ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

दाङ, १८ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानुनी आधार तयार पार्ने काम भइरहेको बताएका हुन् ।

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्दै प्रदेशमा अपाङ्गता समन्वय समिति गठन, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

‘नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । लुम्बिनी प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्दै एकीकृत सेवा प्रवाहको सहजताको लागि प्रादेशिक तहमाअपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदछु’ शुभकामना सन्देशमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानुनी आधार समेत निर्माण गरेर अघि बढ्ने कुरा यसै अवसरमा जानकारी गराउन चाहन्छु ।’

यस्तै मुख्यमन्त्री आचार्यले अपांगतामैत्री संरचना निर्माणको काममा प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत जानकारी गराएका छन् । पुराना संरचामा सुधार र नयाँ संरचना पूर्ण अपाङ्गमैत्री बनाउने काम भइरहेको उनको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?