ट्रेंडिंग:

>> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै
फ्रन्टपेज

रामग्रामको विकास खोतल्न ‘रामग्राम विकास कोष’

कोषले जिल्ला भित्रका अन्य पालिकामा रहेका बौद्ध स्थलहरुलाई समेट्नका लागि सम्बन्धित पालिका प्रमुखहरुसँग पनि परामर्श गर्ने तयारी छ । रामग्राम नगरपालिको नगरसभाले कोष गठन गर्ने निर्णय गरिसकेको छ ।
२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

नवलपरासी, माघ – भगवान गौतम बुद्धको संसारमा एक मात्र सिगो भाग अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रको विकासका लागि ‘रामग्राम स्तुप विकास कोष’को कार्यलाई रामग्राम नगरपालिकाले अगाडी बढाएको छ । स्तुप क्षेत्रको विकास, संसारभरी स्तुपको महत्वको प्रचार प्रसार र आउने बौद्ध तिर्थयात्री तथा देशी विदेशी पर्यटकको बसाई ब्यवस्थापन गर्ने उद्देश्य राखी रामग्राम विकास कोष गठनको कानुनी संरचना बनाउन जुटेको हो ।

लुम्बिनी गार्डेन फाउण्डेसनको सहजीकरणमा कोषको ऐन तर्जुमा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । फाउण्डेसनको एक टोलीसँग पहिलो चरणको छलफल भएको छ, उनले भने, छलफलबाट धेरै कुराहरुलाई सैद्धान्तिक आधार बनाउनमा सहयोगी बनेको छ । कानुनविद सहितको टोलीसँग पनि छलफल हुने उनले बताए । रामग्राम स्तुपलाई मात्र आधार बनाई कोषको स्थापना गर्ने कि प्राचिन कोलिय गणराज्य अन्रतगत रहेका अन्य बौद्ध स्थलहरुको पनि विकास हेर्ने गरि कोष बनाउने भन्ने बारे पनि कुरा उठेको बताउदै जिल्ला भित्रका अन्य पालिकामा रहेका बौद्ध स्थलहरुको कुरा समेट्नका लागि सम्बन्धित पालिका प्रमुखहरुसँग पनि परामर्श बैठक राखिने बताइएको छ । नगरसभाले कोष गठन गर्ने निर्णय समेत गरि सकेको हुदा नगरपालिकाले उक्त कार्यलाई अगाडी बढाएको उनले बताए ।

जिल्ला समन्वय समिति(जिसस)को समन्वय अधिकारीको समेत भुमिकामा रहेका प्रमुख प्रशासकिय खड्काले भने,नवलपरासी जिल्ला भित्रका अन्य पालिकामा पनि प्राचिन बौद्ध स्थलहरु रहेका छन् । ति स्थानलाई पनि रामग्राम विकास कोषसँगै जोडेर काम गर्ने ? कि रामग्राम नगरपालिका भित्र रहेको रामग्राम स्तुप र प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) क्षेत्रलाई मात्रै समेट्ने गरि बनाउने कार्यका लागि एक पटक जिल्लाका सातवटै स्थानिय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरुसँग बसेर अन्तिम टुगोँ लगाउने कार्य हुन्छ । रामग्राम विकास कोषको गठन गर्ने कार्य हुन्छ,उनले थपे, अब त्यसको क्षेत्रअधिकारलाई टुगोँ लगाएर छ्ट्टिै कार्य प्रारम्भ हुन्छ । उनका अनुसार जिल्ला भित्र कोलिय राजधानी रामग्राम र कोलिय राजाले बनाएको स्तुप मात्रै नभएर कोलिय राज्य भित्र विभिन्न कालखण्डमा भगवान गौतम बुद्ध पुगेर धर्मोपदेश दिएको प्राचिन नगरका अवशेष र इतिहास छ । ति सबैको पहिचान गरि स्थानिय तहले घोषणा समेत गरि सकेको अवस्था छ ।

प्राचिन कोलिय गणराज्य भित्रको सरावल गाउँपालिका भित्र प्राचिन ककरपत्त नगर, सापुगा नगर,कुण्डिय नगर,सज्जनेल नगर,हल्लिदावसन नगर रहेका छन् भने वर्दघाट नगरपालिकामा बौद्धकालिन प्राचिन हल्लिदावसन नगर र सुनवल नगरपालिका भित्र प्राचिन उत्तरक नगर रहेको छ । त्यसै गरि सुस्ता गाउपालिका भित्र सिद्धार्थ गौतम ज्ञानको खोजीका लागि गृह त्याग गरेर निस्कदा अनोमा नदी(गण्डकी) नदीको किनारको अनोमाघाट (हाल ठाढीघाट) पुगेर राजकिय पोशाक त्याग गरि कपालमुण्डन गरेर स्नान गरेर सन्यास धारण गरेको बौद्ध साहित्य अनुसार महाभिनिष्क्रमण लिएको स्थान रहेको छ । त्यसै गरि सतिपठ्ठानको देशना गरेको स्थान सतपती पनि सुस्ता गाउपालिका भित्रै रहेको छ । प्रतापपुर गाउपालिकाको जगरनाथपुर नजिकै बौद्ध स्थल र पाल्हीनन्दन गाउपालिकाको नन्दन ताल नजिकै बौद्ध कािलन क्षेत्र भएको अनुमान गरिएको र त्यसबारे अनुसंधान कार्य भईरहेकोछ ।

कोषको गठन पश्चात पालिका,प्रदेश सरकार र संघिय सरकारका साथै अन्य दातृनिकायसँग समन्वय गरि काम गर्ने जिम्मेवारी गठन हुने रामग्राम विकास कोषको रहने छ । एक पटक जिल्लाका सबै पालिकासँग संयुतm बैठक बसेर कोषको क्षेत्रबारे ति पालिकाहरुसँग पनि परामर्श गरिने नगर प्रमुख धनपत यादवले बताए । बसै पालिका समहती दिए सबै क्षेत्र समेट्ने गरि कोषको प्रारुप तयार हुन्छ,सहमत नभए रामग्राम स्तरकै भए पनि कोषको स्थापना हुने गरि काम गरिने प्रतिवद्धता जनाए । जनतामा प्रतिवद्धता जनाएर नै आफु नगरपालिकामा काम गर्न आएको हुदा कोष जसरी पनि बनाउने आफ्नो जिम्मेवारी भएको बताउदै उनले भने,लुम्बिनी बिकास कोषको भरमा परियो भन्ने अहिले पनि रामग्रामको विकास सताब्दी लाग्न सक्छ,त्यो भएर अब लुम्बिनी बिकास कोषको भर परिदैन्,समन्वय गर्दै रामग्राम बिकास कोषले काम गर्छ । भर पर्दा सन १८९६ मा पत्ता लागेको लुम्बिनी विश्वसम्पदा सुचिकृत भई विकासको उचाई लिएको छ,तर त्यसको दुई बर्ष पछि मात्र सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुपा क्षेत्र जहाँको तही छ । लुम्बिनी एक ऐतिहासिक क्षेत्र हो,तर रामग्राम स्तुप क्षेत्र ऐतिहासिकसँगै अध्यात्मिक क्षेत्र पनि हो ।

रामग्राम स्तुपको महत्व ऐतिहासिक र सांस्कृतिक महत्व मात्र छैन, यो संसारको एक अध्यात्मिक स्थल हो । संसारका बौद्धमार्गी र बुद्धका उपासकका लागि जिवनमा कम्तीमा एक पटक पुगेर पुजापाठ,परिक्रमा प्रार्थना र ध्यान अभ्यास गरि पुण्यलाभ लिन गरे रामग्राम कोषले निरन्तर संसार भरि प्रचार प्रसारमा लाग्ने र सबैलाई एक पटक रामग्राम स्तुपको दर्शन गराउने गरि काम हुने बनाउदै नगरप्रमुख यादवले त्यसका लागि नगरपालिकाले अब सबै कार्य गर्छ । त्यसका लागि लुम्बिनी गार्डेन फाउण्डेसनले पनि संसारमा रामग्राम स्तुपको महत्वको प्रचार प्रसार गराउने र बौद्ध तिर्थयात्रीलाई स्तुपको दर्शन गराउनमा पहल गर्नु पर्ने आग्रह समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?