ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

१६ करोडको गुरुयोजना चार वर्षमा ४६ लाखको काम

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

पाँच वर्षमा पुरा हुने गरि आर्थिक वर्ष २०७१/२०७२ मा शुरु भएको रामापिथेकस वनस्पति उद्यान अन्तिम वर्षमा आईपुग्दा ३ प्रतिशतमात्र काम भएको छ । केन्द्रीय सरकारको बजेटमा शुरु भएको पश्चिमाञ्चलकै नमुना वनस्पति उद्यानको गुरुयोजना बजेट अभावले काम सुस्त भएको हो । ऐतिहासिक र धार्मिक महŒव बोकेको रूपन्देही र पाल्पा क्षेत्रलाई समेटेर नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालय वनस्पति विभागले १५ करोड ९९ लाख बराबरको बजेटमा गुरुयोजना तयार गरेको थियो । चौथो वर्षमा आईपुग्दा केवल ४६ लाख बराबरको काम भएको छ । चुरे सामुदायिक वन उपभोक्ता समूह बुटवल ३, सिद्धबाबा मन्दिर विकास समिति दोभान ५, सिद्धबाबा धाम विकास समिति बुटवल ३ तथा रामापिथेकस क्षेत्र विकास तथा उपभोक्ता समिति रूपन्देही पाल्पा सहितको अगुवाईमा बनेको एकिकृत योजना वन तथा भू–संरक्षण मन्त्रालय वनस्पति विभागमार्फत सिधै काम हुने भएकाले पनि काम ढिलाई भएको गुनासो स्थानीयहरूको छ ।
पहिलो वर्ष अध्ययन अनुसन्धान र भौतिक पूर्वाधारका लागि छुट्टिएको ५० लाखमध्ये ३८ लाखको काम सम्पन्न भएको थियो । पहिलो वर्ष नै बजेट आउन ढिलाई हुँदा छुट्टिएको रकममध्येको १२ लाख फ्रिज भएको समितिका सचिव लकुश कुमार श्रेष्ठले बताए । यसैगरि दोस्रो वर्ष ८ लाख बजेट बराबरको भौतिक पूर्वाधार निर्माणको काम भएको श्रेष्ठले बताए । अहिलेसम्म पहिलो चरणको महŒवपूर्ण पाटोका रूपमा सिद्धबाबा धाममा पाइने रामपिथेकस वनस्पति प्रजातिहरूको विविध विवरणसहितको पुस्तक प्रकाशन भएको छ । यसैगरि भौतिक पूर्वाधारका रूपमा गुलाफ बाटिका, विश्राम बाटिका, कदमबास र डाईभरसीटि पार्कमा नर्सरी निर्माण भएको छ । यसैगरि कतिपय सिढी बाटोहरू निर्माण समेत भएको उनले बताए । उद्यानमा ३६ प्रजातीका माछा राखिएको जलबाटीका, तिनाउ नदिमा ३ वटा झोलुंगे पुल, नदि किनारै किनारमा पैदल मार्ग र चौपारी डाँडामा भ्यू टावर पनि निर्माण गरिने योजना छ ।
भौतिक तथा अध्ययन अनुसन्धानका काम निरन्तर भैरहेको समितिका सचिव लकुश कुमार श्रेष्ठ बताउँछन । ‘यसवर्ष २५ लाखको बजेट विनियोजना भएको छ ।’– उनले भने । जुन रकम कदमबासमा पिकनिक स्पट बनाउनका लागि १३ लाख र चिडियाखोला रामपिथेकस उद्यान क्षेत्रमा विश्रामस्थल र फुटपाथको ढुङ्गा विछ्याउन १५ लाख खर्च गरिने उनले बताए । यो ३ पि अन्तरगत संचालन भएको योजना भएकाले त्यसमध्ये ३ लाख रूपैयाँ स्थानीय उपभोक्ता समितिले ब्यहोर्ने उनले बताए । बोटानिकलतर्फ सरकारले लगानी गर्ने र अन्य पर्यटन प्रवद्र्धनको काममा स्थानीय समितिले श्रोत परिचालन गरि लगानी गर्ने भनि सम्झौता भएको उनले बताए । अघिल्लो वर्ष बजेट नै नपरेको उनले बताए ।
प्रागऐतिहासिक स्थलको अध्ययन, पुरातत्वविद् जलथरलगायत जीवाशेष विविधता अध्ययन गर्ने जीवशास्त्री, चुरे वनजंगल क्षेत्रका लोपोन्मुख प्रजातीका बनस्पति अध्ययन गर्ने वनस्पति विज्ञहरूका साथै प्राकृतिक मनोरम झरना दृष्य अवलोकन गर्ने पर्यटकहरूका लागि गन्तव्यस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित बनस्पति गार्डेनको अवधारण ल्याइएको उनले बताए ।
देशमा भएको राजनीतिक परिवर्तनले ल्याएको ३ तहको सरकारले आ–आफ्नो क्षेत्रको विकासका लागि योजना बनाउने काम गरिरहेको छ । पाँच नम्बर प्रदेश सरकारले रामापिथेकस पार्क निर्माणको काम अघि बढाउन २ करोड बजेट समेत छुट्टाएको छ ।
पार्कको भौतिक पूर्वाधार निर्माणको क्रममा नै ब्यवस्थापन शुल्क समेत उठाउन थालिएको छ । पर्यटकहरूबाट २०७४ मंसिर २८ बाट पाँच महिनाको अवधिमा रु ९० हजार शुल्क उठेको सचिव श्रेष्ठले बताए ।
दुई सय ९५ हेक्टर मध्ये रामापिथेकस वनस्पती पार्क ८.३३ हेक्टरमा चार वटा बोटानिकल बगंैचा र बाँकीमा वनक्षेत्र रहने गरि गुरुयोजना ल्याइएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission