ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
प्रमुख समाचार

सहकारीबाटमात्रै आर्थिक समृद्धि संभव –प्रदेश प्रमुख शेरचन

२२ पुष २०७९, शुक्रबार
२२ पुष २०७९, शुक्रबार

 

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताएका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहकारीले उत्पादनमा ध्यान दिएर ऋणको कारोबार बैङ्कबाट गर्नुपर्ने बताए ।

“एकाध सहकारीबाट वचतकर्ताको पैसा हिनामिना भयो भन्दा व्यापक प्रचारप्रसार भएको छ, बैङ्कबाट धेरै हिनामिना हुँदा पनि त्यसको प्रचारप्रसार भएको छैन, सहकारीमा धेरैजनाको पैसा भएकाले बढी प्रचारप्रसार भएको हो, गलत काम गर्ने सहकारीलाई कानूनी कारबाही गरेर सहकारीलाई मूल्य, मान्यताका आधारमा अघि बढाउनुपर्छ”—प्रदेश प्रमुख शेरचनले भने ।

सहकारीका माध्यमबाट अर्थतन्त्रको जग बलियो बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले त्यस अनुसार काम गर्न प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिए ।

समितिका अध्यक्ष काशीराज दाहालले संविधानको मर्म सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्छ भन्ने रहेकाले त्यस अनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

सहकारी ऋण दिने कम्पनी र बैङ्क नभई जनतालाई सेवा दिने पद्धति भएकाले त्यस अनुरुप हिँडाउन स्थानीय तहको भूमिका हुने विचार राखे । ८० प्रतिशत सहकारी स्थानीय तहको कार्यक्षेत्रमा रहेकाले त्यसै अनुसार काम गर्न सक्षम बनाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिको अध्यक्ष समेत रहनुभएका दाहालको भनाई थियो ।

प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले नियामक निकायले उजुरी आएपछिमात्र नभई सधैँ सक्रिय हुनुपर्ने बताए । सहकारीलाई सबै सदस्यको हित हुने गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाई छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले वचत फिर्ता नपाउने सहकारीका वचतकर्ताले नगरपालिका घेर्न आउँछौँ भन्ने गरेको सुनाउनुहुँदै सहकारी व्यवस्थापन जनप्रतिनिधिको समस्या बन्ने गरेको बताए । कतिसम्म ब्याजदरमा सहकारी जान मिल्ने भन्नेमा नियामक निकायले काम गर्नुपर्ने उनको सुझाव छ ।

समितिका सदस्य केशवराज आचार्यले सहकारीमा सुशासन प्रवद्र्धनका लागि जागरण फैल्याउन सातै प्रदेशमा यस्ता कार्यक्रम भइरहेको बताउनुभयो । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल सरकारले १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरेकामा सयौँ सहकारी समस्याग्रस्त घोषणा हुने सूचीमा परिसकेकाले अरु सहकारीलाई त्यस्तो हुन नदिन यो कार्यक्रम प्रभावकारी हुने बताए ।

सहकारी ऐन, २०७४ का सुशासन कायम गर्न कार्यान्वयन गरिनुपर्ने दफा अझै कार्यान्वयन नभएर समस्याग्रस्त हुने क्रम बढ्न थालेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाई थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबारमात्र तीन सहकारीका वचतकर्ता वचत फिर्ता पाउन नसकेको भनी गुनासो दर्ता गराउन आएको कार्यक्रममा सनाए । सहकारीप्रति जनताको विश्वासको गुमेर असहज अवस्था आउन नदिन सबै मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासी पश्चिमका गरी २४ स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा हेर्ने शाखा प्रमुखको गोष्ठीमा सहभागिता रहेको आयोजक समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताए । कार्यक्रम शनिबारसम्म चल्ने जनाइएको छ । गोष्ठीपछि निस्कने निष्कर्षलाई यहाँका सबै स्थानीय तहले कार्यान्वयन गराउने छन् ।–––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission