतिहासिक महŒव रहेको छ । उनका वुवा बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानका प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाको विवाद बढेपछि १८६९ मा जुम्लामा खटाइयो । श्रीमती गणेशकुमारीलाई जुम्ला लिएर गए । जुम्लामै गर्भवती भइन । त्यो बेला गर्भवती माइत जाने चलन थियो । जुम्लाबाट माइतघर गोरखा जाने क्रममा वाङलाको मथुरामा आइपुग्दा उनकी आमा गणेशकुमारी बिरामी परिन । वि.सं. १८७४ असार ७ गते मथुरा जंगलमा सात महिनामै जन्मिए । पाण्डे थरका स्थानीयले स्याहार सुसार गरेको र पछि मथुरा नजिकै बल्कोट लगेर राखेका थिए । त्यहा“ खनाल थरका ब्राहमणले गरिदिए । सुत्केरी दरिली भएपछि उनी माइतीघर गोरखा गएकी थिइन ।
श्री ३ महाराज प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनकसिंह टण्डनको नेतृत्वमा कालिगढले आधुनिक कलात्मक शैलीमा बनाएको पौवा र त्यसभित्रका मठमन्दिर असाध्यै सुन्दर र आकर्षक छन् । निर्माण सम्पन्न गर्न १० वर्ष लागेको थियो । यहा“का झ्याल, ढोका लगायतमा विभिन्न कलाकृति सजिएका छन् । पौवा नजिकैको मथुरा लाम्पाटीमा जन्मेका राणाको यही खनाल थरका ब्राह्मणले न्वारान गरिदिएका थिए । त्यतिबेला वीरनरसिंह नाम रहेको थियो । उनीजंगे स्वभावका भएकाले उनको नाम जंगबहादुर रहन गएको भनाइ छ ।
इतिहास सम्बन्धी रुची राख्ने यस सम्बन्धी जानकार नारायण भट्टराइका अनुसार न्वारानको नाम वीरनरसिंह कु“वर थियो । वीरनरसिंह जंगे स्वाभावका भएकाले उनका मामा माथवरसिंह थापाले जंगबहादुर नाम राखिदिए । स्मरण रहोस ः जंगबहादुर राणाले राजा सुरेन्द्रबाट राणा उपाधि धारण गरेका थिए । राणा उनीहरूको थर थिएन । कालान्तरमा यो उनको थर हुन पुग्यो ।
राणा प्रधानमन्त्री भएपछि आफ्ना जेठान सनकसिंह टण्डनलाई पठाएर आफू जन्मेको ठाउ“ मथुरालाई दरबारै बनाए । कलात्म रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । दरबार नजिकै मथुरा धाम रहेको छ । उक्त स्थानमा द्धापर युगमा भगवान श्रीकृष्णले बाललीला गरेको मानिन्छ । योगी नरहरिनाथले मथुरामा कोही होम लगाई अझ उँचो बनाउने काम गरेका थिए ।
पौवाको विषयमा तत्कालीन राजाश्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लगाएका थिए । कर्नेल टण्डनको पालामाबल्कोट पौवा, मथुरा लामपाटी पौवा, गुल्मी र पाल्पाको सिमानामा रहेको मनवाकपौवा, ऋषिको बगैंचा, पाल्ला अर्गली बगंैचा, जोर्तेको पौवा र बाटाका गौमुखी धाराहरू निर्माण भएका थिए ।
पौवा निर्माण गर्ने सनकसिंह परशुराम खत्रीका जेठा छोरा हुन् । सनकसिंहले उक्त मन्दिर निर्माणका लागि ३ सय २७ रोपनी ११ आना ३ पैसा जग्गा खरिद गरेका थिए । थप४३ रोपनी जग्गा सरकारबाट दिइएको थियो । ‘बल्कोट पौवालाई रंगरोगन, चर्किएका संरचना पुनःमर्मत गरेर आकर्षक बनाइएको छ,’ छत्रदेव गाउ“पालिका–२ कापूर्ववडाध्यक्ष राजेशकुमार पन्थीले भने, ‘भुइ“मा पनि टायल र ढुंगा बिछ्याइएको छ ।’ वाल, गेट, मठमन्दिर सबै संरचना पुनःनिर्माण गरिएका छन् । बल्कोट पौवा ऐतिहासिक महŒव बोकेको र धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको उनले बताए । जीर्णबन्दै गएको पौवालाई महायज्ञ लगाएर आर्थिक संकलन गरी मर्मत सम्भार गरिएको छ ।
पौवा निर्माण गर्ने सनकसिंहको पनि सालिक निर्माण गरिएको छ । डा. गोविन्द टण्डन, चन्द्र टण्डन र जयबहादुर टण्डनले आर्थिक संकलन गरेर सालिक निर्माण गरेका हुन् । ऐतिहासिक महŒवको यस क्षेत्रलाई संरक्षण गर्ने सनकसिंहको सालिक निर्माण गरिएको चन्द्र टण्डनले बताए । यहा“ आएका पाहुनाले बल्कोट पौवामा तस्बिर खिचाएर फेसबुकमा राख्ने गर्छन् । युवकयुवती देखि पाका उमेरका धेरै पौवाका विभिन्न ठाउ“मा टिकटक बनाउ“छन् । टिकटकमा पौवा र अन्य संरचना देखाएर नाच्ने, तस्बिर खिच्ने गर्छन् । सामाजिक सञ्जालबाटै यो पौवाबढी भाइरल भएको छ । पौवाको अर्काे भवनमा २ नम्बर वडा कार्यालय रहेको छ ।
जानकार भट्टराइका अनुसार राणाले आफु जन्मेको ठाउ“ मथुरामा दरबार र न्वारान गरेको बल्कोटमा पौवा निर्माण भएको छ । राजनीतिमा चासो राख्ने नया“ पुस्तालाई अध्ययन गर्ने थालेको रूपमा रहेको उनले बताए । ‘इतिहास हो, राजनीति वृत्तमा जंगबहादुरको नाम बेलाबेला आइरहन्छ,’ उनले भने, ‘यसलाई संरक्षण गरिराख्नुपर्छ । इतिहासको अध्ययन स्थल, धार्मिक पर्यटकीय गन्तव्य रहेको छ ।’
धार्मिक, पर्यटकीय र इतिहासका हिसाबले बल्कोट पौवाको बेग्लै महŒव रहेको छ । माओवादी द्वन्द्वका बेला पौवामा रहेका मूर्ति, घण्टा चोरी भएका थिए । पौवाभित्र बैठक बस्न मिल्ने हल छ । पुरानो तर, आधुनिक तरिकाले निर्माण भएको पौवा हेर्न टाढाटाढाबाट समेत पर्यटक आउ“छन् ।
अहिले बल्कोट पौवा छत्रदेव गाउ“पालिका र प्रदेश सरकारको सहयोगलाई मर्मत सम्भार गरी चिटिक्क पारेपछि थपआकर्षक बनेको छ । पछिल्लो समय पौवामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ । काष्ठकलाको अद्भुत नमुना रहेको पौवास“गै सत्तलबुर्जा मन्दिर तथाबगैंचा, विशाल घण्टा यहा“का थप आकर्षक हुन् ।
जिल्लाको पूर्वी क्ष्ँेत्रको बल्कोट गाउ“को अग्लो भूभागमा रहेको पौवालाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन र ऐतिहासिक महŒव बुझाउन आफूहरूले विशेष काम गरिरहेको छत्रदेव गाउ“पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘महत्वपूर्ण बल्कोट पौवा हाम्रो चिनारी पनि हो,’ उनले भने, ‘यसको संरक्षण गर्न कुनै कसर बा“की राख्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission