ट्रेंडिंग:

>> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी

१५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

जीतपुर, १८ मंसिर ।
मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशालामा १५औँ कपिलवस्तु महोत्सव आयोजना हुँदैछ । महोत्सवमा नयाँ प्रतिभा र पुराना अनुभवी व्यक्तिहरूको क्षमता प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।
महोत्सवको मूल आयोजक समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नयाँ र अनुभवी सदस्यहरूको संयोजनले काम सहज भएको बताए। संघमा स्थापना कालदेखि सक्रिय क्षेत्रीले यसपटकको महोत्सवलाई आफ्ना अनुभव र नयाँ साथीहरूको भिजनले थप आकर्षक बनाउने बताए।महोत्सवलाई व्यवस्थित बनाउन २९ उपसमिति गठन गरिएको छ । यसमा नयाँ अनुहारसँगै अनुभवी सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। महासचिव नवदत्त घिमिरे, जो पहिलोपटक मुख्य भूमिकामा छन्, कार्यक्रम सञ्चालनदेखि समापनसम्म आफ्नो नेतृत्वदक्षता प्रस्तुत गर्ने छन् ।
पास व्यवस्थापन संयोजक कृष्ण प्रसाद गैरेले यसपटक पास वितरणमा कडाइ गरिने र अनियमितता हुन नदिने प्रतिबद्धता जनाए। भान्छा व्यवस्थापन संयोजक नारायण पौडेलले मितव्ययी रूपमा काम गरेर संघलाई आर्थिक भार कम गरिने बताए । यसपटक महोत्सवको प्रमुख आकर्षणमध्ये एक “डान्स आइडल“ हुनेछ । १३औँ संस्करणका लागि विष्णु मल्लको नेतृत्वमा कार्यक्रम निष्पक्षताका साथ सञ्चालन गरिनेछ । महोत्सवका निर्देशक हुमानाथ पौडेलले साना विवरणमा समेत ध्यान दिँदै नयाँ जोश र पुराना अनुभवलाई एकीकृत गरिएको बताए । स्टल, स्टेज, गेट, र सचिवालय व्यवस्थापनमा यसपटक दर्शकले नयाँपनको अनुभव गर्नेछन् ।
मंसिर १९ गते बाजागाजासहित विभिन्न जातजातिका झाँकी प्रदर्शनीसँगै पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले महोत्सवको उद्घाटन गर्नेछन् । आयोजकको लक्ष्य २ लाख दर्शकको सहभागिता र १० करोड रूपैयाँ बराबरको कारोबार रहेको छ।महोत्सव सुरु हुन अब केही दिनमात्र बाँकी हुँदा अन्तिम तयारी तीव्र पारिएको संयोजक क्षेत्रीले जानकारी दिए । यसपटक फुटकरभन्दा होलसेल पद्दतिमा व्यवस्थापन गरिएकाले खर्चमा कटौती हुने अपेक्षा छ । दर्शकका लागि यो महोत्सव नयाँपन र उत्कृष्ट व्यवस्थापनको प्रतीक बन्ने आयोजकहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?