© २०२३
लुम्बिनी, १८ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ मा ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको छ ।
वडाका महिलाहरुलाई धुलो धुवाँले आँखाको रोगहरु लाग्ने गरेको र त्यसलाई मध्यनजर गरी महिलाहरुलाई धुवावाट बच्नका लागि ग्यास सिलिण्डर र चुलो सेट वितरण गरिएको वडा अध्यक्ष सईद मुहम्मद खाँले बताए । गत वर्ष दलित विपन्न वर्गलाई वितरण गरिएको र आगामी बर्षमा यस्ता विभिन्न योजनाहरु वडावासीहरुसमक्ष ल्याउने उनले बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १३ वडा अध्यक्ष सईद मुहम्मद खाँ, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाललगायतले ग्यास सिलिण्डर र चुलो वितरणले सर्वसाधारणलाई लाभ पुगेको बताएका थिए ।