© २०२३
गुल्मीमा बुधवार भएको जिप दुर्घटनामा परि एक जनाको मृत्यु गएको छ भने अन्य १६ जना घाईते भएका छन् । ज्यान जानेमा ईस्मा गाउँपालीका २ पालुखा निवासी १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट ईस्मा गाउँपालिकाको हस्तिचौर तर्फ जाँदै गरेको लु १ च ७३७० नम्बरको उक्त जीप ईस्मा गाउँपालिका–२ अन्तर्गत पालुखामा दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाईते भएका जिप चालक प्रेम जिसि सहित दुई जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा पठाइएको छ । अन्य घाईतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । दुर्घटनापरि घाईते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि घाईते हुनेहरू मध्ये अधिकांस कोजाग्रत पुर्णिमामा रेसुंगा नगरपालिका–४ अन्तर्गत जोगिथुम मन्दिरमा सरायँ नाँच हेरेर घर फर्कने बच्चादेखि वृद्धवृद्धाहरूसम्म रहेका छन् । उकालो सडक र क्षमता भन्दा वढी यात्रुहरू भएका कारण उक्त दुर्घटना भएको बताइएको छ । जीप सडकबाट ६० मिटर भन्दा तल खेतमा खसेको थियो । à