ट्रेंडिंग:

>> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

नवलपरासी, १८ मंसिर ।
जिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका थप उनवछ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । सोमवार रामग्राम ७ उजैनी स्थित उक्त स्वास्थ्य चौकीको नवनिर्मित भवनको उदघाटसँगै किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्ने घोषणा गरिएको हो ।

नगरप्रमुख धनपत यादवले स्वास्थ्यचौकी भवनको उद्घाटसँगै किशोरकिशोरी मैत्री सेवा प्रवाहको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थिए । स्वास्थ्य चौकी भगवान गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर भित्रै रहेको र सो स्तुप क्षेत्रको भ्रमण गर्न आउने नगरपालिका बाहेकका पनि किशोरकिशोरी आउने गर्छन् । पर्यटकिय क्षेत्रलाई लक्षित गरि पनि सो सेवा बिस्तार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । यो भन्दा अगाडि गत बर्षदेखि दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पूर्वाधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वडा नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वडा नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो ।

संघीय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्कालै दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराएका थिए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पूर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ । आवश्यक पूर्वाधार तयार गरे पछि तत्काल ती दुई स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गरिने छ ।
स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । निर्देशिका सरकारले पठाए पछि नगरक्षेत्र भित्र पुरै नभए पनि तत्कालै केही संस्थाहरूबाट सेवा शुरु गर्न निर्णय भए अनुसार अहिले तिन वटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने जानकारी नगरप्रमुख धनपत यादवले समेत बताएका थिए । जारी निर्देशिका अनुसार किशोरकिशोरी मैत्री सेवा सञ्चालन पूर्व विभिन्न मापदण्ड पुरा भएको भनि नगरपालिकाले प्रमाणित गर्नुपर्छ । जुन मापदण्ड अनुसार किशोरकिशोरीहरूको स्वास्थ्य सम्बन्धी जानकारी, समुदायको सहयोगबारे जानकारी हुनुपर्छ । त्यसैगरि सेवा प्रवाहको उपयुतm प्याकेज, स्वास्थ्यकर्मीको दक्षता, उपयुक्त स्वास्थ्य सस्थाको विशेषता, भेदभाव रहित समतामुलक सेवा, तथ्याँक र गुणस्तर सेवा, किशोर किशोरीको सहभागिताको आधारमा विभिन्न मापदण्ड भएपछि स्वास्थ्य शाखाले प्रमाणिकरण गर्नेछ ।

किशोरकिशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा,परामर्श र प्रेषण सेवा, परिवार योजना वा नियोजन सेवा, परामर्श र प्रेषण सेवा (कम्तीमा कण्डम, पिल्स, तीन महिने सुई, आकस्मिक गर्भ निरोधक साधन) को सेवा, पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा, यौनजन्य संक्रमण तथा एचआईभि नियन्त्रण, रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनु पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?