ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

समिक्षामा वडाध्यक्षको गुनासो

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

सल्यानको कपुरकोटमा वडा कार्यालय, विषयगत कार्यालय तथा विभिन्न शाखाहरूले दुई दिन सम्म गएको वर्ष संचालित योजना तथा कार्यक्रमको मसिनो ढंगले समिक्षा गरेका छन् । कपुरकोट गाउँपालिकाले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा जनप्रतिनिधि आएपछि भएका कामको समिक्षा र प्रगती प्रस्तुत गरिएको हो । गोष्ठीमा वडा अध्यक्षहरूको गुनासोदेखि सृजनशिल कामहरू र विषयगत शाखा सञ्चालनमा आएका समस्या र समस्या समाधानका उपायहरूका बारेमा समेत गहिरो ढंगले छलफल भएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए । मंगलबार र बुधबार गरि दुई दिन चलेको समिक्षा गोष्ठीमा समग्र गाउँपालिकाको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गत आर्थीक वर्ष २०७४।०७५ मा पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा, गाउँपालिका भवन निर्माण कार्य अघि बढ्नु र मुख्य वजार क्षेत्र ( कपुरकोट) को फोहोर व्यवस्थापनका लागि समिति गठन तथा परिचालन, फोहोर व्यवस्थापन केन्द्र निर्माण हुनु जस्ता कार्य प्रमुख उपलव्धीको रूपमा रहेको बताए ।
वार्षिक वित्तीय प्रगती सुनाउँदै रिजालले भने, गत वर्ष कुल बजेट २३ करोड ६२ लाख २३ हजार ८ सय मध्ये २१ करोड ८७ लाख ४३ हजार ४५६ रूपैयाँ खर्च भएको छ ।
यस्तो छ गाउँपालिकाको भौतीक प्रगति
गाउँपालिकाले गत वर्ष नयाा कच्ची सडक ५१ वटा निर्माण भएको जनाएको छ । यस्तै ४४ वटा खानेपानी, ३ वटा कुलो र ६ वटा पोखरि, १० वटा कृषि टहरा, ३ वटा खोप केन्द्र, एउटा विद्यालय भवन तथा २१ वटा विद्यालय फिल्ड र अन्य पूर्वाधार निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए ।
यस्तै ४३ वटा प्रविधि हस्तान्तरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान गरिएको, पूर्ण सरसफाई तर्फ उन्मुख रहेको, विद्यालय शिक्षा तथा परीक्षा प्रणालीमा एकरूपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयनमा ल्याइएको जस्ता प्रमुख प्रगती उनले समीक्षा गोष्ठीमा सुनाए । कपुरकोट गाउँपालिकाले २९ वटा ऐन तथा नियमावली समेत पारित भइसकेको जनाएको छ । कार्यक्रममा वडाअध्यक्षहरूले परम्परागत मेलापर्वका विकृतीहरू जुवा, तास, मदिरा सेवन जस्ता कार्यलाइ नियन्त्रण गर्न सफल भएको जनाएका थिए ।
गाउँपालिकाले आगामी वर्ष भौतिक पूर्वाधारहरूको स्तरोन्नति तथा नयाँ निर्माण, कृषि विकास तथा अर्र्गानिक खेती विकास, ग्रामिण बिद्युतिकरण, वन वातावरण संरक्षण, सामाजिक विकास, सांस्कृतिक पहिचान तथा संरक्षण र मानव संसाधन विकासलाई प्रमुख नीतिको रूपमा लिएको छ ।
यस्तै पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पु¥याउने र अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति पनि गाउँपालिकाले लिएको छ ।
गोष्ठीमा गाउापालिका अध्यक्ष भिम बहादुर सेन र उपाध्यक्ष तिला बुढा मगरले गएको वर्ष सिकाइको वर्ष भएकाले केहि कमीकमजोरि रहेपनि अव विकास निर्माणलाइ दिगो ढंगले अघि बढाइने प्रतिवद्धता जनाएका थिए । उनीहरूले वडा तथा विषयगत कार्यात्रलयलाइ जनतालाइ प्रत्यक्ष अनुभुती हुने गरि काम गर्न निर्देशन समेत दिए । योजनाको रकममा ¥याल काड्ने व्यक्तीलाइ कुनै पनि निर्माण उपभोक्ता समितीमा राख्न नहुने भन्दै अध्यक्ष सेनले यसतर्फ सचेत रहन जनप्रतिनिधीहरूलाइ आग्रह समेत गरे ।
समिक्षा गोष्ठीको निचोड
समिक्षा गोष्ठीले निचोड पनि निकालेको छ । वडा कार्यालय, शाखा मार्फत कार्यान्वयन गरिएका योजना तथा कार्यक्रमहरूको इभिडेनस (प्रमाण ) सहितको अभिलेख खडा गरि तत स्थानमा राख्ने, वडा कार्यालय, शाखाहरूबाट मासिक, चौमासिक र वार्षिक प्रगतीहरू पहिलो हप्तामा कार्यालयमा अनिवार्य पेश गर्ने र गरिएका सृजनशिल कार्यहरूलाइ प्रचारात्मक रूपमा अडागी बढाउने, योजना तथा कार्यक्रम सम्झौता गर्दा र सम्पन्न भइ हस्तान्तरण गर्दा वडा कार्यालयलाइ जानकारि गराउँदै सिफारिश राख्ने प्रवन्ध मिलाउने निचोड गोष्ठीले निकालेको छ ।
यस्तै पकेट क्षेत्र घोषणा गरि नमुना योग्य तरिकाले कार्यान्वयन गर्ने, वडा कार्यालय व्यवस्थापनका लागी सबै वडामा सोलार, फर्निचर व्यवस्थापन, इन्टरनेट जडानका साथै अस्थायी रूपले वडा सचिवको व्यवस्था गर्दै कर्मचारि को क्षमता विकासमा जोड दिने,. सामाजिक अभियानहरू ( जाड रक्सी जुवातास, सामाजिक विभेद अन्त्य लगायतका) वडा स्तरमा अझै प्रभावकारी रूपमा गाउँपालिका संग समन्वय गर्दै सञ्चालन गर्ने र गाउँपालिका वाट स्वीकृत भई स्थानीय कपुरकोट राजपत्रमा प्रकाशित कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाने निष्कर्ण गोष्ठीको छ । यसैविच गाउापालिकाले यस आर्थीक वर्षको नीति, कार्यक्रम र बजेट समावेश गरिएको पुस्तक समेत सार्वजनीक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?