© २०२३
मुसिकोट नगरपालिकाले आयोजना गरेको वौद्धिक सम्मेलनले ३५ वुँदे घोषणा पत्र जारी गरेको छ । ‘कृषिपर्यटन, पूर्वाधार, र रोजगार, मुसिकोट नगरपालिका समृद्धिको आधार‘भन्ने नारा सहितवामीटक्सारमाआयोजनागरिएको सो सम्मेलनले पाँचवटामुख्यवुँदा र नौं वटा सहायकवुँदा सहितउक्त ३५ बुँदे घोषणापत्रजारि गरेको हो ।
सम्मेलनले सामाजिकविकास, पूर्वाधार विकास, आर्थिक विकास, वनवातावरणतथाविपद् व्यवस्थापन र सामाजिक सेवातथा सुशासन बुँदामा घोषणा पत्र तयार गरेको मुसिकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले बताए । मुसिकोट नगरपालिकामा जन्म भई देश तथा विदेशका विभिन्न स्थानमा रहेकाविभिन्न क्षेत्रका सयौं वौद्धिक व्यक्तित्वहरूको भेलाले मुसिकोट नगरपालीकाको विकास र समृद्धिको खाका तयार गरेको हो ।
घोषणा पत्रमा कला संस्कृतिको संरक्षणगर्न संग्रालय स्थापना गर्ने, खुल्लातथा दुर शिक्षाका माध्यमवाट स्नातकोत्तर तहको कार्यक्रम संचालनगर्ने, प्रत्येक विद्यालयमा नर्स सहितको व्यवस्थागर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम संचालनगर्ने, बागलुङको खारदेखि रुद्रवेणीसम्म बडिगाडखोलामा र्याफ्टीङ् संचालनगर्ने, जडिवुटिमा आधारीत औषधिउद्योग स्थापनागर्ने, जैविक विविधता संरक्षण क्षेत्र घोषणागर्ने, नगरपालिकामा दमकल एम्वुलेन्स व्यावस्था गर्ने लगायतका विषय वस्तुहरू समावेश गरिएको छ । घोषणापत्रले मुसिकोट नगरपालीकाले आगामी छ महिनाभित्रमा तयार गर्न लागेको नगरको गुरुयोजनालाई मार्गनिर्देश गर्न थप मद्दत पुग्ने सम्मेलन आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताए ।