© २०२३
रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ मा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ लाख ७८ हजार २ सय रुपैयाँ नगद सहित प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको हो । ईलाका प्रहरीकार्यालय बुटवलले गएराती ११ बजेको समयमा सियारी गाउपालिका वडा नम्बर–७ अमुवा मा छापा हानेको थियो । गाउमाा त्रिपाल नै ठुलो संख्यामा तास खेलिरहेको जानकारी प्रहरीले पाएपछि छापा हानेको थियो ।
तास खेल्ने र हेर्ने व्याक्तिहरु रातारात भागाभाग समेत गरेको जनाइएको छ । ईलाका प्रहरी कायालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले प्रहरीले नियन्त्रणमा लिएका व्यात्तिहरुलाई जुवा ऐन अनुसार कारवाही अगाडी बढाउने जानकारी दिए ।
पक्राउपरकोहरुको विवरण