© २०२३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारबाट खटिएको टोलीले निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको हो ।जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ । कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरीएको अख्तिायारले जनाएको छ ।