ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
मणिमुकुन्द सेन उद्यानको १६ औ साधारण सभा

गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

बुटवल, २९ कार्तिक । बुटवलकै नमुना पर्यटकिय स्थल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १६ औ साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले समितिको साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाको समग्र विकासमा फुलबारीको गरिमा र योगदानबारे चर्चा गरे । फुलबारी अहिलेको अवस्थामा आईपुग्न धेरैको रगतपसिना बगेको समेत उनले बताए । राजधानी बुटवलबाट जादा ठुलो क्षति पुगेको भन्दै अब आर्थिक र सास्कृतिक केन्द्रका रुपमा विकास अघि बढाउन सकिने उनले दाबी गरे । उनले राजनितिक दलहरु अरुलाई गालि गर्नेभन्दा पनि गल्तिलाई स्विकार गर्ने र नैतिकता देखाउने सहि समय आएको बताए । प्रदेशको सामुदायिक वन ब्यवस्थापनमा रहेर वन सम्बद्र्धनमा आधारित वन कार्यक्रममा लगेर अघि बढाउन सके उद्यानमा रहेको कठिनाईलाई चिर्न सकिने उनले सुझाव दिए । आधारहिन कुरालाई जोड दिन नहुने उनले तर्कदिदै सदस्यहरुको क्षमता विकासमा भने चासो राख्न नेतृत्वलाई आग्रह गरे । विधान अनुसार अहिलेको ६०१ सदस्यीय समिति काम गर्नका लागि पर्याप्त रहेको भन्दै अब सदस्यहरुलाई क्रियाशिल बनाई योजनाबद्ध रुपमा काम थाल्नुपर्ने उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पर्याप्त आर्थिक श्रोत नहुनु, उद्यान सम्बन्धि स्पष्ट नीति नियमको अभाव, बगैँचा, बोटबिरुवा तथा जनावरहरु तथा सरसफाईका लागि पानीको अभाव, सुरक्षा ब्यवस्था, टिक प्रजातीका रुखहरु सामान्य हावाहुरी÷पानी आउदा ढल्ने र दुर्घटना हुनसक्ने जोखिम रहेको उनले बताए । ऐतिहासिक तथा पुरातात्विक महत्व, धार्मिक तथा सास्कृतिक महत्व, प्राकृतिक विविधता रहेको यहाँ प्राणी उद्यानका रुपमा मिनि चिडियाखाना, खेल मनोरञ्जन स्थल र सेल्फि पोईन्टहरु, विभुति, सहिद स्मारक, बाटिका तथाढुङ्गे बगैँचा, पिकनिक, विवाह कार्यक्रम स्थल, कुडुलेघर तथा सन्चोबिसन्चो केन्द्र लगायतका पुर्वाधार रहेका छन ।
कार्यक्रममा प्रदेश सभासदस्य तथा नेपाली काग्रेस पार्टीका प्रमुख सचेतक जमुना ढकालले बुटवल बजारलाई चलायमान बनाउने जिम्मा सबैको भएको बताईन । पर्यटनको ढोका खोल्दै बजार चलायमान गराउनुको बिकल्न नरहेको उनले तर्क गरिन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व नगरप्रमुख शिवराज सुवेदीले पर्यटनसंग ऐतिहासिक, सास्कृतिकसंगै बुटवलमा सामरिक र मानविय सम्भाब्यता समेत जोडिएको दाबी गरे । यहि विशेषताहरुकै कारण फरक रुपमा सम्भावना रहेको भन्दै आफनो कार्यकालमा विज्ञ समुहको आर्टिटेक ईन्जिनियरबाट तयार गरिएको विकासको योजनालाई निरन्तरन्ता दिनसकेमात्र बुटवलको विकासमा इटा थपिने बताए ।

कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, राष्ट्रिय उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुईटेल, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, हिलपार्क ब्यवस्थापन समितिका अध्यक्ष टंक पराजुली, उद्यान समितिका उपाध्यक्ष रमेश नेपाल, बुटवल सामुदायिक वन उपभोक्ता समूह १–२ का अध्यक्ष बाबुराम पौडेल, नेका कार्यबाहक नगर सभापति ज्योति भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसीले बिसं २०७२/२०७३ मा मास्टर प्लान बनाएअनुसार पूर्वाधार विकासमा जोड दिन आग्रह गरे ।

यसैबिच साधारणसभामा उत्कृष्ट कार्य सम्पन्न गरेवापत समितिका प्रशासन अधिकृत अमित श्रेष्ठ, माली प्रमुख बाबुराम भुषाल, ज्ञानी बिक, बिनिता चौधरीलाई नगदसहित सम्मान गरिएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?