ट्रेंडिंग:

>> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

लुम्बिनी प्रदेश: चुरेको ‘रेन्ज’ नै पर्यटन विकासको सम्भावना

गुणस्तरीय र संख्यात्मक पर्यटन अहिलेको मुख्य चुनौती हो– पर्यटनविज्ञ डा.हरिध्वज राई
१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

बुटवल, १४ पुस ।

रुपन्देहीको पर्यटन विकासमा पर्यटन ब्यवसायी माधव नेपालको योगदान छ । बुटवलमा सामान्य चियापसलदेखि न्यु इरा होटलको संचालक सम्मको भूमिकामा आईरहँदा उनले पर्यटनमा नै लामोसमय विताएका छन । धेरै परिवर्तन देखेका छन । ‘यो पर्यटन विषय जटिल छ’– उनले भने ।

पछिल्लो एक दशकदेखि उनी पाल्पा नुवाकोट डाडालाई रंग्याएर पर्यटक भित्र्याउने उद्देश्यका साथ लागेका छन । कागजी र ब्यावहारिक कार्यमा उनले धेरै फरक पाएका छन् । पर्यटन क्षेत्र अधिकांश विषयसंग जोडिएको हुँदा पनि यसमा काम गर्न धेरै चुनौती रहेको उनी बताउँछन् । पर्यटन उद्योगमा उनले गरेको योगदान केवल आर्थिकमात्र नभई सामाजिक र समुदाय उत्थानका लागि समेत महत्वपूर्ण छ ।

‘समुदायसंग हातोमालो गरेर मात्र पर्यटन दिगो हुन्छ’–उनले भने । नुवाकोट डाँडाको सामरिक महत्वलाई बुझाउन केबलकारमार्फत पर्यटक लैजाने उनको सपना छ । जसको करिब ७० प्रतिशत काम सकेका छन् । वि.सं २०७७ फागुन १ गते लुम्बिनी केबलकार प्रालिको शिलन्यास गरिएको थियो । पर्यटन विकासमा सिद्धान्त धेरै राम्रो भएपनि ब्यवहारमा उतार्न कठिनाई देखिएको उनले दुःखेसो गरे ।

रामापिथेकसको बिशाल मुर्ती, कर्णेल उजिरसिहको बिशाल मुर्ती, जितगढिबाट फुलबारीसम्म जाने सुरुङमार्गको ईतिहासलाई प्रचारप्रसार गर्न सके सम्भावना रहेको उनी बताउँछन् । ‘अधिकांश तराईका जमिन सकिएको अवस्थामा डाडाहरुलाई रंग्याउन सके पर्यटक ल्याउन सकिन्छ ।’– उनले भने ।

विहिबार बुटवलमा जारी १५ औ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा आयोजना गरिएको पर्यटन उद्योग ः विकास र सम्भावना विषयक अन्तत्र्रिmया कार्यक्रम नेपालले आफनो अनुभव सुनाए ।

कार्यक्रममा पर्यटन उद्योग ः विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै पर्यटन विज्ञ डा हरिध्वज राईले प्रतिस्पर्धात्मक लाभको कुरा गर्दा नेपाल पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना रहेको बताए । ‘नेपालको लागि पर्यटन नै प्रतिस्पर्धात्मक लाभ लिने पाटो हो ।’–उनले भने । नेपालमा भएको सगरमाथा, बुद्घ जन्मस्थल लुम्बिनी, मुक्तिनाथ जस्ता प्राकृतिक र सास्कृतिक रुपमा एकाधिकार रहेको उनले दाबी गरे । नेपालजस्तो देशमा पर्यटन उद्योगको विकल्प नभएको उनले बताए । ‘पर्यटन विज्ञान हो ।’– उनले भने । पर्यटन हुनका लागि आवश्यक तत्वहरु, उत्पादन के हुन, कसरी उत्पादन गर्ने, गुणस्तरीय पर्यटनका तत्व जस्ता आधारभुत विषयको ज्ञान सरोकारवालालाई जरुरी हुने उनले बताए ।

गुणस्तरीय र संख्यात्मक पर्यटन अहिलेको मुख्य चुनौती भएको उनले बताए । ‘कुनै पनि ठाउमा संख्याभन्दा पनि गुणस्तर पर्यटन आजको आवश्यकता छ ।’– उनले भने । पर्यटन ब्यवसायीलाई शर्त भनेको पर्यटकको संख्या बढ्नुपर्छ, खर्च बढ्नुपर्छ, पर्यावरण जोगाउने र संस्कृति विगार्न नहुने उनले बताए । अर्कोतर्फ पर्यटकका लागि गुणस्तरीय पर्यटन भनेको (थ्रि एस ) सेफटी, सेक्युरिटी र सेटिसफ्रेक्सन जरुरी हुने उनले बताए । पर्यटक भगवान मान्ने हो भने सबैलाई समान सम्मान र सेवा दिनुपर्छ । स्वभिमानसंग सेफटी, सेक्युरिटी जोडिन्छ । बस्तु तथा सेवाको मुल्यप्रति पर्यटक ढुक्क हुने अवस्था हुनुपर्छ ।

बस्तु तथा सेवाबाट सन्तुष्टि अर्को महत्वपूर्ण हुने उनले बताए । पर्यटनले घर बाहिर नयाँ ठाउँ परिवेश, संस्कृतिमा रमाउने, ज्ञान लिने कार्यलाई जनाउने भन्दै उनले आफनो थाकथलो छोडेर अन्य गन्तव्य स्थलमा गएर खर्च गरेको अवस्थामा त्यो पर्यटक मानिने बताए । पर्यटन उद्योग संसारमा सबैभन्दा धेरै आर्थिक उपार्जन गर्ने रुपमा मानिन्छ । पर्यटन विकासमा पश्चिमाहरुको योगदान र ईतिहास जोडिन्छ । परम्परागत रुपमा भगवान जिससलाई पर्यटक र बाईबलमा पर्यटनको उल्लेख गरेको उनले बताए । पश्चिमाहरु पर्यटकबाट नै आर्थिक समृद्धि हुन सफल भएको उनले बताए । आतिथ्य समुदायहरु रेष्टुरेन्ट, पार्क समिति, सरकारबाट जिम्ममा दिएका विकास समिति, समन्वयकर्ता, रिटेलर, टुर गाईड मिलेर होष्ट कम्युनिटी मानिन्छ ।

पर्यटन उत्पादहरु विशेष गरी प्राकृतिक उत्पादन, सांस्कृतिक उत्पाद, आर्कोलोजिकल साईड, पर्यटन मेला, हेल्थ टुरिसम÷मेडिकल टुरिजम, शैक्षिक टुरिजम लगायत हुने उनले बताए ।
पर्यटनको विकास एउटा प्रक्रियामा हुने भन्दै सबैभन्दा पहिले उत्पादलाई तालिकिकरण गर्ने,
एकातर्फ मुर्त सम्पदा र अमुर्त सम्पदा तालिकिकरण गर्ने, उत्पाद स्थानको बारेमा जानकारी, उत्पादको ब्याख्या, विस्तृत, साईड डेभलोपिङ, युटिलिटि फेसिलिटि, ब्राण्डिङ जस्ता प्रक्रिया आवश्यक हुने बताए । ध्यान गर्ने, पुजापाठ, बोटिङ, बर्ड वाचिङ, खेल गतिविधि जस्ता धेरैभन्दा धेरै गतिविधि गराउने जुन टुर प्याकेजको रुपमा तयार गर्ने काम जरुरी हुने उनले बताए । यसलाई एउटा टाईम फ्रेममा राख्नुपर्छ । प्रवद्र्घनको काम गर्दा सरकार, मिडियाहरुमार्फत व्याख्या, विजनेश गर्ने, निजि क्षेत्रबाट समेत गतिविधि अघि बढाउने, साथै जिटुजि, बिजनेशस टु बिजनेश, ब्यक्तिदेखि ब्यक्तिसम्म अघि बढाउनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले प्रदेशमा चुरेको रेन्ज नै पर्यटन विकासको सम्भावना भएको बताए । परिषदबाट १२ जिल्लामा गन्तव्य पहिचानको काम गरिरहेको उनले बताए । लोनाथको समन्वयमा कल टुर गाईडको तयारी, मेला महोत्सवमा ब्राण्डिङको काम, चुरेलाई ब्यवस्थित गर्ने काम जोड दिने, आईटिको आधारमा पर्यटनलाई जोडेर सुचना दिने गरि अघि बढे अवसर देखिएको उनले बताए । रैथाने खानाको परिकारलाई होटलमा रेसिपि बनाउने ब्रिक्रिवितरणको ब्यवस्था गर्ने, स्थानीय हस्तकलाका सामग्री उत्पादन गर्ने, क्रियाकलापहरु बनाउने कामलाई जोड दिनुपर्ने उनले बताए । यसैगरि तालिम केन्द्रको रुपमा दक्ष जनशक्ति उत्पादन गर्ने र बजारमा पुरयाउन सकिने उनले बताए ।

कार्यक्रममा पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालयका सचिव डा जक्की मोहमद अन्सारीले उद्योग र पर्यटनको प्रर्वद्घनमा महोत्सवको महत्व दर्शाए । कार्यान्वयन पाटोमा भएको कमीकमजोरीलाई हटाउने गरि लाग्नुपर्ने उनले सुझाव दिए । सहअस्तित्व, सहकार्य र सहमतिलाई लिएर प्रदेश सरकार लागेको भन्दै उनले यो क्षेत्रको प्रर्वद्घनका लागि सहयोगको प्रतिवद्घता जनाए । प्रदेश सरकारले पर्यटन नियमावली बनाएको भन्दै संघिय नियमावलीभन्दा सरलीकरण हुने गरि तयार गरेको समेत दाबी गरे । संघिय, प्रदेश र स्थानिय सरकारमा कानुनी झण्झट स्वभाविक भएको बताए । कर्मचारीहरु विधि कानुन अनुसार चल्ने हुदा पनि बाध्यता रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले ईश्युगत रुपमा अगाडी बढ्न सुझाव दिए । आआफनो भुमिकालाई बुझ्ने र काम गर्न जरुरी रहेको भन्दै बहसलाई केवल बहसमा नराखी अब ब्यवहारमा लैजानुपर्ने बताए । पर्यटन उत्पाद, ब्राण्डिङको कामलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । राजनितिक दबाब र प्रभाव पर्यटनमा देखिने उदाहरण लुम्बिनी विकास कोषलाई प्राप्त भएको १९ वटा गाडी चलाउन भएको कठिनाईलाई सुनाए । कानुनी अडचन र कार्यविधि नहुदा सहयोगमा आएको वातानुकुल सवारी चलाउन समेत नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा पत्रकार शरण कर्माचायले पर्यटन उद्योगमा लगानी गर्दा दीर्घकालिन फाईदा मिल्ने भएपनि सरकारबाट आवश्यक लगानी गर्न नसकेको गुनासो गरे । पर्यटन विकासलाई धार्मिक मठमन्दिरमात्र ब्याख्या भएको भन्दै बस्तु उत्पादकहरुलाई समेत पर्यटन जोडन जरुरी रहेको उनले बताए । धार्मिक पर्यटकिय स्थलहरुमात्र नभए उद्योग कलकारखानाहरु पनि पर्यटनको गन्तव्य बन्न सक्ने उनले दाबी गरे ।

कार्यक्रममा आयोजक संघका अध्यक्ष माधव पौडेलले टुरिजम ईकोसिस्टमभित्र रहेका तत्वहरुलाई पनि प्रभावकारी बनाउन जरुरी छ । सरोकारवालाई पर्यटनको न्युनतम मान्यताबारे ज्ञान दिने रुपमा अन्तरक्रिया, छलफललाई तिब्रता दिएको उनले बताए । ‘सरोकारवालाहरुलाई सबै विषयमा ज्ञान जरुरी रहेको छ ।’– उनले भने । पर्यटनबाट छिटो आम्दानी गर्नका लागि सरकारबाट आवश्यक सहयोग जरुरी रहेको उनले बताए । पर्यटन विकास भन्दैमा विशाल मुर्ति, भ्युटावर बनाउने मात्र जोड दिन नहुने उनले बताए । रुपन्देहीमा १७ किसिमका पर्यटन उद्योगहरुको सम्भावना रहेको उनले बताए ।

कार्यक्रममा संघका महासचिव हरि खत्री, कार्यक्रमका संयोजक राजु घिमिरेले बिचार बुझने र विषयबारे प्रष्टयाउने गरि अन्तक्रियाहरु गरेर प्रदर्शनीमा नयापन ल्याउन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?