ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सहुलियतमा खसीबोका

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले झन्डै एक महिनाको अवधीमा साढे ३३ क्वीन्टल खाद्यन्न बिक्री गरेको जनाएको छ । संस्थानले नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यस वर्ष दाङमा सहुलियत दरमा खाद्यान्न बिक्री गर्न सुरु गरेको थियो ।
गत असोज १७ गते देखि खाद्यान्न विक्रि सुरु गरेको संस्थानले अहिले सम्म जिरा मसिना चामल २२ क्वीन्टल ५० के.जी र सोना मनसुली १० क्वीन्टल ८० केजी चामल विक्रि गरेको अन्चल कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिएका छन् । सरकारले खाद्य संस्थान मार्फत अन्य जिल्लामा यस अघि सहुलियतमा चामल बिक्री गर्दै आएपनि दाङमा पहिलो पटक बिक्री गरिएको उनको भनाई छ ।मिश्रका अनुसार दाङमा ५ सय क्वीन्टल चामल सहुलियत दरमा विक्रि गर्नका लागी राखीएको छ । चाडपर्वको समयमा सर्बसाधारणलाई केहि सहुलियत होस भन्ने उद्देश्यले विक्रि गर्न सुरु गरिएको कार्यालयले बताएको छ । तर दाङमा खाद्य संस्थानले अपेक्षा राखे अनुरूपको चामल विक्रि नभएको कार्यालय प्रमुख मिश्रले बताएका छन् ।
कार्यालयका अनुसार जिरा मसिना प्रतिन्वीन्टल ५ हजार ६ सय रूपैयाँ मुल्य भएता पनि प्रतिक्वीन्टल पाँच सय रूपैयाँ छुट गरी ५ हजार १ सय रूपैयाँमा विक्रि भैरहेको छ । यस्तै सोना मन्सुली प्रतिन्वीन्टल ४ हजार ६ सय रूपैयाँ मुल्य निर्धारण गरिएको भएपनि पाँच सय रूपैयाँ छुट गरी ४ हजार १ सय रूपैयाँमा बिक्री गरिएको छ । त्यस्तैगरी जिरा मसीना २५ केजीको प्रतिबोरा १ हजार २ सय ९५ रूपैयाँ र सोना मन्सुली ३० केजीको प्रतिबोरा १ हजार २ सय ५० रूपैयाँमा बिक्री भइरहेको कार्यालयले जानकारी दिएको छ । सोना चामल विरगन्ज र जिरा चामल लहानबाट ल्याइएको हो । सहुलियतको चामल यहि कार्तिक २७ गते सम्म बिक्री गरिने भएको छ ।
त्यस्तै कार्यालयले दशैमा चार सय खसीवोका खरीदगरी विक्रिगरेको जनाएको छ । खाद्यसंस्थानले अञ्चल कार्यालय तुलसीपुरलाई चारसय खसीबोका खरिद गर्न अनुमति दिएको थियो । यसबर्ष खाद्य संस्थान तुलसीपुरले ४६ लाख मुल्य बराबरका चार सय खसी बोका खरिद गरिएको संस्थानका कृष्ण प्रसाद चौधरीले जानकारी दिए । सस्थानले लमही नगरपालिकामा रहेका कर्मठ सामाजिक उद्यमी सहकारी संस्था र दिपन समाजिक उद्यमी सहकारी संस्थाबाट एक सय दश र अन्य किसानहरूबाट ८० वटा खसीबोका खरिद गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यले उत्पादन गरेका खसी बोकालाई ३ सय ६० मा खरिद गरेर खाद्य संस्थानलाई ३ सय ८५ मा विक्रि गरेको कर्मठ सामाजिक उद्यमी सहकारी संस्थाका ऋण समिति सदस्य बसन्ता बुढामगरले जानकारी दिईन् ।
सहकारीले खरिद विक्रीबाट भएको मुनाफाले किसानका खसीबाख्रालाई पिपिआर, जुकाको औषधि र घाँस उत्पादनमा खर्चिने गरेको बजार प्रमुख महेश अचार्यले जानकारी दिएका छन् । संस्थानले १६ किलो भन्दा माथिकोलाई बोकालाई ३ सय ६०, २० किलो देखि २५ किलो सम्मको खसीलाई ३ सय ७० र २५ किलो देखि माथिकोलाई ३ सय ८५ रूपैयाँ केजीको दरले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission