ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

खाजा खर्च कटाएर सहयोग

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

गुल्मीको एक क्लवका बालवालीकाहरूले आफ्नोे खाजा खर्चबाट कटाएर संकलन गरेको रकमले अपांगताको क्षेत्रमा सहयोग गरेका छन् । सदरमुकाम तम्घास स्थित राधा माधव समिति अन्तर्गत गठित डिभाईन युथ क्लवले संकलन गरेको उक्त रकमवाट संस्थालाई आवश्यक सामग्री खरिद गरि हस्तान्तरण गरेका हुन् । गुल्मी जिल्लामा लामो समयदेखि अपांगताको क्षेत्रमा काम गर्दै आईरहेको आशा अपांग केन्द्रलाई ती वालवालीकाहरूले क्लवको तर्फवाट एकथान भ्याकुमक्लीनर खरिद गरि एक कार्यक्रमका वीच संस्थाकी उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा संस्थामा रहेका अन्य अपांगता भएका व्यक्ति र बालबालिकाहरूलाई फलफूल समेत वितरण गरेका थिए ।
संस्थाको कार्यालयमै पुगेर उनीहरूले सहयोग सामग्री हस्तान्तरण मात्र गरेनन्, सामग्री हस्तान्तरणपछि अपांगता भएका बालवालीकाहरूसँग भजनकिर्तन गाएर खुसि समेत साटासाट गरेका थिए । खाजाखर्च कटाएर थोरै थोरै जम्मा गरेको रकमलाई सामाजिक काममा लगाउने उद्देश्य साथ उनीहरूले समय समयमा यस्ता प्रकारका सहयोग गर्ने काम गर्दै आईरहेको सो क्लवका गुल्मी संयोजक सुर्यमान थापाले बताए । क्लवले जिल्लामा विपन्न वर्गका छात्रछात्राहरूलाई निशुल्क रूपमा शैक्षिक सामग्रि वितरण, जिल्लामा संचालित निशुल्क स्वास्थ्य शिविरहरूमा स्वयं सेवकको जिम्मेवारी वहन, दूव्र्यसनीमा परेका युवायुवतीहरूका लागि काउन्सिलिङ, विपन्न विद्यार्थी र वालवालीकाहरूलाई झोला तथा न्यानो कपडा वितरण लगायतका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।
हाल ४५ जना बालबालिकाहरू रहेको उक्त क्लव जिल्लामा क्रियाशिल क्लवको रूपमा परिचित रहेको गुल्मी उद्योग वाणिज्य संकका महासचिव ताराप्रसाद भुसालले बताए । सामाजिक सहयोगको पबित्र भावना अनुसार गत दुईवर्ष अघि गुल्मीमा उक्त क्लवको स्थापना गरिएको थियो । अपांगताको क्षेत्रमा ती बालबलिकाहरूले गरेको सहयोगबाट आफूहरू निकै उत्साहीत बनेको भन्दै संस्थाको तर्फबाट उपाध्यक्ष गंगा रायमाझीले क्लवका बालबालिकाहरूलाई धन्यवाद दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?