© २०२३
अपराध रोकथाम, विकृती र विसंगती विरुद्ध जनचेतना फैलाउन तथा सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नका लागि सल्यानमा समुदाय प्रहरी साझेदारी निर्माण हुने भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार (आज) त्रिवेणीको लुहाममा एक कार्यक्रमको आयोजना गरि नेपाल प्रहरी र स्थानीय तहको संयोजनमा समुदाय—प्रहरी साझेदारी निर्माण गर्ने प्रस्ताव गरेको हो । र यसमा त्रिवेणी, कपुरकोट र छत्रेश्वरी गाउँपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
जस अन्तर्गत पाँच स्तरका समिति गठन हुने जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी गराए । उनले भने, ‘यस जिल्लामा अब समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरी पालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गठन हुनेछन् ।’ कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समुदाय र प्रहरीको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिनु अत्यन्तै राम्रो कार्य भएको जनाउँदै अहिले भएका प्रहरी चौकीको स्तर वृद्धि, जनशक्ति व्यवस्थापन र वडा कार्यालयहरू सम्म प्रहरी चौकी तत्काल स्थापना हुनुपर्नेमा जोड दिए । यस्तै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय तह र प्रहरी बीचमा प्रभावकारी समन्वय भएमा मात्रै विकास, सेवा प्रवाह र सुरक्षा व्यवस्था राम्रो हुन सक्ने बताए । यस्तै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले आफ्नो गाउँपालिका भित्र विभिन्न किसिमका अपराधिक कृयाकलापहरू अन्यत्रको तुलनामा बढि हुने गरेको जानकारी गराउँदै र प्रहरीलाई यसतर्फ बढि चासो राख्न आग्रह गर्दै पालिका, वडा र विद्यालय स्तरमा गठन हुने समितिले अपराध न्यूनीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा न्यायिक समितिका संयोजकहरू, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूले प्रहरीसँगको अपेक्षा प्रस्तुत गरेका थिए ।à