ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

नवलपुर, १८ मङ्सिर ।

नवलपुरको कावासोतीमा शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि जिल्लास्तरीय वक्तृत्वकला भएको छ । शिक्षक तथा विद्यार्थीमा अन्तर्निहीत क्षमताको पहिचान गरी प्रस्फुटन र विकास गर्ने मुख्य उद्देश्यका साथ दुइ दिने कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण पौडेलले बताएका छन् ।

आठ स्थानीय तहबाट छनोट गरि शिक्षक तथा विद्यार्थीका लागि वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ, विद्यार्थी नृत्य गरी चार विधामा कार्यक्रमको आयोजना गरिएको उनले बताए । जसमध्ये गैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदिकाली गाउँपालिका र बुलिङ्टार गाउँपालिकाका एक–एक शिक्षक तथा विद्यार्थीले वक्तृत्वकलामा सहभागिता जनाएका छन् भने हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकाको सहभागिता नभएको जनाइएको छ ।

नतिजा सुधारमा शिक्षकको भूमिका शीर्षकमा शिक्षक वक्तृत्वकलामा भीमसेन आदर्श माविका शिक्षिका कृष्णकला काफ्लेले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी जनता मावि कावासोती डण्डाका रामचन्द्र दाहाल द्वितीय र नारायणी मावि गैडाकोटका जगनाथ उपाध्याय तृतीय भएका छन् । यसैगरी विद्यार्थी वक्तृत्वकलाका लागि जेष्ठ नागरिकप्रति मेरो दायित्व शिर्षकमा त्रिभुवन बाल मावि कावासोती १७ का संस्कृति पौडेल प्रथम भएकी छन् । नवलपुर आवासीय मावि मध्यविन्दुका हिमासीं भण्डारी द्वितीय र नेपाल मावि देवचुलीका सुदिप पोख्रेल तृतीय हुनु भएका छन् । जिल्लामा प्रथम हुने शिक्षक र विद्यार्थीले प्रदेशस्तरीय वक्तृत्वकलामा भाग लिन पाउने सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख पौडेलको भनाइ छ ।

विद्यार्थीलाइ सर्टिफिकेटमा मात्र धेरै नतिजा ल्याउन प्रेरित गरेर नहुने भन्दै व्यावहारीकतामा नतिजा उत्कृष्ठ बनाउन योजना बनाएर लाग्नुपर्ने गैडाकोटका शिक्षक जगनाथ उपाध्यायले बताए।

शिक्षक तथा विद्यार्थीले किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले अतिरिक्त कार्यक्रम हुनु आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठले बताए । हरेक तवरमा शिक्षा आवश्यक रहेता पनि बाहिरी ज्ञान छैन भने यसले व्यवहारमा उर्तान नसक्ने भन्दै किताव सगै अन्य ज्ञान, क्षमता र सीप आवश्यक रहने प्रमुख श्रेष्ठको भनाइ छ ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले शिक्षक र विद्यार्थी विचको सम्बन्ध लाई प्रगाढ बनाउन अतिरिक्त क्रियाकलापमा सगसगै गर्नुपर्ने बताउनु भयो । आफु बलेर अरुलाई उज्यालो छर्ने मैन जस्तो शिक्षक भएकाले विद्यार्थीको भावना अनुसार सिकाइ गराउनुपर्ने बताए । सामाजिक विकास कार्यालयले आयोजनामा भएको शिक्षक हाजिरीजवाफ, विद्यार्थी नृत्य भने १९ गते गरिने आयोजकले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?