ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

समृद्धिका लागि सामूहिक प्रयास ः मन्त्री पौडेल

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

 प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्री आरति पौडेलले मुलुकको समृद्धिका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएकी छिन् । सामूहिक प्रयासबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने भन्दै उनले समृद्धिका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्न स्थानीय तहका पदाधिकारी, राष्ट्र सेवक कर्मचारी र सरोकारवाला निकायका प्रमुखहरूलाई आग्रह गरिन् ।
प्रदेश नं. ५ को भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्रालय, पशुपन्छी महाशाखाद्वारा आइतबार बुटवलमा आयोजित स्थानीय तहका पदाधिकारीहरू सँग सहकार्य विषयक अन्तरकृया गोष्ठिमा बोल्दै मन्त्री पौडेलले सहकारीहरूलाई उत्पादन सँग जोडनुपर्ने आवश्यकता औल्याइन् । सहकारीहरू सँगको सहकार्यले कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाशील गर्न सकिने बताउँदै उनले शहकारीमा रहेको रकम कृषि उत्पादकत्व बृद्धि र बजारीकरणमा उपयोग गरेर लाभ लिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले प्रदेश सरकार सिक्दै र अनुभव गर्दै अगाडि बढ्ने क्रममा रहेको भन्दै प्रदेश भित्र देखिएको मलखादको अभावलाई कम गर्न प्रदेश सरकारले संघीय सरकारसँग पहल गर्ने बताए ।
प्रदेश नं ५ का तिन जिल्ला रूपन्देही,नवलपरासी र कपिलवस्तु जिल्लाका स्थानीय तहका प्रमुख तथा पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका सचिव यामनारायण देवकोटाले मन्त्रालय र सरोकारवाला निकायहरूबीचको सहकार्यमा अगाडि बढाउने योजनाका बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे,देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की, बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्य, नवलपरासी सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डे, कपिलवस्तु मायादेवी गाउपालिका प्रमुख, बजरंगि चौधरी, रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुकराज पाण्डे, किशानका लागि उन्नत बिउ बिजन कार्यक्रमका प्रमुख महेन्द्र भण्डारी लगायतले बोल्दै प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?