ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

दसैं अघि नै सासु भत्ता !

१६ आश्विन २०७५, मंगलवार
१६ आश्विन २०७५, मंगलवार

सल्यानमा स्थानीय तहहरूले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले भने सामाजिक सुरक्षा वापतको रकम सोमबार नै सम्बन्धीत वडा कार्यालयहरूमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा पैसा लिएर दशैं मनाउने नागरिकको चाहना अधुरै रहने देखिएको छ । कपुरकोट गाउँपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा वापतको रकम ६२ लाख ३६ हजार ४ सय रूपैयाँ ६ वटै वडा कार्यालयहरूको खातामा जम्मा गरिसकेको लेखापाल बरुण डाँगीले जानकारी दिएका छन् । वडा कार्यालयको खातामा सामाजिक सुरक्षा वापतको रकम गइसकेकाले तुरुन्तै निकालेर घटस्थापना अघि नै नागरिकलाई सरल तरिकाले वितरण गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा सचिवहरूलाई निर्देशन गरेका छन् । अध्यक्ष सेनले भने, ‘जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै पाउन भनेर हामीले प्रक्रिया पुरा गरेर सम्बन्धित वडामा रकम पठाइसकेका छौँ । वडा सचिवहरूलाइ छिट्टै रकम निकालेर वितरण गर्न निर्देशन दिन चाहन्छु ।’
यस्तै त्रिवेणी गाउँपालिकाले पनि दशै अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको जनाएको छ । यद्यपी त्रिवेणीले हाल सम्म पनि वडामा रकम पठाउन सकेको छैन । त्रिवेणी गाउँपालिकामा १३ सय बढिले सासु भत्ता पाउने गरेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले एक वर्षमा २ करोड बढि रकम वितरण हुने गरेको जनाए । उनले भने, ‘यस चौमासिकको सासु भत्ता दशैँ अघि वितरण गर्ने प्रयासमा हामी जुटीरहेका छौँ ।’
जिल्लाकै छत्रेश्वरी गाउँपालिकाले पनि दशैँ अघि भत्ता वितरण गर्न भ्याउने वा नभ्याउने अझै टुंगो छैन । सम्बन्धित वडाबाट अद्यावधीक लगत आइनसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । उनले आफ्नो गाउँपालिकामा एक वर्षमा २ करोड ५० लाख बढि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको जनाए ।
वडाहरूबाट अद्यावधीक लगत समयमै ल्याएर कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम निकासाका लागी माग गरेपछि कोलेनीकाले निकासा छाड्ने र त्यसपछि सम्बन्धीत गाउँ तथा नगरपालिकाले वडाहरूमा रकम पठाउनुपर्ने हुन्छ । तर यस प्रकारको प्रक्रिया पुरा गर्न कतीपय स्थानीय तहले ढिला गर्दा सासु भत्ता हात पारेर दशैँ मनाउने सिमान्तकृत वर्गका नागरिकको चाहना अपुरो हुने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?