© २०२३
छठ पर्व सम्पन्न भएको छ । धार्मिक महŒव बोकेको छठमा छठी देविको पुजाआराधना गरि भब्यरूपमा मनाउने प्रचलन रहेको छ । नदी, तलाउ वा पोखरी छेउमा जाग्राम बसेर मनाउने यो पर्वको आप्mनै महŒव छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने प्रचलन रहेको छ । पाँच नम्बर प्रदेशको राजधानीमा पर्ने ओमसतिया गाउँपालिका पिछडिएको क्षेत्रमध्ये पर्दछ । यही गाउँपालिकाको वडा नं. ६ मा ऐतिहासिक रामजानकी मन्दिर रहेको छ । जसले समग्र गाउँपालिकालाई नै चिनाउन सक्दछ । मन्दिरको नामबाट नै छोट्की रामनगर नामाकरण भएको विश्वास गरिएको छ । धार्मिक आस्थाको केन्द्र सो मन्दिरपरिसरमा रहेको पोखरी, विभिन्न देबिदेवताहरूको मूर्तिहरूसहित समयमाईको मन्दिरहरू भग्नावशेषका रूपमा रहेका छन् । करीब ४ विगाहा क्षेत्रफलमा फैलिएको सो मन्दिर र पोखरीलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने अवस्था रहेको छ । करीब २ विगाहामा पोखरी फैलिएको छ । मन्दिरको उत्तरमा समयदेवि मन्दिर रहेको छ ।
स्थानीय सरकार जनप्रतिनिधिहरू आएसँगै गाउँपालिका क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरूको विकासका कामहरू अघि बढेको ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि सारेको उनी बताउँछन् । ‘गाउँपालिका क्षेत्रको धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरूको विकास, संस्कृति प्रवद्र्धनमा २५ लाख बजेट नै छुट्टाएका छौं,’ उनले भने । यसवर्षदेखि मन्दिर र पोखरी वरपर सरसफाइको शुरुवात भएको उनले बताए ।
मन्दिरको ऐतिहासिकता र महŒवलाई जोगाउने कामलाई यो सँगै अघि बढाएको समेत उनले बताए । बौद्धकालिनभन्दा पनि अघिको महŒव बोकेको यो मन्दिर परिसरमा धेरै पुरातात्विक क्षेत्रहरू रहेपनि यसको उत्खनन् हुन नसकेको उनले बताए । अष्ठ धातुबाट मन्दिरको निर्माण भएको र पुरानोमध्येको एक मन्दिरलाई स्थानीयहरूले धेरै अद्भुत शक्तिपिठका रूपमा स्थानीयहरूले मान्दै आएका छन् । मन्दिरको उत्तरमा रहेको पोखरीमा धेरै ठूला माछाहरू रहेको र ती माछाहरूलाई भगवानको अवतारका रूपमा पुज्ने गरिएको छ । स्थानीयहरूले पोखरीमा जाल हानेर माछा समात्ने काम समेत गर्दैनन् । पोखरीका माछाहरू अद्भुत भएको मन्दिरका पुजारी राम बहादुर महन्त बताउँछन् । ‘करिब २५–४० केजीका माछाहरू पोखरीमा छन्,’– उनले भने । पोखरीको गहिराई समेत मापन गरिएको छैन । मन्दिरको तल्लो भागमा पोखरी पुगेको हुनसक्ने भन्दै उनले माछाहरू भित्र बस्ने गरेको बताए । रामजानकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भगवती प्रसाद केवटले धार्मिक आस्था जोगाउने गरि एकजना पुरोहितलाई मन्दिरमा नै बस्ने गरि ब्यवस्थापन गरिएको बताए । यसका साथै नियमित पूजापाठ, भक्तजनहरू साप्ताहिक रूपमा मन्दिरमा जम्मा भएर भजनर्कितन गर्ने गरेको उनले थपे । पहिले पोखरीको पानी विभिन्न घरायसी काममा प्रयोग हुने गरेको भएपनि पछिल्लो समयमा पोखरी फोहोर भएको छ । जलकुम्भी र अन्य प्रजातिका झारले पोखरी ढाकेपछि गाउँपालिकाको अगुवाईमा नियमित सरसफाइ गरिँदै आएको छ ।
लामो समय जनप्रतिनिधिविहिन अवस्थामा यो मन्दिरसहित धेरै पर्यटकीय क्षेत्रहरूको ब्यवस्थापन र विकास हुन नसकेको दुखेसो छ । प्राचीन सभ्यता बोकेको यो मन्दिर क्षेत्रमा श्रद्धालुहरू रोगब्याधी निको हुने विश्वासकासाथ पोखरीमा नुहाउने गरेका छन् । मन्दिरको उत्तरपश्चिमतर्फ पुराना राजा रजौटाहरूका भवनका अवशेषहरू रहेको अनुमान गरिएपनि यसको उत्खनन हुन सकेको छैन । ओमसतियाको परिचय दिने रूपमा यसको विकासका लागि आफूहरूले पहल थालेको ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । à