© २०२३
३७ किलो लागुपद्धार्थ चरेश सहित रुपन्देहीमा ३ जना व्याक्ति प्रहरीको नियन्त्रणमा परेका छन् । ईलाकाप्रहरी कार्यालय बुटवलले बुटवल उपमानगरपालिका–१४ बेलबास शान्तीचौक बाट ३ जना व्याक्तिलाई नियन्त्रणमा लिएको हो । बाग्लुङ्ग जिल्लाका जनक घर्ती, कपिलवस्तु जिल्लाको बाडगंगा का नहारी थारु र अर्घाखाँची जिल्लाका टिका बहादुर रास्कोटीलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कायालय बुटबलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले पक्राउ परिएका व्याक्तिहउपर थप अनुसन्धान जारीरहेको बताए ।