© २०२३
प्रदेश नम्बर ५ ट्राफीक प्रहरी कार्यालय बुटबल र सुरक्षित यात्रा नेपालको आयोजनामा बुटवलमा वृहत सचेतना मुलका ¥याली निकालिएको छ । बुटबलको राजमार्ग चोराहा बाट सुरू भएको ¥याली, मिलचानैक, बसपार्क हुदै ट्राफीकचोकमा पुगेर समापन भएको थियो ।
समापन कायक्रम्मा बोल्दै प्रदेश नम्बर ५ का आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी.ले प्रदेश नम्बर पाँच का सबै चालकलाई पोसाक अनिवार्य गर्न लगाएको बताएका थिए । उनले पोसकमा एकरुपता आउदाँ दुर्घटना न्युनिकरण र पहिचान गर्न सहज हुने बताएका हुन ।
चालकलाई केहिरुपमा भएपनि पनि तनाव मुक्त बनाउन प्रदेश भरीमा ३ वटा रिफ्रेस सेन्टर निर्माण गर्न लागेको जानकारी दिए । प्रदेश सकरारले हरेक गाडीमा जिपीएस प्रणाली(सिस्टम)को बनाएर प्रदेशलाई नमुना र दुघटएना रहित बनाउने योजना रहेको मन्त्रीले बताएका हुन ।
अधिबक्ता महेन्द्र पाण्डेले नेपालका राजमार्ग नभै मृत्यु मार्ग जस्ता भएको ब ताउदै सडक खेत खोला जस्तै भएको बताएका थिए । ट्राफीक प्रहरीले जरिवाना तिराउनेमा भन्दा पनि दुर्घटना न्युनीकरणमा विशेष ध्यान दिन उनले आग्रह गरे ।चालकलाई रिफ्रेस बनाउन र सवारिको व्यबस्थापनबाट दुर्घटना न्युीनिकरण गराउनको लागि पश्चिम नेपाल बस व्यवसायी समितिले लागीपरेको अध्यक्ष दघिराम खरेलले जानकारी दिए ।
उनले सबैको सहयोग भएमा दुर्घटना न्यूनीकरण गर्न सफल हुने बताएका थिए । कार्यक्रममा न्यू होराईजन आवाशिय माविका प्राचार्य लोकनाथ उपाध्याय, सुरक्षित यान्रा नेपालका अध्यक्ष कुष्ण बेलबासे, पाच नम्बर प्रदेश ट्राफीक प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी लगाएतले बोलेका थिए ।